रामेछाप– गोकुलगंगा गाउँपालिका–२ ठोसेबजारस्थित सडकमा ग २ ख ०१८७ नम्बरको टिपरले बा प्र ०२–०२१ प ०२२६ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक दोलखा जिरी नगरपालिका–८ बस्ने २८ वर्षीय मिलन खत्रीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिरी अस्पताल हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।