काठमाडौं– रूपन्देही, कोटहीमाई गाउँपालिका–१ बोगदिया बस्ने ८० वर्षीय झब्बु मल्लाहको सोही ठाउँस्थित बोगदिया घाटको नदीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका–५ स्थित चाँदी खोलामा डुबेर बारा निजगढ नगरपालिका–८ बस्ने राजु माझीको छोरा ८ वर्षीय रमन माझीको बुधबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको चपुरस्थित सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, गौरीगंज गाउँपालिका–३ बस्ने पर्शुराम पराजुलीको छोरा १४ वर्षिय सागर पराजुलीको सोही ठाउँस्थित लेरा खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिम्याकस अस्पताल गौरादह हुँदै दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका(२ पथरघटा बस्ने दिपेन्द्र चौधरीकी छोरी ७ वर्षीया पेनिशा चौधरीको सोही ठाउँस्थित पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।