काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुनको विषयमा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ ।
विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए ।
राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो । यसको यकिन विवरण खुलिसकेको छैन ।