नयाँ दिल्ली– भारतको उत्तराखण्ड राज्यको चमोलीमा बुधबार करेन्ट लागेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । नमामि गंगेको ढल प्रशोधन प्लान्ट नजिकै करेन्ट फैलिएर भएको ठूलो दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्रहरी अधिकारी पनि रहेको भारतीय संचारमाध्यमले जनाएको छ । करेन्ट लागेर घाइते भएकालाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । राज्य विपद् अपरेशन सेन्टरका अनुसार घटनाको समयमा घटनास्थलमा करिब २४ जना मानिस उपस्थित थिए ।
करेन्ट लागेर १० जनाको मृत्यु भएको सूचना पाएर बिहानै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी पुगेपछि मृतकका आफन्त र स्थानीय मानिसको भीड जम्मा भएको थियो । त्यही बेला पुनः त्यहाँ करेन्ट फैलियो र थप मानिस घाइते भए । जसमा प्रहरी पनि परे ।
नमामि गंगे आयोजनामा हालसम्म भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको उत्तराखण्डका