काठमाडौं– सुनसरी, ईटहरी उपमहानगरपालिका–९ स्थित साथी पेट्रोलपम नजिक सडकमा प्रदेश न।१–०२–००३ ह ५५७७ नम्बरको सिटीसफारीले प्रदेश न १–०२–०४२ प २८ को स्कुटरलाई ठक्कर दिँदा दिई दुर्घटना हुँदा स्कुटरमा सवार ईनरुवा नगरपालिका–७ बस्ने २४ वर्षीया सन्जु चौधरीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । सिटीसफारी चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
यस्तै, मनाङ, ङिस्याङ गाउँपालिका– १ तलेखुस्थित सडकमा ध १ ज ६०५ नमबरको जीप सडकबाट करिब ६ मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा जीपमा सवार बर्दिया गेरुवा गाउँपालिका(३ बस्ने २८ वर्षीय अबिषेक थारुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मनाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।