नयाँ दिल्ली– सोमबार दिल्लीको जाफ्राबादमा एक २५ वर्षीय पुरुषलाई प्रेमीकाको परिवारले छुरा प्रहार गरी हत्या गरेको छ ।
सलमान नाम गरेका ती युवकलाई आफ्नै प्रेमीकाको बुबा र भाइहरूले आक्रमण गरेको हाे। घाँटी र छातीमा चक्कु प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । यस घटना सीसीटीभी क्यामेरामा कैद भएको छ ।
प्रहरीका अनुसार सलमानको ती महिलासँग विगत दुई वर्षदेखि मित्रता रहेको थियो तर उनको परिवारले उनीहरुको सम्बन्धको विरोध गर्दै आएका थिए।
घटनामा सम्लग्नलाई दिल्ली प्रहरीले मुद्दा दर्ता गर्नुका साथै फरार अभियुक्तलाई खोज्न टोली खटाएको छ।