काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले वृक्षारोपण गरेर पार्टीको ६ महिने संगठन निर्माण तथा विस्तार अभियानको शुभारम्भ गरेका छन् ।
भट्टराईले आज सोमबार गृहजिल्ला गोरखास्थित पालुङटार नगरपालिका—१ ज्योति चौतारामा वृक्षारोपण गरेर उनले पार्टीको संगठन तथा विस्तार अभियान सुरु गरेका हुन् ।
डा भट्टराईले समाजवादी विचार र हरित विकासको विम्ब स्वरूप वृक्षारोपण गरिएको जानकारी दिए । उनले यसलाई रक्षा गरेर हुर्काउन सबैसँग आग्रह गरे ।
गण्डकी प्रदेशमा डा भट्टराईको नेतृत्वमा संगठन निर्माण तथा विस्तार अभियान हुने नेसपाले जनाएको छ ।