काठमाडौं– आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका-९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ । दश/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उहाँ पछिल्लो समय आर्थिक अभावमा उपचार नगरी बसनुभएको थियो ।
करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सञ्चो नभएपछि तनावमा रहनुभएका ७० वर्षीय बुबा उत्तिममानको आग्रहपछि इन्डो(नेपाल इन्डो फोरमले मुखियाको उपचारका लागि पहल गरेको हो ।
फोरमका उपाध्यक्ष डा पिके ठाकुरले आफूहरुको पहल तथा वीरगञ्जस्थित रहेको भारतीय महावाणिज्य दूतावासको सिफारिसमा भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचार हुन लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार एम्सले मुखियाको उपचारका लागि सहयोग गर्ने बताएको छ । “डाक्टर्स फोरमले पहल गरेपछि भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले एम्स उच्च व्यवस्थापन पक्षसँग छलफल गरी सिफारिस पत्र बनाइदिएको छ । सो पत्रका आधारमा सकेसम्म निःशुल्क र नभए न्यूनतम दस्तुरमा उपचार हुने जानकारी पाएका छौँ”, डा ठाकुरले भने ।