Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #लोतीखोला_बेलीब्रिज
  • #हुम्ला–मुगु _पुल
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पुनःएकीकरण कार्यक्रममा खर्च नभएको रकम फिर्ता गर्न बोर्डको निर्देशन
पुनःएकीकरण कार्यक्रममा खर्च नभएको रकम फिर्ता गर्न बोर्डको निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २८, २०८०
वैदेशिक रोजगार बोर्डको सचिवालय

काठमाडौं– वैदेशिक रोजगार बोर्डको सचिवालयले पुनःएकीकरण कार्यक्रम सञ्चालनका लागि पठाइएको रकम खर्च नभए फिर्ता गर्न सम्बन्धित स्थानीय तहहरुलाई निर्देशन दिएको छ । बोर्डले पुनःएकीकरण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रकम पठाएका ८१ स्थानीय तहलाई बुधबार परिपत्र गर्दै उक्त निर्देशन दिएको हो । 

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका लागि कार्यक्रम सञ्चालन गर्न बोर्डले ती स्थानीय तहहरुलाई बजेट पठाएको थियो । उक्त बजेट यही असार २५ गतेभित्र खर्च गरी बाँकी रहेको रकम फिर्ता पठाउन आग्रह गरिएको हो । चालु आर्थिक वर्षका लागि सरकारी कार्यालयहरुबाट हुने भुक्तानी यही असार २४ गतेबाट बन्द भइसकेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २४ सम्म प्रणालीमा इन्ट्री भएका चेक असार २५ सम्म साट्नसक्ने व्यवस्था थियो । त्यसयता चेकको भुक्तानी बन्द भएको हो । सोही कारण बोर्डले स्थानीय तहहरुलाई बाँकी रकम फिर्ताका लागि परिपत्र गरेको हो ।

बोर्डले चालु आर्थिक वर्षभित्र खर्च गर्नेगरी ८१ स्थानीय तहलाई कूल १३ करोड ६८ लाख ९० हजार ५०० रुपैयाँ रकम पठाएको थियो । जसमा अधिकांश स्थानीय तहले १७ लाख २० हजार रुपैयाँका दरले रकम पाएका थिए । सबैभन्दा कम रकम आठ लाख ६० हजार रुपैयाँ थियो । केही स्थानीय तहले भने २५ लाख ८० हजार रुपैयाँसम्म पाएका थिए । उक्त रकमबाट कुन स्थानीय तहले कति रकम खर्च गरे भन्ने विवरण हालसम्म प्राप्त नभएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई समाजमा पुनःस्थापित गराउने, यही उद्यमशीलतामा जोडेर पुनः विदेश फर्कनुपर्ने वातावरण अन्त्य गर्ने तथा उनीहरुले विदेशमा सिकेका सीप र हासिल गरेका ज्ञानलाई उपयोग गरी उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले पुनःएकीकरण कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय तहमार्फत यो कार्यक्रम सञ्चालन गर्ने योजनाअनुसार ८१ वटा स्थानीय तहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको थियो । त्यसरी सम्झौता गरेका स्थानीय तहहरुलाई बोर्डले रकम पठाएको हो । 

कार्यक्रमअन्तर्गत उद्यमशीलता प्रवर्द्धनका लागि सीपमूलक तालिम सञ्चालन र लाभग्राहीका लागि प्राविधिक तथा वित्तीय सहयोग (औजार सामग्री सहयोग र उद्यमशीलता प्रवर्द्धन जीवनउपयोगी वस्तु सामग्री सहयोग तथा पशुपन्छी बिमासमेत) गर्न सकिने बोर्डले जनाएको छ ।

पुनःएकीकरण कार्यक्रमले बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्ने अपेक्षा सरकारको छ । यद्यपि, यसको प्रभावकारिता कस्तो हुन्छ हेर्न बाँकी नै छ । हाल मुलुकमा रोजगारीको अवसर नहुँदै दैनिक करिब दुई हजार नेपालीले वैदेशिक रोजगारीका लागि देश छाडिरहेको तथ्यांक छ ।

सरकारले उनीहरुलाई स्वदेशमै बस्ने वातावरण बताउने बताए पनि व्यवहारमा त्यस्तो गर्न सकेको छैन । यो विषय राजनीतिक दलहरुको चुनावी एजेण्डा बने पनि चुनावपछि एजेण्डा कार्यान्वयनमा दलहरु चुक्दै आएका छन् । सरकार अस्थिर बन्दा मुलुक विकास र समृद्धिको लक्ष्यअनुसार अगाडि बढ्न नसकेको विश्लेषकहरुको भनाइ छ । यसरी बढ्दो वैदेशिक रोजगारीको बाध्यात्मक अवस्था अन्त्य गर्ने उद्देश्यले ल्याइएको पुनःएकीकरण कार्यक्रमको अवधारण सकारात्मक भएकोले कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।


प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०६:५२
#वैदेशिक_रोजगार_ बोर्डको_सचिवालय
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP