Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेठ महिनामा ६० हजार नेपाली श्रमिक विदेशिए 
वैदेशिक रोजगार जेठ महिनामा ६० हजार नेपाली श्रमिक विदेशिए 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २५, २०८०
जेठ महिनामा धेरै श्रम स्वीकृति लिएका मुलुक

काठमाडौं - वैदेशिक रोजगारीमा जानका लागि चालु आर्थिक वर्षको ११औं महिना अर्थात् जेठमा झण्डै ६० हजार नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा ५९ हजार ४२२ जना नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका हुन् ।

यससँगै चालु आर्थिक वर्षको ११ महिनामा विदेशिने कामदारको संख्या सात लाख ४७ हजार ९२२ पुगेको छ ।जेठमा विदेशिने नेपालीहरुको संख्या गत वैशाख महिनाको भन्दा चार हजार ९६५ ले बढेको छ । वैशाखमा यस्तो संख्या ५४ हजार ४५७ थियो । त्यसअघि चैतमा ६१ हजार ४७८ जना र फागुन महिनामा ६१ हजार ८४५ जनाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । 

चालु आवको सुरुआतदेखि नै पहिलो गन्तव्य बनेको मलेसिया जाने नेपाली कामदारको संख्या केही महिनादेखि क्रमशः घट्दै गएको देखिएको छ । जेठमा १४ हजार २०४ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या वैशाख महिनाको भन्दा ४३० ले न्यून हो । वैशाखमा १४ हजार ६३४ जनाले मलेसिया गएका थिए । गत चैतमा १६ हजार २५६ जनाले श्रम स्वीकृति लिएका थिए । तुलनात्मक रुपमा २०७९ मंसिरदेखि मलेसिया जाने नेपालीको संख्या घट्नेक्रम जारी छ ।

यद्यपि विभागले सार्वजनिक गरेको तथ्यांकको आधारमा मलेसिया अझै पनि नेपालीहरुको पहिलो गन्तव्य नै रहेको छ । 
यसैगरी जेठ महिनामा रोजगारीका लागि कतार जान १० हजार ८७७ जनाले श्रम स्वीकृति लिएका छन् । विभागको तथ्यांकअनुसार गत वैशाखमा १० हजार २३०, चैतमा ११ हजार २४९, फागुनमा ११ हजार ३०३ जना श्रम स्वीकृति लिएर कतार गएका थिए ।

Hardik health

यस्तै संयुक्त अरब इमिरेट्स (युएई)मा १० हजार ६२६, साउदी अरेबियामा १० हजार ३५२ र कुवेतमा दुई हजार ७५९ जनाले जेठ महिनामा श्रम स्वीकृति लिएको विभागले जनाएको छ । वैशाख महिनाको तुलनामा युएई, साउदी र कुवेत जाने नेपालीको संख्या बृद्धि भएको छ । उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (८० प्रतिशत) ओगटेको देखिन्छ ।

यसैगरी रोमानियामा एक हजार ९६, जापानमा एक हजार ८९, माल्दिभ्समा ६३०, क्रोएसियामा ६०५, साइप्रसमा ५७३, बहराइनमा ५८१, पोल्याण्ड ४८८, ओमानमा ३१०, माल्टामा २६७ जनाले रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या दुई हजार ९६४ रहेको छ ।

विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने २१ हजार २८६ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३८ हजार १३६ जना रहेका छन् । जेठमा श्रम स्वीकृति लिनेमध्ये छ हजार १११ जना महिला रहेको विभागले उल्लेख गरेको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लागतरुपमा धनुषाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । धनुषाबाट दुई हजार ९८७ जना विदेशिएका छन् । दोस्रो स्थानमा रहेको झापाबाट दुई हजार ८४२ जना विदेश गएका छन् ।

यस्तै तेस्रो स्थानमा सिरहा परेको छ । यहँबाट दुई हजार ५६३ बाहिरिएका छन् । चौथोमा रहेको मोरङबाट दुई हजार ४४३ र पाँचौंमा रहेको महोत्तरीबाट दुई हजार ११५ जना रहेका छन् ।त्यसैगरी दाङ, चितवन, बारा बागलुङ, मकवानपुर, रुपन्देही, रौतहट, सर्लाही, सप्तरी, सुनसरी, स्याङ्जा, कपिलवस्तु र तनहुँबाट पनि विदेश जानेको संख्या ठूलो रहेको छ । 
००००

 


प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०६:५३
#वैदेशिक_रोजगारी
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP