Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीले सहमति तोड्दा संसद् अनिश्‍चित
ओलीले सहमति तोड्दा संसद् अनिश्‍चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २५, २०८०
एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल
  • तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री दाहालले आफ्ना अभिव्यक्तिबारे स्पष्टीकरण संसद्मा दिने सहमति 
  •  नयाँ बानेश्वर आइपुगेपछि ओली सहमति मान्न अनिच्छुक
  •  दाहालले माफी माग्नुपर्ने र उनको सचिवालयको विज्ञप्ति फिर्ता गर्नुपर्ने ओलीको अडान
  •  दाहाल माफी माग्न र विज्ञप्ति फिर्ता लिन तयार भएनन्
  • सहमति भंगपछि संसद् बैठक सूचना टाँसेर स्थगित

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमति एक घण्टामै भंग भएपछि संसद् बैठक अनिश्चित बनेको छ । सहमति भंग गर्ने नेता भने एमाले अध्यक्ष केपी शर्मा ओली हुन् ।

सिंहदरबारमा आइतबार बिहान तीन नेताबीच भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले आफ्ना अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिने सहमति भएको थियो । त्यसपछि पालैपालो उनीहरूले हात मिलाएका थिए । जुन तस्बिरहरू सार्वजनिक भइसकेको छ । तर, सिंहदरबारमा सहमति गरेर संसद् भवन नयाँ बानेश्वर आइपुग्दा ओलीको बोली फेरियो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार ओली सिंहदरबारमा भएको सहमति मान्न तयार भएनन् । ‘तीन नेताबीच सिंहदरबारमा छलफल हुँदा प्रधानमन्त्रीले आफ्ना भनाइबारे संसद्मा स्पष्ट पार्ने र त्यसपछि संसद्को अवरोध हटाउने भन्ने सहमति भएको थियो,’ उनले प्रभावसँग भने, ‘त्यसपछि हामी संसद् भवन पुग्यौं । त्यसबेला पो फेरि नमिल्ने कुरा आयो भन्ने सुनियो । किन नमिल्ने हुनुभयो ? थाहा छैन ।’

प्रधानमन्त्री दाहालले यही १८ असारमा भारतीय यातायात व्यवसायी प्रितम सिंहको जीवनीमा आधारित पुस्तक विमोचनको क्रममा आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक सिंह दिल्ली पुगेको बताएका थिए । त्यसपछि प्रमुख विपक्षी दल एमालेका सांसदहरूले दाहालको यस्तो अभिव्यक्तिलाई लिएर राजीनामा मागे । राजीनामा नआइञ्जेलसम्म संसद् चल्न नदिने अडान लिए । एमालेको अवरोधले संसद् बैठक अनिश्चित बनेको छ ।

एमाले सांसदहरूले राष्ट्रिय सभासमेत चल्न दिएका छैनन् । हरेकपटक अवरोध गर्दै आएका छन्, जुन क्रम आइतबार पनि जारी रह्यो ।प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पनि प्रमुख विपक्षी एमालेसँग देखिएको विवाद सल्टाउनेबारे प्रधानमन्त्रीले सहमति नगर्दासम्म संसद् बैठक नचल्ने बताइसकेका छन् । यसरी एमालेदेखि सभामुखसम्मै यथास्थितिमा संसद् चल्न नदिने र नचलाउने पक्षमा उभिँदा प्रधानमन्त्री दाहाल थप दबाबमा परे । 

यसपछि शनिबार साँझ नै प्रधानमन्त्री दाहालले विपक्षी दलका नेता ओली र सत्तारुढ मुख्य दल कांग्रेस सभापति देउवासँग संवाद गर्न तयार रहेको बताएका थिए । नभन्दै आइतबार बिहानै सिंहदरबारमा तीन नेताबीच छलफल भयो । छलफलका क्रममा प्रधानमन्त्री दाहाल आफ्ना अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिन सहमत भए । ओली र देउवा पनि सहमत भएका थिए । 

यसपछि संसद् बैठक बस्ने सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशन गरेको थियो । संसद् भवनमा सांसदहरू पुगेका पनि थिए । तर, नेताहरूबीच भएको सहमति ओलीले नयाँ बानेश्वर आइपुग्दा नमान्ने भन्दै तोडेसँगै संसद् सचिवालयले संसद् बैठक आइतबार दिउँसो ३ बजेका लागि सारिएको सूचना जारी ग¥यो । बैठक भने बसेन ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सञ्चारकर्मीलाई प्रधानमन्त्री दाहालका कारण बैठक नबसेको दाबी गरे । ‘प्रधानमन्त्रीले आफ्नो कमीकमजोरीको आत्मलोचना गर्ने र दलहरूलाई विश्वास दिलाउने सहमति नेताहरूबीच भएको थियो तर, उहाँ (प्रधानमन्त्री)ले जवाफको तयारीका लागि भन्दै समय माग्नुभयो । यसपछि बैठक सरेको हो ।’

स्रोतका अनुसार भने ओलीले प्रधानमन्त्री दाहाललाई संसद्मा स्पष्टीकरणसँगै आफ्ना अभिव्यक्तिबारे माफी पनि माग्नुपर्ने र्त नयाँबानेश्वर आइसकेपछि राखेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले यही २१ फागुनमा जारी गरेको विज्ञप्ति फिर्ता लिनुपर्ने अर्को अडान पनि ओलीले राखेको बताए । यसबारे प्रधानमन्त्री सकारात्मक भएनन् । जसले गर्दा संसद् अवरोध कायमै रहन पुग्यो । 

आइतबार भने राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक’लाई राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित संसद्मा टेबुल गर्ने कार्यसूची थियो । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८० माथि सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठले दर्ज गरेको विरोधका सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने अर्को कार्यसूची थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामै उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूचीसमेत थियो । तर, ओलीले सिंहदरबारमा भएको सहमति नमान्ने भनेपछि संसद् बैठक बस्नै सकेन ।
 


प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०६:३९
#केपी_ओली #पुष्पकमल_दाहाल_‘प्रचण्ड’ #संसद्
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
राप्रपाले संसद बैठक भत्ता नलिने निर्णय
राप्रपाले संसद बैठक भत्ता नलिने निर्णय सोमबार, असार २, २०८२
स्थिर सरकारका लागि निर्वाचन प्रणाली परिवर्तनमा जोड 
स्थिर सरकारका लागि निर्वाचन प्रणाली परिवर्तनमा जोड  आइतबार, असार १, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने शुक्रबार, जेठ ३०, २०८२
सत्तारुढ र माओवादीबीच दुई बुँदे सहमति
सत्तारुढ र माओवादीबीच दुई बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
नेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित
नेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित शुक्रबार, जेठ ३०, २०८२
संसदको अवरोध हटाउन तीन ठूला पार्टीको  बैठक बस्ने तयारी
संसदको अवरोध हटाउन तीन ठूला पार्टीको बैठक बस्ने तयारी बिहीबार, जेठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने बिहीबार, जेठ २९, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP