Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘क्वारेन्टाइनमा बसेका कोही त्रसित हुन पर्दैन’
‘क्वारेन्टाइनमा बसेका कोही त्रसित हुन पर्दैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ८, २०७६
Hardik health
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयले कोही पनि त्रसित हुनुनपर्ने समेत जनाएको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्दप्रसाद श्रेष्ठले भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा क्वारेन्टाइनका लागि तयार गरिएको स्थानमा राखिएका सबै नेपालीमा ‘नोभेल कोरोना भाइरस २०१९’ नकारात्मक देखिएको जानकारी गराए । नेपालबाट अध्ययन तथा व्यवसायका क्रममा चीनको हुवेई प्रान्तका उहानलगायत विभिन्न शहरमा रहेका १७५ जना नेपाली नागरिकलाई उद्धार गरी गत आइतबार प्रारम्भिक परीक्षणपश्चात् प्राधिकरणको तालीम केन्द्रमा पुर्याइएको थियो । ४ फागुनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका प्राविधिकहरूले क्वारेन्टाइनस्थलमा नै पुगी १७५ जनाको नाक र घाँटी भित्रको स्वावको नमूना संकलन गरी प्रयोगशालामा ल्याएर परीक्षण गरिएको थियो । यो परीक्षण फागुन ४, ५ र ६ गतेसम्म सघन रूपमा गरिएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रयोगशालाबाट ६ फागुनमा अपराह्न प्राप्त जानकारीअनुसार सबैको नमूना परीक्षण गर्दा कुनैपनि नमूनामा नोभेल कोरोना भाइरस–२०१९ (कोभिड–१९) नभेटिएको मन्त्रालयले जानकारी गराएको छ । त्यहाँ रहेका सबै नेपाली नागरिक स्वस्थ्य रहेकाले कुनै पनि संक्रमणबाट त्रसित हुनुपर्ने अवस्था नरहेको उनले बताएका छन् । अब क्वारेन्टाइनमा बसेको १४औँ दिनपछि पनि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटी भित्रको स्वावको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा ल्याएर परीक्षण हुने जनाइएको छ । चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९) ले विश्वलाई नै प्रभावित पारेको छ । चीनबाहेक विश्वका २५ देशमा यसको प्रभाव देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोगले विश्वव्यापी पार्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै गत १६ माघमा ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेको छ । तर अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा कुनै पनि प्रतिबन्ध सिफारिस गरिएको छैन ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP