Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘क्वारेन्टाइनमा बसेका कोही त्रसित हुन पर्दैन’
‘क्वारेन्टाइनमा बसेका कोही त्रसित हुन पर्दैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ८, २०७६
Hardik health
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयले कोही पनि त्रसित हुनुनपर्ने समेत जनाएको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्दप्रसाद श्रेष्ठले भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा क्वारेन्टाइनका लागि तयार गरिएको स्थानमा राखिएका सबै नेपालीमा ‘नोभेल कोरोना भाइरस २०१९’ नकारात्मक देखिएको जानकारी गराए । नेपालबाट अध्ययन तथा व्यवसायका क्रममा चीनको हुवेई प्रान्तका उहानलगायत विभिन्न शहरमा रहेका १७५ जना नेपाली नागरिकलाई उद्धार गरी गत आइतबार प्रारम्भिक परीक्षणपश्चात् प्राधिकरणको तालीम केन्द्रमा पुर्याइएको थियो । ४ फागुनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका प्राविधिकहरूले क्वारेन्टाइनस्थलमा नै पुगी १७५ जनाको नाक र घाँटी भित्रको स्वावको नमूना संकलन गरी प्रयोगशालामा ल्याएर परीक्षण गरिएको थियो । यो परीक्षण फागुन ४, ५ र ६ गतेसम्म सघन रूपमा गरिएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रयोगशालाबाट ६ फागुनमा अपराह्न प्राप्त जानकारीअनुसार सबैको नमूना परीक्षण गर्दा कुनैपनि नमूनामा नोभेल कोरोना भाइरस–२०१९ (कोभिड–१९) नभेटिएको मन्त्रालयले जानकारी गराएको छ । त्यहाँ रहेका सबै नेपाली नागरिक स्वस्थ्य रहेकाले कुनै पनि संक्रमणबाट त्रसित हुनुपर्ने अवस्था नरहेको उनले बताएका छन् । अब क्वारेन्टाइनमा बसेको १४औँ दिनपछि पनि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटी भित्रको स्वावको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा ल्याएर परीक्षण हुने जनाइएको छ । चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९) ले विश्वलाई नै प्रभावित पारेको छ । चीनबाहेक विश्वका २५ देशमा यसको प्रभाव देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोगले विश्वव्यापी पार्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै गत १६ माघमा ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेको छ । तर अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा कुनै पनि प्रतिबन्ध सिफारिस गरिएको छैन ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP