Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीको उजुरीमा कमी
वैदेशिक रोजगारीको उजुरीमा कमी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ८, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगारका विषयमा पर्ने उजुरीको संख्या उल्लेख्य रूपमा घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यसो त कतिपय अनौपचारिक तथ्यांकले वैदेशिक रोजगारीका लागि जानेको संख्यामा पनि तुलनात्मक रूपमा कमी आएसँगै उजुरीको संख्या पनि घटेको हो । विभागद्वारा सार्वजनिक गरिएको तथ्यांकमा चालु आर्थिक वर्षको पहिलो ७ महिना र गत आर्थिक वर्षको यसै अवधिलाई तुलना गर्दैगर्दा माग गरिएको रकममा पनि उल्लेख्य रूपमा घटेको जनाएको छ । विभागका अनुसार सो अवधिमा उजुरीको संख्या पनि घटेको छ । उजुरीको संख्यासँगै ठगिएको भनेर दाबी गरिएको रकममा पनि गतवर्षको भन्दा करिब २१ करोड ४० लाख रूपैयाँले कमी आएको विभागको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षको पहिलो ७ महिनामा करिब ४८ करोड २० लाख रूपैयाँको दाबी गरिएको थियो भने यसवर्ष उहि अवधिमा २६ करोड ८० लाख रूपैयाँको दाबी गरिनुले पनि उजुुरीको संख्या र रकम दाबीको उजुरी पनि कमी देखिन्छ । विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६÷७७ को अहिले सम्ममा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम केही घटेको देखिएको छ । ठगीमा परेको भन्दै उजुरी गर्ने क्रम थोरै घटेको छ भने ठगिएका कामदारले दाबी गर्ने रकम भारी गिरावट आएको छ । विभागमा यस आर्थिक वर्षको पहिलो ७ महिनामा सबैभन्दा कम ७७ उजुरी माघमा परेको छ । जसमा करिब २ करोड ८९ लाख रूपैयाँ दावी रकम रहेको छ । न्याय सम्पादनको मूल्यांकन गर्दा गत वर्षभन्दा यो वर्ष दोब्बर बढी उजुरीउपर अदालतमा मुद्दा दायर गरिएको छ । आर्थिक वर्षको पहिलो ७ महिनामा माघसम्ममा उजुरी दिएका मध्ये १ सय ७८ जनाको दाबीउपर विभागले अदालतमा मुद्दा दायर गरेको छ । वैदेशिक रोजगार उजुरीमा कमी आएसँगै सरकारले अब ग्रामीण क्षेत्रमा नै न्याय पाउने व्यवस्था कार्यान्यनमा ल्याएको छ । जसमा अब उजुरी गर्न काठमाडौं आउन नसक्ने युवाले जिल्ला प्रशासन कार्यालयमार्फत नै उजुरी दर्ता गराउन सक्ने छन् । आर्थिक र पहुचका हिसाबले ठगीको उजुरी दिन काठमाडौं आउन नसक्ने युवाले जिल्ला प्रशासन कार्यालयमा नै उजुरी दिने गरी कानुनी व्यवस्था ल्याएको हो । वार्षिक रूपमा करोडौ रूपैयाँ ठगी हुने गरेको वैदेशिक रोजगार क्षेत्रमा उजुरी दिन काठमाडांै आउन नसक्दा ठगिएर बस्नुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले प्रमुख जिल्ला अधिकारी समक्ष सोभैm उजुरी दिने सक्ने गरी ऐन नै संशोधन गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गरेर यससम्बन्धी उजुरी जिल्ला प्रशासन कार्यालयले हेर्ने व्यवस्था मिलाएपछि केन्द्रसम्म पहुच नभएका पीडितले राहत पाउने अनुमान गरिएको छ । जसमा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाले संस्थागत वा व्यक्तिगत ठगीका मुद्दालाई प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिनसक्ने कानुनी व्यवस्था रहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  ०५:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP