Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • गायक कटुवाललाई नियोजित रूपमा फसाइएको दाबी
गायक कटुवाललाई नियोजित रूपमा फसाइएको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ७, २०७६
group photo
Hardik health
काठमाडौं–चर्चित लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई नियोजित ढंगले फसाईएको राष्ट्रिय संगितकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरूले दाबी गरेका छन् । मंगलबार राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मेलनको आयोजना गरि गायक कटुवाललाई नियोजित ढंगले फसाईएको भन्दै तत्काल रिहाई गर्नसमेत माग गरेको हो । संघकाअनुसार पोखरामा आयोजित राष्ट्रिय संगीतकर्मी संघ कास्की शाखाको बृहत्त सांस्कृतिक कार्यक्रमसहितको वनभोज कार्यक्रममा सहभागी हुन जाँदै गरेका गायक कटुवालकी श्रीमती लक्ष्मी कटुवाललाई यात्राको क्रममा तनहुँको डुम्रे बजारको डाँफे होटलको अगाडि वान्ता (वमिट) आएको निहुँमा सामान्य विवाद भएको थियो । संघले उक्त घट्नामा सहमति भएर गायक दम्पती पोखरातर्फ प्रस्थान् गरेको पनि जनाएको छ । तर, गायक दम्पत्ति पोखरा पुगेलगत्तै सुरुमा गायक कटुवालसँग विवाद परेका होटल सञ्चालक लालकाजी गुरुङलाई कोही कसैले आक्रमण गरेको अवस्थामा गायक कटुवालनै दोषी हो भनि भीडभाड र जमातको बलमा बिनाकसुर मुद्दा चलाईएको आरोप सम्बन्धित व्यक्तिहरूबाट प्रमाणसहित दाबी गरिएको छ । त्यसैगरि कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले गल्ती गरेको भए सोही दिन किन मुद्दा दर्ता प्रहरीले नगरेको भन्दै प्रश्न गरे । उनले यो प्रकरणमा गायक कटुवाल कुनैपनि हिसाबले दोषी नभएको जिकिर गरे । उनले प्रहरीद्वारा तीन पटकसम्म यो प्रकरणमा मिशील फेरिएको स्पष्ट पारे । उनले आफूहरूको आवाजलाई कसैले सुन्न नचाहेको समेत गुनासो पोखे । उनले यो प्रकरणमा आफूहरू ज्ञापनपत्र लिएर गुह मन्त्रालय र कानुन मन्त्रालयसमेत जाने प्रतिबद्वता व्यक्त गरे । त्यसैगरि कार्यक्रममा प्रकाश कटुवालकी श्रीमती लक्ष्मी कटुवालले लामो यात्रामा जाँदा आफूलाई गाह्रो हुने र वान्ता हुने गरेको सुनाईन् । उनले भनिन्,‘सामान्य झगडालाई नियोजित ढंगले हामीलाई फसाईएको छ । मेरो कारणले घट्ना सिर्जना भएको थियो । हामी कार्यक्रममा सहभागी हुन पोखरा गएका थियौँ तर, यात्राको क्रममा वान्ता हुने कारण गाडी रोकाईयो र बाटो छेउमा वमिट गर्न खोज्दा त्यहाँ नजिक रहेको घर मालिकले जबरजस्ती गाली गर्नुभयो र अभद्र व्यवहार गर्नुभयो ।’ उनले सामान्य विवादपछि आफूहरूले माफी मागेर त्यहाँबाट निस्किएको सुनाईन् । उनकाअनुसार विवाद भएको उक्त घट्नाको केही दिनपछि डुम्रे चौकीका इन्स्पेक्टरले फोन गरेर चौकी आउन आग्रह गरेको थियो । सोही आग्रहअनुसार प्रकाश चौकी गएका थिए । चौकी गएपश्चात् उल्टै सो घर मालिकले आफूहरूलाई गल्ती गरेका भन्दै फसाईएको उनले आरोप लगाईन् । उनले यो प्रकरणमा दोषीलाई कारवाही गरेर निर्दोषलाई उन्मुक्ति दिनको लागि पनि नेपाल प्रहरीसमक्ष आग्रह गरेकी छिन् । कार्यक्रममा संघका प्रवक्ता होम सुबेदीले गायक प्रकाश कटुवाल निर्दोष रहेको बताए । उनले भने,‘दोषीलाई कारवाही गर्नुपर्छ, तर निर्दोषलाई उन्मुक्ति दिनुपर्छ ।’ गीत गाउने सामान्य मानिसलाई जथाभावी लगेर जेल हालिएको भन्दै उनले कडा आक्रोश पोखे । उनले नेपाल प्रहरीलाई यो प्रकरणमा निश्पक्ष ढंगले जाँच गर्न समेत आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP