Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेफिन
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि
रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ६, २०८०
Chinese and Russian flag on sky background. 3D illustration
Hardik health
बेइजिङ -रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि  भएकाे छ । फेब्रअरी २०२२ मा युक्रेन आक्रमणपछि  मस्कोले  गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको हाे ।   चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष दुई देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थियो । मे महिनामा चीनले रूसबाट ९७ लाख १० हजार टन तेल आयात गरेको थियो । जुन फेब्रुअरी २०२२ को तुलनामा दोब्बरभन्दा बढी हो ।   यो आँकडाले दुई देशबीचको आर्थिक सम्बन्धको व्यापक प्रगाढतालाई प्रतिबिम्बित गरेको छ । युक्रेनमा मस्कोको आक्रमणपछि मे महिनामा रूसको चीनसँगको समग्र व्यापार अहिलेसम्मको उच्च स्तरमा पुगेको छ ।   गत वर्षको अन्त्यमा ऊर्जाको मागमा कटौती गरेको कडा शून्य–कोभिड उपायहरूको अन्त्यपछि चीनको पुन ः उत्थान अर्थव्यवस्थाको सन्दर्भमा पनि यी घटनाहरू देखा परेको हुनसक्ने अनुमानहरू पनि गरिएका छन् ।   गत मार्चमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा व्यापारलाई २०० अर्ब अमेरिकी डलर पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।   रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले गत महिना भन्नुभएको थियो, “यो वर्ष चीनमा रूसी ऊर्जा आपूर्ति ४० प्रतिशतले वृद्धि हुनेछ ।” सन् २०२२ मा युक्रेनमा मस्कोले गरेको आक्रमणलाई लिएर पश्चिमा मुलुकले गरेको कारबाहीका कारण रूसको ग्यास निर्यातमा गिरावट आएको थियो ।   यसै महिना रूसको अर्थतन्त्रका बारेमा बोल्दै पुटिनले गत वर्षको दोस्रो त्रैमासिक अकल्पनीय प्रतिबन्धपछि ‘सबैभन्दा कठिन’ भएको बताएका थिए । युरोपले अन्य ऊर्जा आपूर्तिकर्ताहरूको खोजी गर्दा मस्कोले चीनसहित वैकल्पिक बजारको खोजी गर्दै एशियाली मुलुकसँगको ब्यापारलाई महत्व दिएको छ ।   चीन यस पहिले नै साइबेरिया पाइपलाइनद्वारा जोडिएको छ ।राष्ट्रपति सीसँगको वार्तापछि पुटिनले नयाँ ‘पावर अफ साइबेरिया–२’ परियोजनाका लागि ‘सबै सम्झौता भएको’ बताउएका  थिए  । त्यो पाइपलाइनले वार्षिक रूपमा चीनमा ५० अर्ब क्युबिक मिटर अर्थात् लगभग रूस देखि जर्मनी सम्म परित्यक्त ‘नोर्ड स्ट्रीम–२’ परियोजनाको कूल क्षमताको बराबर प्राकृतिक ग्याँसको परिवहनको सुविधा प्रदान गर्न सक्छ ।   मस्को नयाँ पाइपलाइन अगाडि बढ्नेमा विश्वस्त छ, तर बेइजिङले अहिलेसम्म स्पष्ट प्रतिबद्धतालाई बेवास्ता गरेको छ ।चीन र रूसले हालैका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमाथिको आक्रमणपछि उनीहरूको रणनीतिक साझेदारी अझ घनिष्ठ हुँदै गएको छ ।   बेइजिङले युद्धमा आफू तटस्थ पार्टी भएको दाबी गरे पनि मस्कोको निन्दा गर्न अस्वीकार गरेको र रूससँगको सम्बन्धका कारण पश्चिमा देशहरूले चीनको आलोचना गर्दै आएका छन् । विश्लेषकहरूका अनुसार रूससँगको सम्बन्धमा चीनको प्रभाव उच्च छ । मस्कोको अन्तर्राष्ट्रिय अलगाव गहिरिँदै जाँदा चीनको सम्बन्ध बढ्दै गएको छ ।   गत फेब्रुअरीमा बेइजिङले एक पत्र जारी गर्दै द्वन्द्वको ‘राजनीतिक समाधान’ का लागि आह्वान गरेको थियो, जसले गर्दा पश्चिमा देशहरूले रूसले कब्जा गरेको अधिकांश भूभाग आफ्नो कब्जामा राख्न सक्ने बताएका थिए ।   मार्चमा मस्कोमा भएको शिखर सम्मेलनमा सीले पुटिनलाई बेइजिङ भ्रमणको निम्तो दिनुभएको थियो र दुई नेताले सम्बन्ध ‘नयाँ युगमा प्रवेश गरेको’ घोषणा गरेका थिए  । गत महिना युक्रेन आक्रमणपछि रूसी अधिकारीको चीन भ्रमणका क्रममा प्रधानमन्त्री मिखाइल मिशुस्तिनसँगको भेटमा चिनियाँ नेताले मस्कोको ‘प्रमुख स्वार्थ’मा आफ्नो ‘दृढ समर्थन’ व्यक्त गरेका  थिए  ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी आइतबार, चैत ८, २०८२
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु आइतबार, चैत ८, २०८२
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा आइतबार, चैत ८, २०८२
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण आइतबार, चैत ८, २०८२
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP