Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सयभन्दा बढी म्यानपावर कम्पनी धरापमा
सयभन्दा बढी म्यानपावर कम्पनी धरापमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ७, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यावसायमा सयभन्दा बढी म्यानपावर धरासायी अवस्थामा रहेका छन् । वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनामा सय वटा म्यानपावर व्यवसायीले १ जनालाई पनि वैदेशिक रोजगारीमा पठाउन नसकेपछि ती म्यानपार कम्पनीहरू धरासायी अवस्थामा पुगेका हुन् । सरकारले एक आर्थिक वर्षभित्र कम्तीमा सय जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजतपत्र रद्ध गर्ने कानुनी व्यवस्था ल्याएको छ । प्रत्येक वर्ष सय जना श्रमिक अनिवार्य विदेश पठाउनै पर्ने बाध्यकारी व्यवस्था भए पनि धेरै म्यानपावर कम्पनीहरूले सो संख्या पुर्याउन हम्मेहम्मे पर्ने देखिन्छ । विभागका अनुसार माघ महिनामा सय वटा म्यानपावर कम्पनीले १ जना पनि वैदेशिक रोजगारीमा पठाउन सकेका छैनन् । जसमा ६४ वटा म्यानपावर कम्पनीलाई विभागले कारबाही गरी कारोबार बन्द राखेको थियो भने ३६ वटा म्यानपावर कम्पनीको कारोबार खुल्ला रहँदा पनि वैदेशिक रोजगारमा पठाउन नसकेका हुन् । ६४ म्यानपावर कम्पनीले १ जना मात्र, ३८ म्यानपावर कम्पनीले २ जना मात्र, २३ म्यानपावर कम्पनीले ३ जना मात्र र ३० म्यानपावर व्यवसायीले ४ जना मात्र पठाएका छन् । आ.व ०७६÷७७ को अहिलेसम्ममा अत्याधिक कम कामदार पठाउने र सरकारले ल्याएको सय जना पठाउनै पर्ने थ्रेसहोल्ड पार गर्न १ सयभन्दा बढी कम्पनीले नसक्ने देखिएको विभागका एक कर्मचारीले बताए । तथ्यांकअनुसार दि रिभर ओभरसिज प्रा.लि. सबैभन्दा बढी कामदार पठाउने म्यानपावर सूचीको पहिलो नम्बरमा परेको छ । रिभरले माघ महिनामा मात्रै ५ सय २० कामदार पठाएको छ । रिभरले पुस महिनामा ५ सय ९३ जना विदेश पठाएको थियो । एसओएस सर्भिसेस प्रा.लि.ले ३ सय ३८ कामदार पठाएर सूचीको दोस्रो नम्बरमा परेको छ । तेस्रो नम्बरमा रहेको प्यारडाइज इन्टरनेसनल सर्भिस प्रा.लि.ले ३ सय ३० जना पठाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनामा ४८ हजार ६ सय ७४ जना नेपाली कामदार वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । आ.व. ०७६÷७७ को माघ महिनामा तुलनात्मक रूपमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको देखिन्छ । वैदेशिक रोजगारमा जानेको संख्या आ.व ०७६÷७७ को अहिलेसम्ममा ३ लाख १ हजार ४ सय २५ पुगेको छ । सरकारले म्यानपावर कम्पनीमार्फत कामका लागि जान सक्ने भन्दै १ सय ७२ वटा देशका लागि स्विकृति दिएको छ । अवैधानिक रूपमा वैदेशिक रोजगारमा जाने र भारतमा रोजगारीका निम्ति गएका नेपाली कामदारको विवरण भने विभागले समावेश गरेको छैन । संस्थागत श्रम स्विकृतिमार्फत २५ हजार १ सय ७१ जना, पुनः स्विकृति लिएर २१ हजार ३ सय ४४ जना, नयाँ व्यक्तिगत श्रम स्विकृतिमार्फत १ हजार २ सय ३४ जना, वैधानिकीकरण गरेर ९ सय २५ जना कामदार गएका छन् । विभागको तथ्यांक अनुसार माघ महिनामा सबैभन्दा धरै कामदार साउदी अरब गएका छन् । गत महिना ११ हजार १ सय १० जना मलेसिया गएका छन् । साउदीपछि कतारमा सर्वाधिक नेपाली कामदार गएका छन् । माघमा कतार जानेको संख्या १० हजार ७ सय ६४, मलेसिया जानेको संख्या १० हजार ५ सय ४४ रहेको छ भने युएई जानेको संख्या १० हजार ८९ रहेको छ । माघ महिनामा श्रम स्विकृति लिएर विश्वका विभिन्न ८२ मुलुकमा नेपाली कामदार पुगेका छन्, जसमा १ जना मात्र जाने देशको संख्या १९ रहेको छ । माघ महिनामा श्रम स्विकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् । गत महिना २७ हजार ४ सय १७ अदक्ष जनशक्ति विदेश पुगेका छन् । त्यसैगरी, सीपयुक्त जनशक्ति १६ हजार ७ सय १९ जना, अद्र्धसीप भएका ४ हजार ४ सय ९१ जना, व्यवसायिक सीप भएका ४२ जना र विशिष्ट सीप भएका ५ जनाले अन्तिम श्रम स्विकृति लिएको विभागले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  ०४:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP