Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ‘राष्ट्रियतामाथि सामूहिक बलात्कार !’
‘राष्ट्रियतामाथि सामूहिक बलात्कार !’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ५, २०८०
matangra
Hardik health
मट्याङ्ग्रो, वैकुण्ठ भण्डारी देशमा संसद् छ । टन्न सांसद पनि छन् । हरेक महिना हाजिर गरेर तलब भत्ता पनि खान्छन् । अरु बेला सभाकक्षमा नगए पनि आफ्नो बोल्ने पालो आउने दिन आफूले पालेका दुई–चार जना पत्रकारसमेत बोकेर संसद् भवन पुग्छन् । रोस्ट्रममा पुगेर भए नभएका कुरा पनि गर्छन् ।   आज छविलालहरु मुठ्ठी कसेर मोर्चाबन्दीमा जुटे । तर, यिनीहरु जुटेर देश र जनताले के पाउँछ ? जनतालाई पत्तै छैन । हिजो यिनीहरु फुट्दा देशलाई के नोक्सानी भयो ? त्यो पनि जनतालाई पत्तै छैन । जे होस् संसदीय व्यवस्थामा मोर्चारुपी मण्डले संस्कृति मौलाएको छ । तिनका लिदी भरिएको दिमागलाई साधुवाद भन्नुपर्छ ।   देश आर्थिक संकटमा छ । भौतिक संकटमा त पहिलेदेखि नै परिरहेको हो । राष्ट्रियता संकट पर्दा जनता जाग्ने गर्दथे ऊ बेला । बैरीसँग खुकुरी तेस्र्याएर लड्न जान्थे । अहिले त त्यस्तो कहाँ हुन्छ र ? एकादेशको कथा जस्तै हो । राष्ट्रियता संकट परोस् कि देश संकटमा परोस् आफू भने कहिल्यै संकटमा पर्नुभएन ! कसको बाउको बिर्ता हो र सके लुट्ने नसके फुट्ने । ‘लेण्डुप’ बन्न के भो र आफ्नो कुरा मिलेपछि ! मान्छेको जिन्दगी मरेपछि के हो के हो ? जे गर्ने हो अहिले नै गर्ने हो ।   समयमा नगरेपछि परिन्छ । त्यही भएर सकेजति अहिले नै गरिन्छ भन्छन् । बाघको अनुहार देखाउने स्यालाहरु ! ‘यो संसद् भनेको खसीको टाउको देखाएर बाख्राको मासु बेच्न ठाउँ हो’ कुनैबेला छविलालबाट आएका शब्दजाल यस्तै थिए अरे । आखिर संसद् भनेको खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने ठाउँ भएपछि छविलालहरु किन त्यही पुगेका होलान् ? किन त्यहाँ पुग्नका लागि मरिहत्ते गरेका होलान् ।   आजकल ढिकुरे पोखरीका माइला बाले सोध्ने गर्छन्, ‘हैन ए जेठा पहिले–पहिले छेपारोले रुप फेरेजस्तै नाम फेर्थिस् । आजकल त रुप र विचार नै फेर्न थालिस् त के भाको हो ? ढिकुरे काकाले छविलालसँग कुरा त राखे तर जवाफ भए पो दिनु । घोसेमुण्टो लगाएर बसेको छ, छविलाल । बोल्न पनि आँट नै छैन । ९५ वर्षले खाइसकेका माइला बा बरु टोलै थर्किने आवाजले बोल्न सक्छन्, सोध्न सक्छन् ? किनकि, माइला बालाई ढिकुर पोखरीको निकै मायाले सताउँछ रे ?   त्यही भएर कहिलेकाहीँ ढिकुर पोखरीको पल्ला गाउँमा उत्तरतिरका छिमेकी आएर काल्ला तास्दा माइला काका आँगनको डिलमा बसेर घोक्रो फुट्नेगरी कराउँदै टिलिक्क टल्कने भोजपुरे खुकुरी तेस्र्याउँछन् रे अझै पनि । तर, कहिले कल्याण, कहिले विश्वास र कहिले निर्माणको नाम फेर्दै हिँडेका छविलालले राष्ट्रियता संकट परे पनि लठ्ठी पनि तेस्र्याउने आँट गरेका छैनन् । त्यही भएर आजकल ढिकुरे माइला बाले पत्याउन छाडिसकेँ भन्छन् ।   आजकल खोप्लाङका भट्टराई हुन् कि गौरका ब्राह्मण नेपाल हुन् । कसैलाई पनि राष्ट्रको माया देखिएको छैन । अशोकग्राममा देउवा, साँखेजुंगका खनालर इवा तेह्रथुमका ओलीको त कुरै नगरौं । सत्ताका लागि लिसो जस्तै टाँसिएर बस्छन् । देश बनाउछु, जनताको मन जित्छु भनेर संघर्ष गरेका यी ब्राह्मणहरुले आफूले लगाएको धोती फुस्काएर लंगौटी पो देखाइदिए ।   गोरुलाई धोएर गाई बन्ने भए त यिनीहरुले मज्जाले भारतमा उत्पादन भएको हररर बास्ना आउने स्याम्पुले लेपेर भए पनि धोएर भए पनि गाई बनाइदिन्थे । तर, यी पाँच पाण्डवबाट आश गर्नु नै बेकार छ । ४६ सालसम्म मण्डलेले लुट्नु लुटेका थिए । अहिले यी पाण्डवरुपी मण्डलेहरुले देश नै खोक्रो पारिसके । छिमेकीले सांस्कृतिक हस्तक्षेप गरोस् कि सिमानामा कोदाली लगायोस् चुँसम्म पनि गर्दैनन् । आँट र हिम्मत नभएपछि छेपारोले रङ फेरेजस्तो फेर्न यिनीहरुलाई के फरक पर्छ र ? आफूलाई राजा ठान्ने जनतालाई दास मान्ने प्रवृत्तिबाट उठ्न नसकेर आफ्नै राष्ट्रियतामाथि बडो गज्जवले सामूहिक ‘बलात्कार’ पो गरिरहेका छन् ।   सुस्तादेखि लिम्पियाधुरा पुगोस् कि कपिलवस्तुदेखि मिथिलासम्म माटो धर्धरी रोइरहेको छ । तर, यिनलाई त्यसको माया नै छैन । महाभारतमा कौरवसँग लडेका पाण्डवहरुको इतिहासभन्दा कलियुगका यी पाण्डवले पो इतिहास बनाउलान् जस्तो । आफ्नै धर्तीमाथि धावा बोल्नेसँग अंकमाल गरेर नर्तकीहरुसँग रमाइरहेका छन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ भन्ने कुरा त यिनीहरुलाई थाहा नै छैन । मातृभूमिमाथि नांगो नाच र बलात्कार हुँदा पनि पाण्डवहरु निरीह भएर दर्शक बनिरहेका छन् । बरु छिमेकीले मातृभूमिमाथि बलात्कार गरिरहँदा व्यक्तिगत स्वार्थमा लागेर सहयोगीको भूमिका पो निर्वाह गरिरहेका छन् ।   ढिकुर पोखरीका माइला बाले त्यसै बनेका हुन् र ? हिजो नाममात्र फेर्थे अहिले त रुप नै फेरे । विचार नै फेरे ।‘म आगो सहन्छु, अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न’ भन्ने कुरालाई भुुसुक्कै बिर्सिसकेका छन् । बरु अहिले त, ‘म आगो सहन्छु, न्याय सहन्न, बलात्कार सहन्छु, राष्ट्रियता सहन्न’ भन्न पो थालिसके छ । कलियुगका पाँच पाण्डवका कारण अहिले फिरंगीहरुले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । सिमाना मिचिरहेका छन् । संस्कृति, सम्पदामाथि बलात्कार गरिहेका छन् । तर पनि फिरंगीको भाङ खाएर दंग परिरहेका छन् ।   फिरंगीहरुको लोभमा फसेर आफ्नै राष्ट्रियतामाथि पटक–पटक बलात्कार गरिरहेका छन् पाण्डवहरुले । मातृभूमिमाथि संकट पर्दा अरु चिज छाडेर भए पनि एक ढिक्का हुनुपर्ने पाण्डवहरु तित्तरवित्तर भएका छन् । आफ्नो गोप्य अंगहरु फिरंगीलाई साटिरहेका छन् र त राष्ट्रियतामाथि आफैंले बलात्कार गरेर रमाइरहेका छन् ।   भ्रष्टाचार रमाउँदै फिरंगीहरुसँगकै मिलेमतोमा देश र जनतालाई बन्धक बनाएर नागरिक बेच्दै राष्ट्रमाथि बलात्कार गर्दै ह्वीस्कीको चुक्कीमा रमाउँदै छन् । सायद यी पाण्डुहरुलाई पुर्खाले त धिक्कार्दै छन् । भावी पुस्तालेसमेत सराप्ने छन् । ‘लेण्डुप’हरुले माटो बेचिरहेका छन्, थाहा छैन कुन दिन देश बेचिदिने छन् । पशुपतिनाथले पक्कै पनि यी लेण्डुपहरुको गोवर भरिएको मथिंगलमा बुद्धि भरिदिने छन् र मात्र महसुस गर्ने छन्– ए हामीले त साँच्चै राष्ट्रियतामाथि पो बलात्कार गरिरहेका रहेछौं ।   समय बितिसकेको छ । न त संसद् भएको महसुस छ ? न त सरकार भएको महसुस गर्न सकिएको छ । अहिले त केवल राष्ट्रियतामाथि भएको बलात्कारको बाछिटामात्र देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP