Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #जेनजी_प्रदर्शन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • साधुसन्तका लागि २४ लाख विनियोजन
साधुसन्तका लागि २४ लाख विनियोजन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ६, २०७६
पशुपतिमा साधुसन्त
Hardik health
काठमाडौं– गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न २४ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइस्वरूप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ । पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने परम्परा रहेको संस्थान गोश्वारा कार्यालय पशुपतिका प्रमुख उमा आचार्यले जनाएका छन् । साधुसन्तले आआफ्नो सम्प्रदायअनुसार अखडामा बस्ने गरेका छन् । दुई हजारभन्दा बढी साधुसन्त पशुपतिमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ७ फागुन एकादशीदेखि साधुसन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने संस्थानले जनाएको छ । औंसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै साधुसन्त बस्न पाउने परम्परा छ । साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको संकल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा पनि रही आएको छ । यस वर्ष एकादशीका दिन बिहान सवा १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गर्ने कार्यक्रम तय भएको पशुपति गोश्वारा कार्यालय प्रमुख आचार्यले बताए । संकल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणा रहेको हुन्छ । संकल्प गरिएको सामग्री मूल साधुलाई दिइने गरिएको छ । यस वर्षको मूल साधु पनि एकादशीकै दिन तय हुने संस्थानले जनाएको छ । यसबाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गर्छ । कोष स्थापना हुनुअघि संस्थानले सबै व्यवस्था गर्ने गरेको थियो । प्रत्येक वर्ष महाशिवरात्रिमा पशुपतिमा भक्तजनको सख्या बढ्न थालेपछि स्थापनासँगै कोषले पनि साधुसन्तका लागि धुनी, खाना र बिदाइमा बजेट विनियोजन गर्न थालेको हो । यस्तै, कोषले यस वर्षको महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर भव्य रूपमा मनाउने तयारी गरेको छ । महाशिवरात्रि मनाउन कोष सञ्चालक परिषद् अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिअन्तर्गत ११ उपसमिति पनि गठन भएको छ । यसवर्ष महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन आज मंगलबार बिहान पशुपतिबाट तिलगंगा–एयरपोर्ट–तीनकुने–नयाँबानेश्वर–बिजुलीबजार हुँदै बबरमहलबाट माइतीघर मण्डलासम्म शोभायात्रा निकालिँदै छ । शोभा यात्रामा मूल समारोह समितिको अध्यक्ष रहेका मन्त्री भट्टराई, सांसदलगायत सहभागी हुने भएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
गैरआवासीय नेपाली संघकाे गम्भीर चिन्ता व्यक्त
गैरआवासीय नेपाली संघकाे गम्भीर चिन्ता व्यक्त बिहीबार, भदौ २६, २०८२
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP