Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सिकाइ केन्द्रित रूपान्तरण अबको आवश्यकताः शिक्षामन्त्री
सिकाइ केन्द्रित रूपान्तरण अबको आवश्यकताः शिक्षामन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ६, २०७६
IMG_1404
Hardik health
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेलले शिक्षा क्षेत्रमा सिकाइ केन्द्रित रूपान्तरण गर्नु अबको आवश्यकता भएको बताएका छन् । शिक्षा पत्रकार समूहले आफ्नो २० औँ वार्षिक साधारणसभाका अवसरमा सोमबार आयोजित कार्यक्रममा शिक्षामन्त्री पोखरेलले संविधानको मौलिक हकमा शिक्षा विषय समावेश, नयाँ शिक्षा नीति जारी र नयाँ कानूनको निर्माण हुनुले शैक्षिक रूपान्तरणको बाटो तय गरेकाले अब स्थानीय तह र शिक्षक तथा समुदायले सक्रिय जिम्मेवारी बहन गर्नुपर्ने बताए । प्रविधि र सुशासनलाई जोड दिँदै सिकाइ केन्द्रित रूपान्तरण अबको आवश्यकता हो मन्त्री पोखरेलले भने, ‘शिक्षाले दिनुपर्ने ज्ञान, सीप र चरित्र निर्माणका लागि अभिभावकहरूले पनि आफ्नो तर्फबाट रूपान्तरणका लागि हस्तक्षेप गर्न आवश्यक छ’ उनले भने, ‘गुणस्तरका नाममा अंग्रेजी भाषा सिकाउँ तर नेपाली बिगार्न पाइँदैन ।’ उनले शिक्षाका सबै मुद्धाहरू पत्रकारिताका माध्यमबाट उजागर भएको जनाउँदै शिक्षामा पछिल्लो समयमा भएका शिक्षाका ठूला ठूला परिवर्तनलाई स्थान दिन आग्रह गरे । मन्त्री पोखरेलले विद्यालय शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा तथा उच्चशिक्षासम्बन्धी अलगअलग संघीय शिक्षा ऐन ल्याउने तयारी गरिएको जानकारी दिए । उनले सञ्चारमाध्यममा राजनीतिक विषय हावी भएको स्थितिमा शिक्षाका समाचारलाई प्राथमिकता दिलाउन सञ्चारकमीको भूमिका रहेको उल्लेख गर्दै हरेक स्थानीय तहमा भएका शिक्षाका असल अभ्यासलाई नेपाली समाजको मूल प्रवृत्ति बनाउनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले नकारात्मक पत्रकारिता मूलधार नबनोस् भन्दै समाज र देश निर्माण गर्न पत्रकारिताको योगदान हुनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्यि आकांक्षासहित शिक्षामा २५ वर्षे दीर्घकालीन सुधारको खाका तयार गरिएको जनाए । शिक्षाविद् केदारभक्त माथेमाले शिक्षामा समुदायको अपनत्व स्थापित गर्नुपर्नेमा जोड दिए । अर्का शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षक र विद्यार्थी दलीय आधारमा नभई रूपान्तरणका लागि स्पष्ट भएर जागरुक हुनुपर्ने बताए । कार्यक्रममा सार्वजनिक शिक्षाको रूपान्तरणमा सक्रिय शिक्षाकर्मी र शिक्षा पत्रकारलाई सम्मानित र पुरस्कृत गरिएको थियो । समूहले काठमाडौंको नीलबाराही माविका प्रधानाध्यापक डा जानुका पौडेल नेपाल, बाँकेको सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारु र रूपन्देहीस्थित कान्तिपुर दैनिकका समाचारदाता अमृता अनमोललाई सम्मान गरेको हो । कार्यक्रममा पौडेल र थारुलाई उनीहरूले शिक्षा क्षेत्रमा दिएको योगदानका लागि सम्मान तथा पत्रकार अनमोललाई २५ हजार राशिको तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरियो । समूहका तत्कालीन कार्यसमिति सदस्य भुसानको तीन वर्षअघि नवलपरासीको सवारी दुर्घटनामा निधन भएको थियो । सम्मानित व्यक्तित्व नेपालले आफूले २०६२ कार्यरत विद्यालयमा प्रधानाध्यापक हुँदा पूर्वाधार अभाव र सय जना मात्र विद्यार्थी रहेकामा हाल उचित वातावरण निर्माणसहित विद्यार्थी संख्या र गुणस्तर वृद्धि भएको बताए । कार्यक्रममा समूहले प्रकाशन गरेको ‘विद्यालयमा माध्यमभाषा’ नामक पुस्तकको विमोचन गरिएको थियो । समूहका अध्यक्ष रोश्ना सुब्बाका अनुसार जारी अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP