Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कैलाश विकास बैंकले किर्ते गरेको भन्दै कँडेल मिडियामा
कैलाश विकास बैंकले किर्ते गरेको भन्दै कँडेल मिडियामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ६, २०७६
dipendra kandel
Hardik health
काठमाडौं–पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते गरी पत्रिकामा नाम प्रकाशित गर्न अन्तिम चरणमा पुग्दै गर्दा कँडेल आफैँले घट्नाको पर्दाफास गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो परिवारको सामाजिक प्रतिष्ठामाथि नै आँच पुर्याउने गलत उद्देश्यका साथ यस्तो हर्कत अपनाएको दाबी गरे । उनले भने,‘मेरो बुवा आफैँ पनि ऋण तथा असुली न्यायाधिकरणका न्यायाधीशको रूपमा कार्यरत हुनुहुन्थ्यो, र, उहाँले आफ्नो गृहजिल्ला स्याङ्जामा पनि विभिन्न वित्तिय संस्था तथा हाल प्रभु बैंक रहेको तत्कालिन गौरीशंकर विकास बैंकसमेत खोल्न निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । त्यो बैंकको त उहाँ आफैं प्रथम महाप्रबन्धक हुनुहुन्थ्यो । अहिले बुवा स्वर्गवास हुनुभयो, उहाँको निधनपछि अहिले यस्तो प्रपञ्च रचिएको मलाई भान हुन थालेको छ । यसको पछाडि उहाँहरूको अरु भित्री के उद्देश्य छ ? त्यो त मलाई थाहा छैन् । तर, म अन्याय र अत्याचारको विरुद्धमा कुनैपनि सम्झौता गर्दिन । आजबाट गलत र कुत्सित मनशाय बोक्ने कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाविरुद्धको लडाई सुरु भयो ।’ उनले आमा लिला कँडेलले लिएको ऋणको किस्ता यसअघि समयमै तिर्दै आईरहेको अवस्थामा बुवाको निधनपछिको किस्ता चलाउन केही कठिनाई भएको कुरा पनि आफ्नो परिवारले बैंकलाई स्पष्ट रूपमा भनिएको जानकारी दिए । उनले भने,‘मेरो आमाले बैंकलाई समयमै किस्ता तिर्दै आउनुभएको थियो । बुवाको निधनपछि किस्ता चलाउन केही समस्या भएको कुरा उहाँले बैंकलाई स्पष्ट रूपमा जानकारी गराउनुभएको थियो ।’ उनले बैंकले आमाको नाममा प्रेषित गरेका चार वटा पत्रमा बेग्ला बेग्लै ठेगाना र आमाको हस्ताक्षरसमेत किर्ते गरेको दाबी गरे । उनले भने,‘बैंकले यतिसम्म पनि गर्दोरहेछ भन्ने कुरा हामीले प्रत्यक्ष रूपमा भोग्यौं । म आफू नै ग्यारेन्टर हुँदापनि अहिलेसम्म कुनैपनि पत्र र त्यसम्बन्धी कुनैपनि विद्युतीय सन्देश (ईमेल) मलाई प्रेषित गरिएन । तर, जब एकैपटक भित्री सूत्रबाट नाम निकाल्नको लागि बैंक अघि बढेको भन्ने जानकारी पाएँ, त्यसपछि मात्रै मैले केन्द्रीय कार्यालय गएर यो एकैपटक पत्रिकामा सूचना प्रकाशित हुँदैछ भन्ने समाचारको आधार मागेको थिएँ ।’ बैंकले किस्ता समयमा नआए कुनैपनि आफ्नो प्रक्रियामा गएर ऋण लिँदाको सम्झौताअनुसार कारवाही गर्न सक्ने बताए । उनले बैंक तथा वित्तिय संस्थाबाट हुने यस्ता खाले प्रपञ्च र गलत कार्यको डटेर सामना गर्नुपर्ने र आम जनतासामू ती क्रियाकलापहरू भण्डाफोर गर्नुपर्ने धारणा राखे । उनले बैंक तथा वित्तिय संस्थाबाट अत्याचार र अन्याय भएको भए नसहन आग्रह गरेका छन् । उनले उक्त किर्ते घट्नामा संलग्न सम्पूर्ण बैंक कर्मचारीलाई कानूनको कठघरामा उभ्याएरै छोड्ने उद्घोषसमेत गरे । कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले पठाएको पत्रका बारेमा बैंकको केन्द्रिय कार्यालयले कुनै जाँचबुझ नगरी सिधै ग्राहकको मानमर्दन हुनेगरि पत्रिकामा निकाल्छु भन्नुले यो घट्नामा शाखाको मात्रै दोष नभएर यसमा केन्द्रिय कार्यालय पनि संलग्न देखिएको कँडेलको दाबी छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP