Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘आदिपुरुष’ले काठमाडौं महानगरमा ‘महाभारत’
‘आदिपुरुष’ले काठमाडौं महानगरमा ‘महाभारत’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ४, २०८०
Balen_aadipurus
Hardik health
-आजबाट काठमाडौं महानगरका कुनै पनि हलमा आदिपुरुषमात्र हैन हिन्दी फिल्म नै चल्न नदिने मेयर बालेनको उद्घोष -यहीबीचमा फिल्मका पटकथा लेखक मनोजले नेपाल सन् १९०३÷४ अघि भारतकै भूमि रहेको र त्यसपछि अलग भएको भन्ने मिथ्या तर्क पेस गर्दै आगोमा घिउ थप्ने काम गरेका छन् - फिल्म उत्पादक कम्पनीकी सहायक पब्लिक रिलेसन म्यानेजर राधा दासले हस्ताक्षर गरेका पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको उल्लेख गर्दै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न आग्रह गरिएको छ
काठमाडौं - देशमा केही दिनअघि भारतीय मुर्रा राँगाको चर्चा थियो । मुर्राको प्रसंग सेलाउन नपाउँदै ओम राउत निर्देशित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ले तहल्का मच्चाइरहेको छ । प्रभास र कृति सेनन स्टारर फिल्ममा सीतालाई ‘भारतके लड्की’ भन्ने शब्द प्रयोग गरेकै कारण काठमाडौं तातेको छ । काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहले त फिल्म हलहरुमा आउनु अघिल्लो दिन नै फिल्म चल्न नदिने चेतावनी दिएका थिए ।   जेठ मसान्तमा बालेनको चेतावनीपछि शुक्रबार बिहानको शो चल्न सकेन । दिउँसोबाट भने उक्त फिल्मका शोहरु खुले । असार १ र २ गते गरी आदिपुरुषले नेपालबाट एक करोड ५० लाख रुपैयाँ ‘ग्रस कलेक्सन’ गरिसकेको छ ।   आज (सोमबार)बाट काठमाडौं महानगरका कुनै पनि हलमा आदिपुरुषमात्र हैन हिन्दी फिल्म नै चल्न नदिने उद्घोष मेयर बालेनले गरेका छन् । बालेनले काठमाडौंमा रहेका १७ वटै सिनेमा हलमा आइतबारै नगर प्रहरी पठाएर सिनेमा प्रदर्शन नगर्न आग्रह गरिसकेका छन् । सोमबार सबै हलमा प्रदर्शनको अनुगमनसमेत हुने महानगरले जनाएको छ ।   अधिकार क्षेत्र मिच्दै बालेन ! बालेनले काठमाडौं महानगरमा हिन्दी फिल्ममाथि रोक लगाएका छन् । ‘नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन,’ बालेनले भनेका छन् ।   मेयर बालेनले संविधानको धारा ५ र ५६ को उपधारा (६० बमोजिम महानगरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपालका अरु हलहरु पनि संवेदनशील हुनुपर्ने तर्क राखेका छन् । ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ ।   उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले थप भनेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतको चलचित्र प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित हुन्छ । यो मर्ममाथिको प्रहारप्रति सबै संवेदनशील हुन आवश्यक छ ।’   संविधानको अनुसूची ७ मा चलचित्रसम्बन्धी अधिकार संघ र प्रदेशलाई दिइएको छ । संघ र प्रदेशको साझा अधिकारको सूचीमा चलचित्र, सिनेमा हल, खेलकुदलाई एकैसाथ राखिएको छ । यसैगरी अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची उल्लेख गरिएको छ । जसमा स्थानीय तहलाई कर उठाउनमात्र अधिकार दिइएको छ ।   यसरी सबै हिन्दी फिल्म बन्द गरौं भन्दा सन्देश गलत जानसक्ने चलचित्रका नायक दीपकराज गिरी बताउँछन् । ‘समस्या आदिपुरूषले निकालेको हो । त्यसैले आदिपुरुषमात्रै बन्द गरौं ! उताबाट आउने सबै फिÞल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उताबाट त धेरै कुरा आउँछ,’ नायक गिरीले भनेका छन् ।   चलचित्र निर्देशक दीपेन्द्र लामा आदिपुरुषको विषयमा विवाद गरिरहनुपर्ने आवश्यक नै नरहेको बताउँछन् । ‘राजा जनकको विदेह राज्य अहिले भारत र नेपाल दुवैतिर पर्छ । त्यसैले सीतालाई भारतले पनि आफ्नो भन्न पाउँछ । र, अर्को कुरा, हामीकहाँ बुहारीलाई पनि छोरी नै भन्ने चलन छ । सीता अयोध्याकी बुहारी हुन्,’ निर्देशक लामाले भनेका छन् ।   बालेनको रोकपछि यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति निकाल्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रवक्ता विशाल सापकोटाले जारी गरेको विज्ञप्तिमा जेठ ३१ गते नै उक्त संवाद हटाइ जाँच पास गरेको उल्लेख गरिएको छ ।   ‘केन्द्रीय चलचित्र जाँच समितिले मिति २०५० जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाउन लगाई सोपश्चात् मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो,’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नुपूर्व नै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाईएका आपत्तिका विषयहरूमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ यद्यपि विज्ञप्तिमा फिल्म चलाउन दिनु वा नदिनु भन्ने विषयमा भने केही उल्लेख गरिएको छैन ।   आगोमा घिउ थप्दै पटकथाकार हुन त आदिपुरुषको विरोध नेपालमा भन्दा बढी विरोध भारतमा भइरहेको छ । कारण– श्रीराम, हनुमान र सीतालाई होच्याइएको संवाद । अझ रामायणका कतिपय विषय नै तोडमोड गरेको भन्दै भारतमा हिन्दूहरुले कटु आलोचना गरेका छन् । आलोचकहरुले पटकथा लेखक मनोज मुंतशिरको पूत्ला बनाएर सांकेतिकरुपमा रुखमा फाँसी चढाइएको र मुखमा जुत्ता हानेका समाचारहरु आइरहेका छन् ।     नेपालमा भने केन्द्रीय चलचित्र जाँच समितिले जेठ ३१ गते नै कैंची चलाएर प्रदर्शनमा आएको आदिपुरुषमाथि सीताको विषयलाई लिएर विरोध सुरु भएको हो । यसअघि खासै चर्चामा नआए पनि बालेनले फिल्मबाट ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्य नहटेसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिने भन्दै तीनदिने अल्टिमेटम दिए । उनको अल्टिमेटमअघि नै उक्त वाक्यमा ‘म्युट’ लगाइएको थियो । काठमाडौंदेखि नेपालभर तीन दिन आदिपुरुष चल्यो ।   यही बीचमा शनिबार फिल्मका पटकथा लेखक मनोजले विवादित बयान दिए । मनोजले नेपाल सन् १९०३÷४ अघि भारतकै भूमि रहेको र त्यसपछि अलग भएको भन्ने मिथ्या तर्क पेस गर्दै आगोमा घिउ थप्ने काम गरे । आजतकसँगको अन्तर्वार्तामा उनले सीताको जन्मबारे नेपालले भइहेको विरोधको बारेमा बुझ्न नसकेको उल्लेख गर्दै नेपाल भारतकै हिस्सा भएको बताउन भ्याए ।   ‘नेपालमा भइरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतकै हिस्सा थियो । सन् १९०३ वा ४ को कुरा हो, त्यसबखत नेपाल भारतबाट अलग भएको हो,’ मनोजले भनेका छन् । उनले यति भनेपछि मेयर बालेनलाई पनि के चाहियो । आजबाट काठमाडौं महानगरका कुनै हलमा फिल्म चल्न नदिने घोषणा गरे ।   सुपर क्यासेट्सले पठायो पत्र यता भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिजले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई आइतबार अबेर पत्र पठाएर चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभई सम्पूर्ण भारतीय नारीहरुको स्वाभिमानलाई प्रतिनिधित्व गरेको उल्लेख गरेको छ ।   कम्पनीकी सहायक पब्लिक रिलेसन म्यानेजर राधा दासले हस्ताक्षर गरेका पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महŒवका साथ हेर्ने गरेको उल्लेख गर्दै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न भनिएको छ । ‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पु¥याएको भए माफी चाहन्छौं, कसैको सौहाद्रतामा खलल पु¥याउने हाम्रो कुनै पनि चाहना वा नियोजित कार्य थिएन,’ पत्रमा भनिएको छ ।   ‘चलचित्रमा प्रभासले निभाएको चरित्र श्री राघवले बोलेको ‘आज मेरे लिए मत लड्न, उस दिन के लिए लड्ना जब भारत कि किसि बेटी पर हात डाल्ने से पेहेले दूराचारी तुमहारा पौरुष याद कर्के थ्रा उठेका’ को सम्बन्ध माता सीताको जन्मभूमिसँग सम्बन्धित नभएको तर भारतका सबै महिलाहरुको स्वाभिमानलाई जनाउने रुपमा प्रयोग गरिएको हो,’ पत्रमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP