Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
प्रवास
  • Home
  • प्रवास
  • मिचिएको भूमि र विवादित भूमि सम्बन्धि कूटनीति पहल सुरु
मिचिएको भूमि र विवादित भूमि सम्बन्धि कूटनीति पहल सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ५, २०७६
NK_Darchula-7587
RBB RBB
दार्चुला–उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले आफ्नो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा राखेपछि नेपाल सरकारले कूटनीति पहल थालेको जानकारी गराएका छन् । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै सो जानकारी गराएका हुन् । उनले भूमि अतिक्रमण सह्य नहुने भन्दै नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताएका छन् । उनले भूमि अतिक्रमण सह्य नहुने जनाउँदै आफ्नो भूमि अरूलाई एक इन्च पनि नछोड्ने र अरूको भूमि पनि एक इन्च नलिने बताए । भारतले मिचेको क्षेत्रको व्यास गाउँपालिकाको कालापानी क्षेत्र भ्रमणमा निस्कन लागेको भन्दै उनले सरकारले मिचिएको भूमि र विवादित भूमिको छिनोफानो गर्ने जनाए । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नेपालका सबै राजनीतिक दलको साझा एजेन्डा रहेकोसमेत जनाए । उनले विसं २०६४÷६५ देखि निर्माण शुरु भएको व्यासको तिब्बत जोड्ने निर्माणाधीन तिङ्कर सडकलाई नेपाली सेनामार्फत सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । झण्डै ११ वर्षअघिबाट निर्माण शुरु भएको तिङ्कर सडकखण्डअन्तर्गत खलङ्गादेखि माथि ४० किलोमिटर क्षेत्रफल मात्रै ट्र्याक खुलेको छ । महाकाली करिडोरअन्तर्गत राखिएको सो सडकको कूल लम्बाइ ४२५ किलोमिटर छ । कञ्चनपुरको ब्रह्मदेवदेखि तिङ्करसम्मको विभिन्न खण्डमा कूल १२५ किलोमिटर सडकको ट्याक खुलेको दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ । दार्चुला तिङ्कर सडकको व्यास गाउँपालिका सुनसेराभन्दा माथिल्लो तिङ्कर भञ्जाङसम्मको झण्डै ८७ किलोमिटर सडकको ट्र्याक खोल्न नेपाली सेनालाई दिने तयारी थालिएको हो । उनले दार्चुलाको व्यास कालापानी क्षेत्रमा सशस्त्र प्रहरी राख्ने विषयमा समेत भूगोलको निरीक्षण गरिने बताए । अहिले नेपाल, भारत र चीनसँग सीमा जोडिएका सबै क्षेत्रमा सुरक्षाकर्मी थप्ने काम भइरहेको जनाउँदै दार्चुलाको तिङ्करमा पनि छिट्टै सुरक्षाकर्मीको पोष्ट स्थापना हुने बताए । सीमाको रक्षाको विषयमा वर्तमान सरकार स्पष्ट रहेकाले राष्ट्रको स्वाभिमान गुम्न नदिने बताए ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह
गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह बुधबार, वैशाख ३१, २०८२
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह बुधबार, वैशाख ३१, २०८२
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP