Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘काठमाडौं महानगरपालिकाले सर्वोच्चको फैसला अपव्याख्या गर्याे’
‘काठमाडौं महानगरपालिकाले सर्वोच्चको फैसला अपव्याख्या गर्याे’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ५, २०७६
signage association nepal
Hardik health
काठमाडौं–साइनेज एसोसियसन नेपालले काठमाडौं महानगरपालिकाले आफैँ बनाएको मापदण्डभित्र रहेका र दर्ता भएका तर सार्वजनिक क्षेत्रमा नरहेका व्यवस्थित् डिजिटल ग्लो–साईन विज्ञापन बोर्ड तथा वाल ए.सि.पि. स्टिकर बोर्ड तोडफोड र व्यक्तिका निजी घरका वालहरूमा क्षति पुर्याउने काम तत्काल बन्द गर्न माग गरेको छ । कामनपाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनबारे भ्रम छरेको पनि उसको आरोप छ । आईतबार पत्रकार सम्मेलन गर्दै साइनेज एसोसियसन नेपालले यस्तो माग गरेको हो । महानगरपालिकाद्वारा मापदण्ड भित्र रही कर लिएर पनि विज्ञापनहरू तोडफोड गरि लाखांै करोडौं नोक्सनी पुर्याइएकोले तुरुन्त क्षतिपुर्ति दिलाईनुपर्ने माग गरेको छ । अदालतले भनेबमोजिम सम्पूर्ण सार्बजनिक स्थानलगायत रोड डिभाइडर, फूटपाथ, बिजुली, सोलार पोल आदिका विज्ञापन होर्डिङबोर्ड, पर्चा, पाम्प्लेट तुरुन्त हटाईनुपर्ने, महानगरपालिकाले अदालतको परमादेसको तथा गृह मन्त्रालयसहित सबै सरोकारवालाको आदेशको भावना र मर्मअनुसार कानुनसम्मत सबै नागरिकले विज्ञापनको काम तथा ब्यवसाय गर्न पाउने स्पष्ट र बैज्ञानिक नीति, नियम, मापदन्ड र निर्देशिका बनाउन पहल गरिनुपर्ने, हाम्रो पेशासँग सम्बन्धित नीतिहरू बनाउनु अगाडि बिज्ञताको हिसाबले बिज्ञ एवं ब्यवसायीहरूको पनि राय, सुझाब र सल्लाह लिनेदिने गरिनुपर्ने पनि माग छ । त्यस्तै महानगरपालिकाद्वारा कर लिई सकेपछि ब्यवसायीक सुरक्षा कायमगर्दै संबिधानले दिएको सम्मानपुर्वक ब्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने माग समेत साइनेज एसोसियसन नेपालले अघि सारेको छ । त्यस्तै, बि.टी.एल. तथा आउटडोर विज्ञापनलाई उद्योगको मान्यता दिई छुट्टै कानुन र नीतिहरू बनाईनुपर्ने, र यदि अदालत आदेशको बाहना बनाई गलत ब्याख्या र चलखेलगरि नगरपालिकाका केही स्वार्थी तत्वहरूले बि.टी.एल. तथा आउटडोर विज्ञापनलाई पनि सिन्डीगेट लगाउन खोजेको हो भने लाखौ मजदुरको रोजगारी, ब्यवसायीको लगानी र रोजिरोटीको ग्यारेन्टिगरी अन्यत्र उचित ब्यबस्थापन गरिनुपर्ने थप माग गरिएको छ । कार्यक्रममा सर्वोच्च अदालतमा विज्ञापन हटाउन रिट दायर गर्ने व्यक्ति तथा बरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठले अदालतको आदेश एक र काम गराई अलग बनाउनको लागि काठमाडौं महानगरपालिकाले चलखेल गरेको टिप्पणी गरे । महानगर आफैँले आफ्नो मापदण्डअनुसार विज्ञापन बोर्ड दर्ता गरेर र सोहीअनुसार कर लिएको उल्लेख गरेको उनले बताए । श्रेष्ठले आफुले अदालतमा दिएको मुद्दाले सम्पूर्ण मापडण्डअनुसार राखिएको होर्डिङबोडलाई कुनैपनि असर नपर्ने गरी मुद्दा दर्ता गराएको स्पष्ट पारे । मापडण्ड विपरितको होर्डिङबोर्ड, पोस्टर, भित्तेलेखनले शहरनै फोहार भएको उनको भनाई छ । त्यतिमात्रै होईन, यसका कारण पर्यटकहरू निकै निराश समेत भएको उनको भनाइ थियो । वि.स २०६८ सालमा बनेको ऐन अझसम्म कार्यान्यनमा नआएको समेत उनले गुनासो पोखे । शहर भिज्वल प्रदुषणको सिकार भएकोमा उनले कामपाको ध्यानाकर्षण गराए । माइतीघरदेखि तीनकुनेसम्म रहेको ऐनसेल लगायतका विभिन्न (विजुली तथा सोलार) बोर्डका कारण भिज्वल प्रदुषण भएको उनको भनाई छ । अहिलेसम्म सरकारले विज्ञापन ऐन बनाउन नसकेको उनको गुनासो थियो । शहरलाई सफा गर्न विज्ञापन ऐनलाई कार्यान्यनमा ल्याउन जरुरी रहेको उनले बताए । कार्यक्रममा अर्का अधिवक्ता स्वागत नेपालले अदातलको फैसलालाई आफूहरूले सम्मान गरेको बताए । अनधिकृत ढंगले लगाइएको होर्डिङबोर्ड, भित्तेलेखन, फ्लेक्स ब्यानर प्रिन्टले शहर नै फोहोर भएको उनको टिप्पणी छ । उनले मापडण्डअनुसार संसारभरि होर्डिङबोड राख्ने प्रावधान रहेको बताए । मापडण्डविपरित रहेको होर्डिङबोड, पोस्टर, भित्ते लेखनजस्ता शहरलाई फोहोर पार्ने कुराहरूलाई किन का.म.न.पाले व्यवस्थित गर्न सकेको छैन भन्दै कामपाको ध्यानाकर्षण गराए । करसमेत तिरेको व्यवसायीहरूको होर्डिङबोर्ड हटाएकोमा कामपानाप्रति अधिवक्ता नेपालको आपत्ति छ । कामनपाले भ्रष्टचारको सीमा नाघेको समेत उनले गम्भिर आरोप लगाए । होर्डिङबोर्डहरूलाई व्यवस्थित ढंगले राख्ने गरी काम कामनपाले गर्न जरुरी रहेको उनको सुझाव छ । कार्यक्रममा साइनेज एसोसियसन नेपालका संयोजक कृष्ण गिरीले सर्वोच्च अदालतको फैसलाको गलत व्याख्या गर्दै सिमित व्यक्ति पोस्नको लागि महानगरपालिका केही कर्मचारीहरू लागिपरेको आरोप लगाएका छन् । कार्यक्रममा साईनेज एसोसिएसन नेपालका कोषाध्यक्ष अनन्त गौतमले महानगरपालिकाले अदालतको परमादेसको तथा गृहमन्त्रालय सहित सबै सरोकारवालाको आदेशको भावना र मर्मअनुसार कानुनसम्मत सबै नागरिकले विज्ञापनको काम तथा ब्यवसाय गर्न पाउने स्पष्ट र बैज्ञानिक नीति तथा नियम, मापदण्ड र निर्देशिका बनाउन पहल गर्नुपर्ने माग गरे ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP