Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कृषि करार सेवामा कार्यकर्ता भर्ना तत्काल बन्द गर्न माग
कृषि करार सेवामा कार्यकर्ता भर्ना तत्काल बन्द गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ५, २०७६
Hardik health
काठमाडौं–कृषि विज्ञान लोकसेवा अध्ययनरत प्राविधिकहरूले करार सेवालाई पारदर्शी बनाउनुपर्ने र प्रदेश लोकसेवा आयोगले परीक्षा लिनुपर्ने माग गरेका छन् । करार सेवालाई अहिलेसम्म राजनीतिक पूर्वाग्रहीको आधारमा आफ्ना नातेदार तथा कार्यकर्ताहरूको भर्ती केन्द्र बनाईएको विद्यार्थीहरूको गम्भिर आरोप छ । उनीहरूले नयाँ करार सेवामा राजनीतिक नियुक्ती तत्काल बन्द गर्नुपर्ने पनि माग गरेका छन् । आइतबार काठमाडौं कृषि प्राविधिक संघर्ष समिति मञ्चले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेका हुन् । कृषि प्राविधिक विज्ञापन संघले खोलेको विज्ञापनको आधारमा झण्डै तीन वर्षपछि खोलिएको लोकसेवा तीन सय वटा पदपूर्ति हुनुपर्नेमा जम्मा तीन वटामात्रै प्रा.श. (पाँचौं) तहमा विज्ञापन भएकोमा पनि उनीहरूले घोर आपत्ति जनाएका छन् । कार्यक्रममा विद्यार्थी विक्रम शाहीले तत्कालको लागि सातवटै प्रदेशले लिएको करार सेवा नियुक्ती प्रदेशअन्तर्गत पारदर्शी ढंगले गर्नुपर्ने माग गरे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत एक खर्ब ९४ करोड २० लाखको दश वर्षे परियोजनामा ग्रामिण क्षेत्रका विद्यार्थी तथा किसानहरू लाभ लिनबाट बञ्चित भएको पनि शाहीको गुनासो छ । उनले निजी कृषि विज्ञानअन्तर्गतका कलेजहरू नाफामुखी शिक्षा प्रदान गर्नमा अभ्यस्त भएको गुनासो पोख्दै नयाँ शैक्षिक सत्रमा शुल्क घटाउनुपर्ने माग गरे । उनले सिटिईभिटीबाट कृषि प्राविधिकमा कलेज सञ्चालन सम्बन्धन दिँदा जिल्लामा आवश्यकत्ता पहिचान गरि दिनुपर्ने माग गरे । कार्यक्रममा अर्का विद्यार्थी रवि लामिछानेले करार नियुक्तीमा सरकारले आफ्ना कार्यकर्तामात्रै भर्ती गराउने गरेकोमा गुनासो पोखे । उनले आगामी दिनमा यसतर्फ सरकारले सचेतता र गम्भिरता अपनाउनुपर्नेतर्फ ध्यानाकार्षण गराए । कार्यक्रममा अर्का विद्यार्थी युनिक घिमिरेले महँगो शुल्क बिएस्सी एजी पढ्नुपरेकोमा गुनासो पोखे । अर्का विद्यार्थी सुमन पराजुलीले आफूहरूको मागप्रति सरकार उदासिन भएको आरोप लगाए । अर्का विद्यार्थी शीतल केसीले सरकारले कृषि प्राविधिकहरूलाई बेलैमा व्यवस्थापन गर्नुपर्ने माग गरे । केसीले आफूहरूलाई सरकारले कुनै विशेष अनुदानको कार्यक्रम ल्याएर रोजगारी दिनुपर्ने समेत तर्क गरे । कार्यक्रममा विद्यार्थीहरू सन्दिप घिमिरे, सुरेश तिवारी, मनोज सुवेदी, समिक्षा केसी, चन्द्रा बस्नेत र मुना बस्नेतले समेत आफ्ना धारणा राखेका थिए । उनीहरूले आफूहरूका माग पूरा गर्न सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा सञ्जालले जारी गरेको विज्ञप्ती भने मनोज सुवेदीले वाचन गरेका थिए । सञ्जालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हाम्रो मुलुकमा स्थानीय तह, प्रदेश र संघ गरी तीन वटै तहको निर्वाचन सम्पन्न भई मूलुक संघीय शासन व्यवस्थामा प्रवेश भएसँगैको अवस्थामा लोकसेवा आयोगपनि प्रदेश तहमा समायोजन हुने प्रक्रियामा छ । त्यसैपनि नेपाल एक कृषि प्रधान देश भएको कुरा सबैलाई सर्वविधितै छ । मूलतः जहाँ समग्र ग्रामिण क्षेत्रको ८० प्रतिशत घरधुरी कृषिमा आत्मनिर्भर हुनुका साथै देशको कुल ६५ प्रतिशत जनसंख्या कृषिमा आधारित छन् । राज्यका विभिन्न निकाय कृषि तथा पशुपन्छी मन्त्रालय, नेपाल कृषि अनुशन्धान परिषद र कृषि प्रतिष्ठान लगायतका सम्बन्धित क्षेत्रमा राज्यलाई कृषि प्राविधिक पदपुर्ति ठूलो संख्यामा आवश्यक हुँदापनि विगत लामो समय झण्डै तीन वर्षदेखि विभिन्न बहाना कहिले राजनीतिक अस्थिरता त कहिले कर्मचारी समायोजनको समस्या देखाई लोकसेवा आयोगको तालिकाअनुरूप विज्ञापन आह्वान नहुँदा झण्डै कृषि सम्बन्धी १०० वटा कलेजबाट २ हजारको संख्यामा कृषि प्राविधिक वार्षिक रूपमा उत्पादन भैरहेका छन् । उक्त जनशक्तिलाई राज्यले रोजगारी सिर्जनाको वातावरण नगर्दा बेरोजगारी समस्या झेल्दा हामी तमाम युवायुवती नचाहेर पनि वैदेशिक रोजगारको लागि विदेशिनुपर्ने बाध्यात्मक परिस्थिति देखिन आएकोले यस्ता समस्या तत्काल अन्त्यका लागि प्रदेशस्तरीय करार सेवा राजनीतिक आधारमा नभई पारदर्शी ढंगले प्रतिष्पर्धा गर्न पाउनुपर्ने दायरा फराकिलो बनाउनुपर्नेछ ।’ विज्ञप्तीमा थप भनिएको छ,‘यसै सिलसिलामा हातमा प्रमाणपत्र लिई लोकसेवा तयारी गरिरहेका साथीहरूको विज्ञापन नखुल्दा उनीहरूको उमेर हदबन्धीका समस्या भएकाले यस्ता समस्याहरूलाई मध्यनजर गरी समाधानका लागि यस विषम परिस्थितिमा तत्काल सरकारको ध्यान जाओस् । उक्त अविलम्ब माग पूरा गर्न हामी यस ज्ञापनपत्र पेश गर्दछौं । अन्यथा हाम्रो मागको सुनुवाई भएन भने हामी लाचार भएका कृषि प्राविधिक संघर्षका कार्यक्रममार्फत आन्दोलन गर्ने जानकारी गराउँदछौँ ।’
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP