Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सीमा विवाद समाधान गर्न भारत तयार छः भाजपा नेता उपाध्याय
सीमा विवाद समाधान गर्न भारत तयार छः भाजपा नेता उपाध्याय
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०७६
Dr.-Dinesh-Upadhyay
Hardik health
काठमाडौं–भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यैपनि तत्पर रहेको स्पष्ट पारेका छन् । शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यायले नेपाल–भारतबीचको सीमा विवाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए । उनले थपे,‘भारतले बंगलादेशसँगको सीमा विवाद त बडो आरामसँग समाधान गर्यो, नेपाल त हाम्रो नजिकको छिमेकी हो । हामी ठूलो हृदय बोकेर यसमा समस्याको समाधानको लागि धर्म पालना गर्छौं ।’ उनले नेपाल र भारतबीच कुनै ठूलो बोर्डर समस्या नभएको पनि जिकिर गरे । उनले भने,‘यदि सानातिना विवाद भए हामी आपसमा बसेर यो समाधान गर्न तत्पर छौँ । यसको लागि निरन्तर सम्वाद जरुरी छ ।’ आयुष मन्त्रालयका बोर्ड सदस्यसमेत रहेका नेता उपाध्यायले पछिल्लो समय पूरै विश्वमा प्रलोभन, दबाब र आर्थिक चलखेल गरेर धर्म परीवर्तन गराउने काम भैरहेको भन्दै त्यसमा आपत्ति जनाएका छन् । उनले भने,‘यसरी धर्म परीवर्तन गराउनु गलत हो । यो अवश्यपनि राम्रो काम होईन् । तर, स्वेच्छाले धर्म परीवर्तन गरे भने त्यो स्वागतयोग्य कुरा हो ।’ उनले नेपाल स्वर्गद्धार र देवताहरूको पवित्र भूमी भएको उल्लेख गरे । उनले भने,‘पूरै विश्वमा नेपाल एकमात्रै त्यस्तो देश हो, जो कसैको गुलाम बन्नु परेन र भएन । हामीलाई थाहा छ यो गुलामी हुँदाको पीडा र सजाय, यो मैले नेपाल र नेपालीहरूलाई प्रभावित गर्नको लागि बोलिरहेको छैन्, यो सत्य कुरा हो । नेपाल त पूरा विश्वको शीर हो । टोपी हो ।’ उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको स्पष्ट पारे । उनले भने,‘नेपाल र भारतबीच एक देश वा छिमेकी छिमेकीबीचको मात्रै सम्बन्ध छैन्, यो चीन, पाकिस्तान वा बंगलादेशजस्तो सम्बन्ध होईन, नेपाल त हाम्रो सहोदर भाई हो । हामीबीच रोटी र बेटीको सम्बन्ध छ ।’ उनले नेपालसँगको सम्बन्धको कुरा गर्दा भारतको आत्मा नेपालतर्फ भएको पनि सुनाए । ‘यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले पनि र कहिल्यैपनि समाप्त गर्न सक्दैन’ उपाध्यायले भने । नेता उपाध्यायले नेपालमा कुनै नोक्शानी भए त्यसको प्रत्यक्ष असर भारतमा पर्ने र भारतमा त्यस्तो भए नेपालमा पनि असर पर्नेपनि सुनाए । उनले भने, ‘यदि कुनै एक देशमा लाभ भए त्यसको लाभ अर्को देशमा पनि पर्छ ।’ उनले भारतबाट नेपाललाई कहिल्यैपनि हानी नभएको विश्वास दिलाए । उनले थपे, ‘अहिलेसम्म भारतबाट नेपाललाई कुनै हानी भएको छैन, र भोलिका दिनमा पनि हुने छैनन् ।’ उनले सनातन धर्मालम्वीहरू सनातन भएर बाँच्न पाउनुपर्ने र सनातन धर्म भएर नै मर्न पाउनुपर्ने पनि तर्क गरे । उनले भने, ‘यो हाम्रो संस्कृति हो । तर, विश्वमा सनातन भन्दापनि मानवताको धर्म ठूलो छ । यो कुरा पनि हामीले ख्याल गर्नुपर्छ ।’ उनले नेपाल प्राकृतिक रूपमा पनि अत्यन्तै सुन्दर रहेको सुनाउँदै यहाँ आएर दुई चार दिन बस्दा सबै तनाव दुर हुने पनि स्पष्ट पारे । उनले भने, ‘यहाँ बसेपछि कुनै मेडिसिनको जरुरत पर्दैन् । यहाँको हावा, पानी सबै स्वच्छ छ । वातावरण पनि राम्रो छ ।’ पत्रकार ऋषि धमलाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमी भएको सुनाउँदै भारतीय सेना कहिले फिर्ता हुन्छ भनेर सोधेको प्रश्नमा उनले भने, ‘यो विषय लिएर तपाई भारत आउनुहोस् ऋषिजी, म भारतीय सरकारी अधिकारीसँग कुरा गराउँछु । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीमात्रै निर्णायक हुँदैनन्, हाम्रो त संगठन सर्वेसर्वा हुन्छ ।’ उपाध्यायले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि जनमतसंग्रह गरिनुपर्ने टिप्पणी गरे । उनले भने, ‘यो मेरो व्यक्तिगत धारणा र भावना हो, नेपाल हिन्दूराष्ट्र हुनुपर्छ । नेपालमा पछिल्लो समय धर्म परिवर्तन भैरहेको छ । यो पाप हो । दबाब, आर्थिक प्रलोभनमा धर्म परीवर्तन गराउनु गलत हो, जसले यस्तो गराउँछ उनीहरूलाई मृत्युदण्ड दिनुपर्छ । नेपाल सनातन धर्म हुनुपर्छ ।’
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ०८:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP