Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नक्कली ‘वर्क पर्मिट’ बनाएर दक्षिण अफ्रिका पठाउने गिरोह सक्रिय
नक्कली ‘वर्क पर्मिट’ बनाएर दक्षिण अफ्रिका पठाउने गिरोह सक्रिय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १८, २०८०
work permit south africa
Hardik health
काठमाडौं- वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा रोजगारीमा पठाइदिने भन्दै मानव बेचविखन एवं गैरकानुनी आप्रवासनमा संलग्न गिरोह सक्रिय रहेको बताएको छ । उक्त गिरोहले नक्कली ‘वर्क पर्मिट’ मार्फत आकर्षक तलब सुविधासहितको पदमा दक्षिण अफ्रिका पठाउने भन्दै १५० भन्दा बढी नेपालीसँग लाखौं रकम संकलन गरिरहेको जानकारी प्राप्त भएको विभागले जनाएको छ । विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त गिरोहले नेपालीहरुबाट लाखौं रकम संकलन गर्दै दक्षिण अफ्रिकामा रोजगारसम्बन्धी सामाजिक सञ्जालहरुमासमेत भ्रमपूर्ण विज्ञापन सम्प्रेषण गरेको उल्लेख छ । तसर्थ, दक्षिण अफ्रिका जान लागेका नेपालीहरुलाई भ्रममा नपर्न र सावधानी अपनाउन आग्रह गरेको छ । विभागले दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्ति माग भएको यथार्थ भए पनि विदेशी नागरिकबाट पदपूर्ति हुने अवस्था नरहेको जनाएको छ । तर, स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्रै विदेशीलाई रोजगारमा लिने कानुनी व्यवस्था रहेको जनाउँदै त्यस्तो अवस्था आएमा अफ्रिका जान नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने विभागले उल्लेख गरेको छ । भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र वाणिज्य दूतावासबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणका लागि जाने प्रयोजनका लागिमात्र भएको हुँदा सो भिसाका आधारमा रोजगारीका गतिविधिमा संलग्न हुन नपाइने विभागले जनाएको छ । पर्यटक भिसामा जानेहरु रोजगारीमा संलग्न भए त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरी अफ्रिकी कानुनबमोजिम कारबाही तथा देश निकाला (डिपोर्टेसन) गर्ने विभागले जनाएको छ । दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशहरुमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले सम्बन्धित देशको नियोग या विदेशस्थित नेपाली नियोगहरूमा सम्पर्क गरी आधिकारिक जानकारी लिन पनि विभागले आग्रह गरेको छ । विभागको कार्यालय ताहाचल सर्ने वैदेशिक रोजगार विभागको कार्यालयलाई ताहाचलमा सारिने भएको छ । जेठ २१ गतेदेखि आंशिकरुपमा ताहाचलबाट सेवा प्रवाह गर्ने भन्दै कार्यालय सार्न लागिएको विभागले जनाएको छ ।विभागका निमित्त महानिर्देशक गुरुदत्त सुवेदीले एक सूचना जारी गर्दै जेठ २१ गतेदेखि आंशिक र असार १ गतेबाट पूर्णरुपमा सेवा दिनेगरी ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय रहेको स्थानमा विभागलाई सार्न लागिएको जानकारी दिए । विभागबाट भइरहेका सेवा प्रवाह वैदेशिक रोजगार कार्यालय परिसरभित्रैबाट हुने सूचनामा उल्लेख छ । हाल विभागले काठमाडौंको बुद्धनगरमा रहेको हिमालयन सीमापार व्यापार संघको भवन भाडामा लिएर सेवा प्रवाह गर्दै आएको छ ।  
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP