Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नेपालमा ग्रिन हाइड्रोजन परियोजना अगाडि बढाउने एनआरएनएको निर्णय
नेपालमा ग्रिन हाइड्रोजन परियोजना अगाडि बढाउने एनआरएनएको निर्णय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १६, २०८०
NRNA News photo 2
Hardik health
काठमाडौ‌ं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को उत्तर अमेरिका क्षेत्रको क्षत्रिय सम्मेलन सम्पन्न भएको छ । क्यानाडाको टोरन्टो शहरस्थित होटल र्याडिसनमा दुई दिनसम्म चलेको सम्मेलनले नेपाल विश्वको सबैभन्दा बढी ग्रिन हाइड्रोजन उत्पादन सम्भावना रहेको र त्यसको उपयोगले नेपालको सामाजिक, वातावरण र आर्थिक विकासमा ट्वा पुर्याउने निष्कर्ष निकालेको छ । सम्मेलनमा एनआरएनएका संरक्षक तथा पूर्वअध्यक्ष डा. शेष घलेले प्रतिवेदन पेश गरेका थिए । उनले नेपालको विकासको लागि ग्रिन हाइड्रोजन परियोजनालाई बृहत छलफलमा लैजाने बताए ।“नेपाल विश्वको सबैभन्दा प्रचुरमात्रा ग्रिन हाइड्रोजन उत्पादन सम्भावना भएको देश रहेको छ । यसमा लगानी गरेर नेपालको सामाजिक, वातावरण र आर्थिक बिकासमा टेवा पुर्याउनु पर्छ” घलेले भने । आएआरएनएका आइसीसी अध्यक्ष विनोद कुँवरका अनुसार नेपालको विकासको लागि ग्रिन हाईड्रोजन परियोजनाबारे थप छलफल गरेर अगाडि बढ्ने सम्मेलनले निर्णय गरेको छ ।गैरआवासीय नेपालीको संवैधानिक अधिकार सुनिश्चित गर्न वंशजको नागरिकतालाई निरन्तरताको लागि थप पहल गर्ने निर्णय गरेको छ । यसअघि पूर्वउपाध्यक्ष सोनाम लामाको नेतृत्वमा बनेको टीमलाई थप शसक्त बनाउने गरेको महासचिव जानकी गुरुङले जारी गरेको घोषणापत्रमा उल्लेख छ । त्यसैगरी नेपालमा लगानी गर्न विद्यमान कानुनलाई अध्यावधि गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसको लागि नेपाल सरकारसँग माग गरेको छ । त्यस्तै, एनआरएनएभित्र देखिएका समस्या समाधानको लागि सबैपक्षसँग समन्वय गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा पूर्वउपाध्यक्ष सोनाम लामा, सल्लाहकार एसी शेर्पा, पासाङ्ग लामासहितका एनआरएनएका अगुवाहरुको उपस्थिति रहेको थियो । सम्मेलनलाई क्यानाडाका सांसदले समेत शुभकामना दिएका थिए । त्यसैगरी एनआरएनए आइसीसी अध्यक्ष बिनोद कुँवर, उपाध्यक्षहरु थर्क सेन, बीआर लामा, महासचिव जानकी गुरुङ, सचिव कृष्ण केसी, क्षेत्रीय संयोजक कृष्ण पोख्रेल, आइसीसी सदस्यहरु शशिचन्द्र अधिकारी, रश्मि थापा, एनबी टण्डन समेत उपस्थिति रहेको थियो । सम्मेलन अमेरिका क्षेत्रको संयोजनमा गैरआवासीय नेपाली संघ अमेरिका, गैरआवासीय नेपाली संघ क्यानाडा र गैरआवासीय नेपाली संघ चिलीको संयुक्त आयोजनामा सम्पन्न भएको हो । अमेरिकाका अध्यक्ष सूर्य लम्साल, क्यानाडाका अध्याक्ष कुन्दन घिमिरे, सभापति अन्जनी भट्टराई, चिलीका संयोजक गिरिराज पाण्डे र अमेरिका, क्यानाडा दुवै देशका पदाधिकारी, सल्लाहकारको समेत उपस्थिति रहेको थियो । पहिलो पटक क्यानाडाले आयोजना गरेको सम्मेलनमा एनआरएनएका पुराना अभियन्ता डा. द्रोण रसाइली, डा. गोविन्द रावतलगायतको सहभागिताले आफूहरुलाई थप ऊर्जा मिलेनको एनआरएनए क्यानाडाले जनाएको छ । यस्तो छ सात बुँदे घोषणापत्रः १. गैरआवासीय नेपाली नागरिकताको ऐन नेपालको संबिधानसँग मेल खानेगरी नेपालको संसदले ऐन बनाएर हाम्रो संवैधानिक अधिकार छिटोभन्दा छिटो सुनिश्चित गर्नको लागि हाम्रो पहल निरन्तर रहनेछ । त्यसैगरी हाम्रो वंसजको नेपाली नागरिकतालाइ निरन्तरताको लागि संघका पूर्वउपाध्यक्ष सोनाम लामाको नेतृत्वमा निरन्तर पहल गरिएको छ भने त्यसलाई अझै शशक्त रुपमा लगिने निर्णय गरिएको छ । २. नेपाल विश्वको सबैभन्दा प्रचूर ग्रिनहाइड्रोजन उत्पादन सम्भावना भएको देश रहेको अध्ययन प्रतिवेदन, यससँग सम्बन्धित भएका प्रयासबारे संघका पूर्वअध्यक्ष डा. शेष घलेद्वारा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ग्रिन हाइड्रोजन परियोजाले नेपालको सामाजिक, वातावरण र आर्थिक बिकासमा टेवा पुर्याउने हुँदा सो बिषयलाइ अझ बृहत्तर रुपमा छलफलमा लैजाने निर्णय गरियो । ३. गैरआवासीय नेपालीहरुले मातृभूमी नेपालमा गरिएको लगानीको सुनिश्चिता र पैत्रिक सम्पत्ति सुरक्षा सम्बन्धि छलफल गरियो । त्यसलाई नेपालमा लगानी सम्बन्धी अध्यावधिक कानुन र आवश्यक पर्ने थप नियम, कानुनको परिमार्जन र तय गर्नको लागि लवी गर्ने निर्णय गरियो । ४. नेपालमा रहेका बिविधता, समानता र समावेशिता ( म्ष्खभचकष्तथ, भ्त्रगष्तथ बलम क्ष्लअगिकष्यल–म्भ्क्ष्) सम्बन्धि उचित अध्ययन र समाधान गर्न नेपाल सरकारसँग माग गर्दछ । साथै त्यसलाई थप नीति तय गर्नको लागि गैरआवासीय नेपाली संघले एक कार्यदल गठन गर्ने निर्णय गरियो । ५. गैरआवासीय नेपाली संघको मूल मर्मलाइ मध्य नजर गर्दै गैरआवासीय नेपाली संघले नेपालको आर्थिक र सामाजिक सम्बृद्धीको लागि योगदान दिन, नेपालसँगको हाम्रो सम्बन्ध भावी सन्ततिसम्म निरन्तर गर्नको लागि हरेक दुइ÷दुइ बर्षमा गरिने अन्तराष्ट्रिय महाधिवेशन नेपालमा नै प्रत्यक्ष रुपमा प्रतिनिधिहरु उपस्थित भएर गर्ने निर्णय गरिएको छ । ६. गैरआवासीय नेपाली संघमा देखिएका असहमति र बिभाजनलाइ एकीकृत रुपमा समेटेर लैजानको लागि सबै पक्षसँग समन्वय गर्दै अगाडि बढ्ने निर्णय गरिएको छ । ७. क्यानाडामा सम्पन्न गरिएको यो क्षेत्रीय सम्मेलनलाई सफल बनाउन खट्नुहुने क्यानाडाका पदाधिकारी, स्वयमसेवक, संचारकर्मी, पत्रकार, संघ–संस्थाका प्रतिनिधिज्यूहरु, समुदाय र सम्पूर्ण उपस्थित गैरआवासीय नेपालीहरुमा गैरआवासीय नेपाली संघ हार्दिक धन्यवाद, आभार व्यक्त गर्दछ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP