Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ग्रामीण दूरसञ्चार पूर्वाधारबारे सञ्चारमन्त्री ‘लाइसेन्स दिन्छु भनेर ल्याप्चे ठोकेको छैन’
ग्रामीण दूरसञ्चार पूर्वाधारबारे सञ्चारमन्त्री ‘लाइसेन्स दिन्छु भनेर ल्याप्चे ठोकेको छैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २, २०७६
Gokul Baskota
Hardik health
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमका हिसाबकिताब खोजिने बताएका छन् । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरबो कामकारबाही तथा विवरण खोजिने बताए । उनले उक्त रकमको खर्च र गर्नुपर्ने कामको र पूर्वशर्तमा रहेका प्रावधान पूरा भए कि भएनन् भनेर अनुसन्धान हुने बताए । मन्त्री बाँस्कोटाले तत्कालीन एसटीएमलाई दिइएको रकम कहाँ, कसरी र शर्तअनुसार गर्नुपर्ने खर्च र पूरा गर्नुपर्ने जिम्मेवारीसहितको काम गरे नगरेको छानबिन हुने बताए । सिजीले एसटिएम खरीद गरेपछि दायित्व पनि उसैमा भएको भन्दै उनले साविकको ५३४ गाविसमा विस्तार गर्नुपर्ने सेवा के कस्तो अवस्थामा छन् र भिस्याटलगायत प्रविधि के कस्तो अवस्थामा छ ? त्यसको सत्य तथ्य जानकारी चाहिएको बताए । यस्तै एसटिएमले निर्माण गर्छु भनेको एक हजार २८ पिसिओ बने कि बनेनन्, ती काम के भए, काम नभएको भए त्यसवापतको रकम फिर्ता हुन्छ कि हुँदैन भन्दै उनले त्यसको अध्ययन हुनेसमेत दावी गरे । सो कम्पनी समेत चौधरी समूहले खरीद गरी सिजी टेलिकमका नाममा सञ्चालन गरिरहेको छ । उनले सरकार व्यावसायिक वातावरण बनाउन लागिपरेको भन्दै कसैलाई काखा र पाखा नगरिने स्पष्ट पारे । उनले ढोका हुँदा हुँदै झ्यालबाट आउने प्रक्रिया विपरीत भएको भन्दै भने, ‘प्रक्रियाबाट आए, कानूनअनुसार भए निर्णय गर्न कुनै आपत्ति हुँदैन ।’ तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशन नभएकाले त्यसको कानूनी आधारसमेत नरहेको उनले बताए । मन्त्रिपरिषद्ले कानून नै परिवर्तन गरेको भए, त्यसको सार्वजनिक जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन हुने व्यवस्था भएपनि त्यो प्रक्रिया नभएको उनको भनाइ छ । उनले सोसम्बन्धी सहमति बार्सिलोनामा दिइएको हो भनी गरिएको प्रचारसमेत गलत भएको बताए । उनले बार्सिलोनामा सिजी टेलिकम र टर्कसेलबीचको सम्झौतामा आफू साक्षी नबसेको बताउँदै भने, ‘हाम्रोमा पनि विभिन्न प्रकारका मेला आयोजना गरिन्छ । बार्सिलोनामा पनि त्यस्तै मेला थियो । घुम्दै जाने क्रममा उहाँहरूसँग भेट भएको हो ।’ उनले त्यहाँ घुम्दै जाँदा उनीहरू त्यहीँ उभिरहेको भन्दै भने, ‘म कतै साँक्षी बसेको छैन, लाइसेन्स दिन्छु भनेर ल्याप्चे पनि हानेको छैन ।’ कम्पनी किनेपछि दायित्व पनि सर्ने भएकाले एसटिएमको हिसाबकिताब पनि देखाउनुपर्ने उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले सरकारले दिएको रकमको सदुपयोग भयो भएन भनेर अध्ययन हुने समेत बताए । उनले लगानीकर्तालाई सरकारले सधैँ स्वागत गर्ने भएपनि उनीहरूमा पनि इमान्दारी जरुरी रहेको स्पष्ट पारे ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP