Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • मन्त्रिपरिषद्को दर्जन बढी निर्णय – चिकित्सा विज्ञान प्रतिष्ठानमा चार सदस्य नियुक्त
मन्त्रिपरिषद्को दर्जन बढी निर्णय – चिकित्सा विज्ञान प्रतिष्ठानमा चार सदस्य नियुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २, २०७६
Hardik health
काठमाडौं– नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाजको स्टेशनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ । यसका लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ मा पर्ने राष्ट्रिय वन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको हो । गत २७ र २८ माघमा बसेको मन्त्रिपरिषद्ले क्रुज आयोजना (पर्या पर्यटन पानी जहाज आयोजना)का लागि सो जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो । निजी क्षेत्रबाट नारायणी नदीमा पर्यापर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सानो आकारको पानी जहाज निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यस्तै, बूर्तिवाङ पहुँदी अमराई तम्घास गोरुसिंगे १३२ केभी प्रसाराण लाइनतर्फको अर्घाखाँची खण्डको ‘राइट अफ वे’सहित केही टावर संरचना तयार गर्न अर्घाखाँची जिल्लाको विभिन्न सामुदायिक वन क्षेत्रको कूल ४७ दशमलव ६६० हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिइएको छ । त्यस्तै तल्लो लिखु जलविद्युत् आयोजनाको इन्टेक पावर हाउस सर्जसाफ्ट र पेनस्टकलगायतका स्थायी संरचना निर्माणका लागि रामेछाप र ओखलढुंगा जिल्लाको राष्ट्रिय वन क्षेत्रको केही जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ । नेपाली सेनालाई श्रीमेहर गणको सुरक्षाजन्य कम्पोजिट लजिस्टिक बेस निर्माणका लागि बाँके जिल्लाको साविक रझेना गाविस हाल कोहलपुर नगरपालिका २ कौशिलानगरमा रहेको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रको मयूर मध्यवर्ती र जनएकता मध्यवर्ती सामुदायिक वनमा रहेका रुख हटाउन स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन् । यस्तै बैठकले उपनिर्वाचन सम्पन्न भएपश्चात् भएको झडपमा परी घाइते भएका अछामको मल्लेखका गम्भीर साउद, मोहन साउद, रामबहादुर साउद र नरबहादुर साउदको उपचार तथा बिरामी कुरुवा खर्चबापत रु दुई लाख लाख ८३ हजार ५८४ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए । बिहीबार हुने मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले थापाथली इञ्जिनीयरिङ अध्ययन संस्थान थापाथलीलाई बिई अटोमोबाइलतर्फ ४८ जना र बि आर्किटम्चरतर्फ ४८ जनासहितको नयाँ थप कार्यक्रम अध्ययन तथा अध्यापन गराउन अस्थायी स्वीकृति दिइएको बताए । यस्तै, बिदा स्वीकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित रहने ११औँ तहका प्रमुख कन्सल्टेन्ट इएनटि सर्जन डा. ढुण्डीराज पौडेल, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विष्णुप्रसाद पौडेललाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ्यसेवा नियमावली, २०५५ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमार्फत स्पष्टिकरण माग गर्ने निर्णय भएको छ । नेपाल स्वास्थ अनुसन्धान परिषद्को सदस्य सचिवमा पाल्पाका डा प्रदीप ज्ञवालीलाई चार वर्ष पदावधि कायम रहने गरी नियुक्त गरिएको छ । यस्तै २०७३ फागुन १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार कार्यकारी अधिकार अध्यक्ष डा अञ्जनीकुमार झालाई तोकिएकोमा सो अधिकार फिर्ता गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । यस्तै नेपाल नर्सिङ परिषद्को सदस्यमा काभ्रेपलाञ्चोक निवासी भारती भेटवाललाई चार वर्ष पदावधि रहने गरी मनोनित गर्ने निर्णय भएको छ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सदस्यमा डा जागेश्वर गौतम, डा आरपी विच्छा, भक्तिमान सुब्वा सम्बाहाम्फे र पेम्बा लामालाई नियुक्त गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०९:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP