Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
  • #गाथामग_चह्रे
  • #कृषि
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सामाजिक सुरक्षा योजनामा जोडिँदै श्रमिक, दुई महिनामा सवा लाख जोडिए
सामाजिक सुरक्षा योजनामा जोडिँदै श्रमिक, दुई महिनामा सवा लाख जोडिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १२, २०८०
SSF
काठमाडौं- वैदेशिक रोजगारीमा जाने झण्डै सवा एक लाख श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी भएका छन् । सरकारले विशेष महत्वका साथ वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी सञ्चालनमा ल्याएको उक्त योजनामा एक लाख २२ हजारभन्दा बढी श्रमिक आबद्ध भइसकेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । यसरी जोडिनेमा अधिकांश नयाँ श्रम स्वीकृति लिने श्रमिकहरु छन् । विदेशमा कार्यरत श्रमिकलाई आबद्ध गराउने कार्य भने सुस्त देखिन्छ ।यस योजनामा सहभागी भएबापत दुई महिनाको अवधिमा श्रमिकले २० करोड रुपैयाँभन्दा बढी रकम योगदान गरेको कोषले जनाएको छ । ‘सामाजिक सुरक्षा योजनामा विदेश जाने नेपालीहरुको उल्साहजनक सहभागिता देखिएको छ,’ कोषका सहप्रवक्ता रोहित रेग्मीले भने, ‘दुई महिनाको अवधिमा एक लाख २२ हजारभन्दा बढी श्रमिक आबद्ध हुनुले पनि आगामी दिनमा उल्लेख्य संख्यामा वृद्धि हुने संकेत देखिएको छ ।’ वैदेशिक रोजगारीमा रहेकाभन्दा श्रम स्वीकृति लिएर जाने श्रमिकहरुको संख्या बढी भएको उनले जानकारी दिए । सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति लिन सामाजिक सुरक्षा योजनामा अनिवार्य योगदान गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस कारण पनि उक्त योजना सञ्चालनमा आएयता एक लाखभन्दा बढी श्रमिक आबद्ध भएको देखिएको हो । चैत र वैशाख महिनामामात्रै एक लाख १५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांक छ । यद्यपि, विदेशमा काम गरिरहेका श्रमिकहरु पनि सुरक्षा योजनामा आबद्ध हुने क्रम बढ्दो रहेको कोषको भनाइ छ । नयाँ श्रम स्वीकृति लिएर जानेको तुलनामा विदेशमा काम गरिरहकाको संख्या अहिले न्यून रहेको रेग्मीले जानकारी दिए । विदेशमा रहेका बढीभन्दा बढी श्रमिकलाई यस योजनामा आबद्ध गराउन जानकारीमूलक सन्देश प्रवाह गर्न कोषले आवश्यक गृहकार्य गरिरहेको उनले बताए । सरकारले विदेशमा रहेका श्रमिकहरुलाई सुरक्षा योजनामा सामेल गराउन पुनः श्रम स्वीकृतिको समयमा अनिवार्य आबद्धता हुनुपर्ने जनाएको छ । तर, नवीकरणको अवधि बाँकी रहेका श्रमिकहरुले पनि अनलाइन प्रणालीमार्फत योजनामा आबद्ध हुन पाउने व्यवस्था गरिएको छ । कोषले दुई महिनाअघि अर्थात् गत ८ चैतबाट सञ्चालनमा ल्याएको यस योजनामा वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका झण्डै ४० लाख नेपालीलाई समेट्ने लक्ष्य राखेको छ । यसअघि औपचारिक क्षेत्रका श्रमिकमात्रै योजनामा समावेश गर्दै आएकोमा कोषले वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई यस योजनामा सामेल गराउने व्यवस्था गरेको हो । सुरक्षा योजनामा आबद्ध हुने श्रमिकको संख्या र योगदान रकममा वृद्धि भएसँगै योगदानकर्ताले पाउने सेवा सुविधामासमेत हेरफेर गर्न सकिने कोषले जनाएको छ । सामाजिक सुरक्षा योजनामा आबद्ध हुन चाहने श्रमिकले मासिक दुई हजार दुई रुपैयाँ योगदान गर्नुपर्नेछ । सरकारले बार्षिक एकमुष्ट रकम जम्मा गरे १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । श्रमिकहरुले योगदान रकमलाई ई–सेवा, खल्ती, कनेक्ट आइपिएसमार्फत जम्मा गर्न सक्ने छन् । कोषमा वैदेशिक रोजगारी तथा स्वरोजगारीमा रहेकाहरुलाई मात्र नभएर यही वैशाख १ गतेदेखि स्वदेशमा नै रहेका अनौपचारिक र स्वरोजगार, सरकारी अस्थायी तथा करारमा रहेका श्रमिकहरुलाई समेत योजनामा आबद्ध गराउन सुरु गरिएको छ । योजनामा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा पाउने छन् । योगदानकर्ताले आफूले जम्मा गरेको रकम र कोषले लगानी गर्ने उक्त रकमबाट प्राप्त हुने प्रतिफललाई जोडेर हुन आउने कूल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकमलाई वृद्धावस्थामा निवृत्तिभरणबापत मासिकरुपमा लिन पाउने कोषले व्यवस्था गरेको छ । यतिमात्र नभई कुनै कारण योगदानकर्ता दुर्घटनामा परे एक लाख रुपैयाँसम्म उपचार खर्च पाउने छन् । त्यस्तै विदेशमा रहेका योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च उपलब्ध गराउने कोषले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले मासिक न्यूनतम दुई हजार दुई रुपैयाँदेखि अधिकतम २८ हजार रुपैयाँसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP