Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • भारतबाट कफ सिरप निर्यातमा प्रतिबन्ध
भारतबाट कफ सिरप निर्यातमा प्रतिबन्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ११, २०८०
cough syrup
Hardik health
एजेन्सी -  भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। यद्यपि त्यहाँको वाणिज्य मन्त्रालयको उक्त निर्णयले नेपालको हकमा कुनै असर नपार्ने अधिकारीहरूले बताएका छन्। अहिले नेपालमा प्रयोग हुने अधिकांश कफ सिरप स्वदेशमै उत्पादन हुने र ती सबैले सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेको नेपालको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन्। “हामीलाई आवश्यक कफ सिरप देशकै उत्पादनले धान्छ। त्यसमाथि यहाँ भारतको कफ सिरप निकै कम मात्रै आउने भएकाले निर्यात रोकिनुले कुनै असर गर्दैन,” उनले जानकारी दिए।
भारतीय औषधि खाँदा उज्बेकिस्तानमा पनि गयो बालबालिकाको ज्यान इन्डोनेशिया: ९९ बालबालिकाको मृत्युपछि सबै खालका झोल औषधिमाथि प्रतिबन्ध
केसीका अनुसार नेपालमा भारतबाट भित्रिने ५१ देखि ५२ प्रतिशत औषधिहरूमध्ये सीमित कम्पनीका कफ सिरप छन्।ती कति छन् भन्नेबारे विभागसँग स्पष्ट तथ्याङ्क छैन। तर नेपाल औषधि उत्पादक सङ्घका अनुसार नेपाली बजारमा ४० प्रतिशत कफ सिरप भारतबाट आउँछ। भारतले किन रोक्यो निर्यात? गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि भारतका चारवटा कफ सिरप बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको भन्दै विश्वव्यापी चेतावनी दिएको छ। केही नमुनाहरूको प्रयोगशाला विश्लेषणले तिनमा उल्लेख्य मात्रामा विषाक्त पदार्थहरू रहेको पुष्टि गरेको थियो।उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा त्यस देशमा लगिएको सम्बन्धित औषधिको एउटा ब्याचमा एथलीन ग्लाइकोल नामक विषाक्त पदार्थ उल्लेख्य देखिएको थियो। कफ सिरप खोकीको झोल औषधिकै कारण झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ।संसारभरि औषधि निर्यात गर्ने भएकाले भारतलाई विश्वको औषधि उत्पादनको 'पावर हाउस' समेत भन्ने गरिन्छ। तर हालैका वर्षहरूमा भारतको औषधि उद्योगको द्रुत वृद्धिले औषधिको गुणस्तर खस्किएको र नियमन समेत कमजोर बनेको आरोपहरू सुनिएको बीबीसी संवाददाता सौतिक बिस्वासले जानकारी दिए। नेपालमा कस्तो सजगता? औषधि व्यवस्था विभागका सूचना अधिकारी केसीले नेपालमा हालसम्म खोकी रोक्ने झोल औषधिका कारण कुनै समस्या नदेखिएका भए पनि डब्ल्यूएचओले चेतावनी दिएका कारण सजगता अपनाइएको बताए। “हामीले कतै हाम्रो बजारमा पनि ती औषधि उपलब्ध छन् कि भनेर जाँच गरेका थियौँ। तर चेतावनी दिइएकामध्ये कुनै पनि ब्रान्ड नेपालमा दर्ता भएको पाएनौँ,” उनले भने।केसीका अनुसार त्यस्ता औषधि बनाउने कच्चा पदार्थ भारतबाटै आउने भएकाले नेपालका औषधि उत्पादकहरूलाई गुणस्तर सुनिश्चित गर्न समेत निर्देशन दिइएको उनको दाबी छ। “औषधिमा प्रयोग हुने तत्त्वहरूमा मिसावट हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यस्तो निर्देशन दिइएको हो। नेपालमा त्यति बेलै उत्पादन भएका औषधिहरूमा पनि डाईएथलीन ग्लाइकोल प्रयोग भएको पाइएको थिएन,” केसीले भने। भारतमा बनेका खोकीका औषधिलाई लिएर डब्ल्यूएचोको चेतावनी कतिपय अवस्थामा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्शन)बिन‍ै कफ सिरपको बिक्री वितरण हुनु बालबालिकाको लागि जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्। यद्यपि त्यस्तो कार्य नियन्त्रणका लागि औषधि व्यवस्था विभागले औषधिहरूलाई क, ख र ग वर्गका वर्गीकृत गरेको छ। वर्गका आधारमा ग वर्गका औषधिहरूलाई मात्र फार्मेसीले अनुभवको आधारमा उपभोक्तालाई दिन मिल्छ। क र ख वर्गका औषधि त्यसो गर्न मिल्दैन। “कफ सिरप यी तीन वटै वर्गमा पर्ने भएकाले सिफारिसबिना दिन मिल्ने औषधिहरू दिइन्छ। नत्र चिकित्सकको प्रेस्क्रिप्शन मागिन्छ भन्ने हाम्रो विश्वास छ,” सूचना अधिकारी केसीले भने। नेपालमा कति कफ सिरप उत्पादन हुन्छ? अहिले नेपालमा करिब ३५ वटा कम्पनीहरूले कफ सिरप उत्पादन गर्ने नेपाल औषधि उत्पादक सङ्घका उपाध्यक्ष सन्तोष बरालले बताए।ती सबै कम्पनीहरूले छ महिनासम्म दैनिक आठदेखि १० घण्टा खोकीको झोल औषधि उत्पादन गर्ने हो भने त्यसले आगामी दुई वर्षसम्म पुग्ने उनको भनाइ छ। ती औषधि व्यवस्था विभागको नियम र मापदण्डअनुरूप भएकाले सुरक्षित रहेको उनको मत छ।“खोकीको झोल औषधि हामीकहाँ नै पर्याप्त छन् तर पनि भारतबाट ल्याइन्छ। यसले नेपाली औषधिको बजारलाई केही प्रभावित पारेको छ। अब निर्यात रोकिने हो भने देशकै उत्पादन वृद्धि हुन्छ,” बरालले बताए। यद्यप, स्वास्थ्यकर्मीहरू कफ सिरप प्रयोगबारे सावधान हुनुपर्ने मत राख्छन्। के भन्छन् विज्ञ चिकित्सक? भारतबाट कफ सिरपको निर्यात रोकिनुले यहाँ भइरहेको त्यस्ता औषधिको दुरुपयोग निरुत्साहित गर्ने सम्भावना भएको बाल स्वास्थ्य विशेषज्ञ डा. गणेश राई औँल्याउँछन्। उनका अनुसार हाल बालबालिकालाई सामान्य रुघाखोकी लाग्दादेखि गम्भीर दमको समस्या देखिँदा समेत सिरपको प्रयोग हुने गरेको छ।“साना नानीहरूलाई धेरै कफ सिरप खुवाउन हुँदैन तर यहाँ त्यसो गरिन्छ। यस्तो प्रवृत्ति अन्त्यका लागि भए पनि कफ सिरप उत्पादन र बिक्री वितरण रोक्नैपर्छ,” उनले भने। कफ सिरपमा दुई वा तीनवटा फरक किसिमका औषधिहरू प्रयोग हुने उनी बताउँछन्। केहीमा ज्वरोको औषधि, केहीमा मस्तिष्कलाई खोकी रोक्न सङ्केत पठाउने तत्त्व र केहीमा घाँटीको सुजन कम गर्ने तत्त्व मिश्रण गरिएको हुने उनको दाबी छ। “कतिपयमा अल्कोहल र औषधि लामो अवधिसम्म रहने बनाउन प्रिजर्भेटिभ मिसाइएको हुन्छ। यी सबैले बच्चाको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्,” राईले भने। कस्ता असर देखिन्छन्? कफ सिरपले बच्चाको खोकी रोके पनि खकारलाई स्वासनलीमै सुकाउने र जमाउने जस्ता समस्या देखिन सक्ने डा. राईको भनाइ छ।“कफ (खकार) बाहिर ननिस्किएपछि विकार शरीरमै रहने भयो र त्यसका कीटाणुहरूले स्वासनलीलाई झनै अप्ठेरोमा पार्छ्न,” उनले भने। त्यस्तै आवश्यकताभन्दा बढी निद्रा लाग्ने, खाना अरुचि हुने, मुटुको धड्कन तलमाथि हुनेजस्ता समस्या कफ सिरपले बालबालिकामा पार्ने अन्य असरहरू हुन्। उनी कफ सिरपको मनलाग्दो व्यापार, उपभोक्ताको तर्फबाट त्यो के कस्ता तत्त्वहरूको मिश्रणबाट बनेको हो नहेरिनुलाई समस्याको कारण मान्छन् । त्यसैले यस किसिमका औषधिको बिक्री रोक्न नसके पनि नियमन प्रभावकारी ढङ्गमा हुनुपर्ने उनको मत छ। अथवा रुघाखोकी लागेको अवस्थामा घरेलु उपचार अपनाउनु उचित हुने डा. राईको सुझाव छ।उनका अनुसार मनतातो पानीमा मह वा अदुवा, बेसार, तुलसीको पात उमालेर खुवाउनु उपयुक्त विकल्प हो। स्राेत :बीबीसी  
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP