Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अझै न्याय पाइनन् सानुमायाले
अझै न्याय पाइनन् सानुमायाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०७६
Hardik health
सोलुखुम्बु–सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिरहेकी छन् । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गरेकी राई आफ्नै घरपरिवारबाट पीडित बनेको बताउँछिन् । नेपाली सेनामा कार्यरत श्रीमान्को समेत विसं २०७५ असोज २ गते कमलपित्त (जन्डिस) का कारण मृत्यु भएपछि ससुरा रुङ्थे राईले घर निकाला गरेको पीडित राईको भनाइ छ । एक छोरा र दुई छोरीसमेतको जायजन्म भए पनि हाल आफू एक्लै बस्नुपर्ने बाध्यता रहेको सानुमायाको भनाइ छ । दश वर्षको छोरा निरोज राई, छ वर्षकी छोरी निर्जला राई र चार वर्षकी छोरी सिर्जना राई भए पनि ससुराले ज्यान मार्ने धम्की दिएर बालबच्चाको इच्छाविपरीत उनीहरूलाई जबर्जस्ती घरमा राखेर आफूलाई निकालेको उनको भनाइ छ । श्रीमान् भए पनि घरमा बारम्बार गालीगलौज गर्ने, खानलाउनसमेत नदिने सानुमायाको गुनासो छ । ‘छोराछोरी मलाई देख्दा रोइकराई गर्छन्’ राईले भनिन्, ‘संविधानतः पाँच वर्षको छोराछोरी आमाको साथमा हुनुपर्ने, उचित समयमा शिक्षा पाउनुपर्ने भए पनि त्यसको समेत उल्लंघन भएको छ ।’ सानुमायाले घर निकाला भएपछि २०७५ असोज २४ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमार्फत उजुरी दर्ता गरेकी थिईन् । प्रहरीका अनुसार असोज २७ गते छलफल गरी मिलापत्र गराएको भए पनि ससुराले पुरानै व्यवहार दोहोर्याउँदा घरसमेत फर्कन नसकेको राईले गुनासो गरिन् । ‘घरमा जाने अवस्था भएन, मेरो छोराछोरी लगेर गए’ राईले भनिन्, ‘म देवरको घरमा बसेँ, माइत घरमा जान पनि डर लाग्यो, अहिले मेरो ज्यानको सुरक्षा छैन, तर पनि प्रहरीले समेत न्याय दिलाउन सकेन ।’ श्रीमान् हुँदासमेत घरमा खानालाउन राम्रोसँग नपाएको सानुमायाले बताईन् । श्रीमान्को मृत्युपश्चात नेपाली सेनाबाट प्राप्त गर्ने सेवासुविधाका लागि छोराछोरीसहित ‘हेडक्वार्टर’मा जानुपर्ने भए पनि छोराछोरी नदिएपछि सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको उनको भनाइ छ । ‘मेरो उद्देश्य केही छैन, आफू अनपढ भएर दुःख पाएकैले पनि जस्तोसुकै कष्ट सहेर भए पनि मेरा छोराछोरीलाई राम्रो शिक्षा दिन्छु ।’ प्रहरी कार्यालयबाट समेत न्याय नपाएपछि इन्सेक सोलुखुम्बुको शरणमा आएकी सानुमायाले आँशु झार्दै भनिन्, ‘विद्यालय जाने उमेरका मेरा छोराछोरी विद्यालय जान पनि पाएका छैनन्, राम्रो खानलाउन पनि पाएनन्, हरेक अधिकारबाट वञ्चित गराइयो ।’ सानुमायाका ससुरा रुङ्थे राईलाई बारम्बार सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी महेन्द्र दर्नालले एकपटक सामान्य छलफल गराएको भए पनि पुनः नआएपछि समस्या समाधान भएको महसुस भएको बताए । उनले तत्कालै प्रहरी कार्यालयमा दुवै पक्षलाई राखी कानूनसम्मत छोराछोरी आमाको जिम्मा लगाउने र सेनाबाट पाउने सेवासुविधा प्राप्त गर्ने वातावरण सिर्जना गरिदिने बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP