Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुदूरपश्चिम प्रदेशसभाले ल्यायो भिडियो कन्फरेन्स
सुदूरपश्चिम प्रदेशसभाले ल्यायो भिडियो कन्फरेन्स
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०७६
prdash photo
Hardik health
धनगढी–सुदूरपश्चिम प्रदेशसभाले भिडियो कन्फरेन्स सेवा संचालनमा ल्याएको छ । बुधवार सुदूरपश्चिम प्रदेशसभाले सो सेवा संचालनमा ल्याएको हो । जिल्ला समन्वय समितिका कैलाली र कञ्चनपुर बाहेकका ७ वटा नगरपालिका गाउँपालिकाका पदाधिकारी र टीकापुर नगरपालिकाका पदाधिकारीसँग भिडियो कुराकानी गर्दै बुधबार सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले भिडियो कन्फरेन्स सेवाको उद्घाटन गरेका छन् । प्रदेश सभामुख अर्जुन बहादुर थापाले प्रदेशका ८ वटै जिल्लाबाट प्रदेशसभामा भिडियोमार्फत कुराकानी गर्न सकिने प्रविधिको जडान गरेको बताएका छन् । कैलाली जिल्ला बाहेक आठ वटा जिल्ला समन्वय समितिको कार्यालयमा भिडियो कन्फरेन्स हल र कर्मचारीको व्यवस्थापन गरेको सभामुख थापाले बताए । उनका अनुसार कैलालीमा र टीकापुरमा उक्त प्रविधि जडान गरिएको पनि उनले बताए । जिल्ला समन्वय समिति कैलाली र प्रदेशसभा सचिवालय एउटै परिसरभित्र रहेका कारण कैलालीको टीकापुरमा यो प्रविधि जडान गरिएको प्रदेशसभा सचिवालयले बताएको छ । भिडियो कन्फरेन्स हलमा क्यामेरासहितको एलईडी मनिटर, अडियो सिस्टम र २० एमबीपीएसको इन्टरनेट जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा तयार गरिएको यस प्रविधिले विधेयकमा सबैको धारण बुझ्न सहज हुने सभामुख थापाले बताए । ‘अब दुर्गमका नागरिकहरूको धारणा बुझ्न त्यहीँ जानुपर्ने बाध्यताको अन्त्य भएको छ,’ उनले भने, ‘विधेयकका सम्बन्धित पक्ष वा निकायको धारण बुझ्न पनि हामीलाई सहज हुने भएको छ ।’ प्रत्येक जिल्लामा तयार पारिएको भिडियो कन्फरेन्स हलमा निर्धारित समय तोकेर सबै विषयमा छलफल गर्न सकिने उनले बताए । प्रदेशसभा सचिवालयले सुरु गरेको भिडियो कन्फरेन्सबाट कानून निर्माणमा सबै क्षेत्रको सहभागिता हुने अपेक्षा गरिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए । उनले विधेयकसँगै विकासमा पनि सबैको सहभागिता र गुनासो सम्बोधन हुने बताए । ‘विधेयकमा आएका बिषय बस्तुहरूमा अब सबै जिल्लाका नागरिकहरूसँग सुझाव लिन मिल्ने भयो,’ उनले भने ‘अब विकास निर्माणका विषयमा पनि सोझै नागरिकहरूले गुनासो गर्न सक्ने छन् ।’ सम्बन्धित जिल्लामा जिल्ला समन्वय समितिको समन्वयमा विभिन्न विषयमा सरोकारवाला तथा सर्वसाधरणहरूसँग अन्तरक्रिया गर्न मिल्ने गरी भिडियो कन्फरेन्स सुरु गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । नौ वटै स्थानबाट एकै पटक भिडियो कनेक्ट गरी सबै ठाउँमा एकै किसिमका भिडियो देखिने र अडियो सुनिने व्यवस्था गरिएको थियो । यसले प्रदेशका सबै स्थानीय तहसँग पनि समन्वयमा सहजता सिर्जना गर्ने प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए । कानून निर्माण र विपद् व्यवस्थापनमा पनि यसको महत्वपूर्ण भूमिका हुने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP