Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुदूरपश्चिम प्रदेशसभाले ल्यायो भिडियो कन्फरेन्स
सुदूरपश्चिम प्रदेशसभाले ल्यायो भिडियो कन्फरेन्स
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०७६
prdash photo
Hardik health
धनगढी–सुदूरपश्चिम प्रदेशसभाले भिडियो कन्फरेन्स सेवा संचालनमा ल्याएको छ । बुधवार सुदूरपश्चिम प्रदेशसभाले सो सेवा संचालनमा ल्याएको हो । जिल्ला समन्वय समितिका कैलाली र कञ्चनपुर बाहेकका ७ वटा नगरपालिका गाउँपालिकाका पदाधिकारी र टीकापुर नगरपालिकाका पदाधिकारीसँग भिडियो कुराकानी गर्दै बुधबार सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले भिडियो कन्फरेन्स सेवाको उद्घाटन गरेका छन् । प्रदेश सभामुख अर्जुन बहादुर थापाले प्रदेशका ८ वटै जिल्लाबाट प्रदेशसभामा भिडियोमार्फत कुराकानी गर्न सकिने प्रविधिको जडान गरेको बताएका छन् । कैलाली जिल्ला बाहेक आठ वटा जिल्ला समन्वय समितिको कार्यालयमा भिडियो कन्फरेन्स हल र कर्मचारीको व्यवस्थापन गरेको सभामुख थापाले बताए । उनका अनुसार कैलालीमा र टीकापुरमा उक्त प्रविधि जडान गरिएको पनि उनले बताए । जिल्ला समन्वय समिति कैलाली र प्रदेशसभा सचिवालय एउटै परिसरभित्र रहेका कारण कैलालीको टीकापुरमा यो प्रविधि जडान गरिएको प्रदेशसभा सचिवालयले बताएको छ । भिडियो कन्फरेन्स हलमा क्यामेरासहितको एलईडी मनिटर, अडियो सिस्टम र २० एमबीपीएसको इन्टरनेट जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा तयार गरिएको यस प्रविधिले विधेयकमा सबैको धारण बुझ्न सहज हुने सभामुख थापाले बताए । ‘अब दुर्गमका नागरिकहरूको धारणा बुझ्न त्यहीँ जानुपर्ने बाध्यताको अन्त्य भएको छ,’ उनले भने, ‘विधेयकका सम्बन्धित पक्ष वा निकायको धारण बुझ्न पनि हामीलाई सहज हुने भएको छ ।’ प्रत्येक जिल्लामा तयार पारिएको भिडियो कन्फरेन्स हलमा निर्धारित समय तोकेर सबै विषयमा छलफल गर्न सकिने उनले बताए । प्रदेशसभा सचिवालयले सुरु गरेको भिडियो कन्फरेन्सबाट कानून निर्माणमा सबै क्षेत्रको सहभागिता हुने अपेक्षा गरिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए । उनले विधेयकसँगै विकासमा पनि सबैको सहभागिता र गुनासो सम्बोधन हुने बताए । ‘विधेयकमा आएका बिषय बस्तुहरूमा अब सबै जिल्लाका नागरिकहरूसँग सुझाव लिन मिल्ने भयो,’ उनले भने ‘अब विकास निर्माणका विषयमा पनि सोझै नागरिकहरूले गुनासो गर्न सक्ने छन् ।’ सम्बन्धित जिल्लामा जिल्ला समन्वय समितिको समन्वयमा विभिन्न विषयमा सरोकारवाला तथा सर्वसाधरणहरूसँग अन्तरक्रिया गर्न मिल्ने गरी भिडियो कन्फरेन्स सुरु गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । नौ वटै स्थानबाट एकै पटक भिडियो कनेक्ट गरी सबै ठाउँमा एकै किसिमका भिडियो देखिने र अडियो सुनिने व्यवस्था गरिएको थियो । यसले प्रदेशका सबै स्थानीय तहसँग पनि समन्वयमा सहजता सिर्जना गर्ने प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए । कानून निर्माण र विपद् व्यवस्थापनमा पनि यसको महत्वपूर्ण भूमिका हुने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP