Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • दीपक शर्माले ल्याए ६ वटा फिल्मी गीतको सँग्रह
दीपक शर्माले ल्याए ६ वटा फिल्मी गीतको सँग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ७, २०८०
deepak sharma- karod club song release (3)
Hardik health
काठमाडौं - संगीतकार दीपक शर्माले  चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा एक समारोहबीच संगीतकार दीपक शर्माले एक करोड भन्दा माथि भ्युज पाएका चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका हुन् । वरिष्ठ गीतकारहरु राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले यो गीतिसँग्रहको बिमोचन गरेका छन्  । दीपक शर्माले संगीत गरेका ६ वटा चलचित्रका एक करोड भन्दा बढी भ्युज भएका ६ वटै गीतहरु यो सँग्रहमा छन् । जसमा चलचित्र छक्का पञ्जाको शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको देखन चम्पा..., चलचित्र छक्का पञ्जा ३ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र बिन्दू परियारको स्वरको पहिलो नम्बरमा..., छक्का पञ्जा ४ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र सहिमा श्रेष्ठको स्वरको दर्शन सलाम..., चलचित्र मँगलमको दीपककै शब्द तथा बिन्दू परियार र कृष्ण काफ्लेको स्वरको पर्ख पर्ख मायाँलु..., चलचित्र हल्दार सुन्तलीको लेखु सहयात्रीको शब्द तथा सहिमा श्रेष्ठको स्वरको चि मुसी ची...गीतहरु रहेका छन् । कार्यक्रममा बोल्दै संगीतकार दीपक शर्माले भने,‘मैले चलचित्र तेजावबाट चलचित्र संगीत सुरु गरेको हुँ । दर्शक श्रोताको मायाँले यहाँसम्म आईपुग्दा ६ वटा गीतले एक करोड देखि ३ करोड भन्दा बढी भ्युज पाएका छन् । यिनै करोड क्लबमा पुगेका गीतहरुको सँग्रहलाई आज सार्वजनिक गरेका हुँ ।’ आफ्ना अन्य चलचित्रका आधा दर्जन गीतहरु पनि अहिले करोड भ्युजको नजिक पुगेको र ती गीतहरु केही महिनामै करोड भन्दा बढी भ्युज पुग्ने पनि उनले बताए । दीपकका चलचित्रका ६ वटा गीत मध्य आफुले लेखेको दुई वटा गीतले दुई देखि तीन करोड भ्युज पाएको भन्दै बरिष्ट गीतकार राजेन्द्र थापाले हरेक प्रकारको गीतलाई आफ्नो फरक शैली दिनसक्नु दीपक शर्माको बिशेषता भएको बताए । आगामी दिनमा पनि आफु र दीपकको सहकार्यमा थुप्रै गीत आउने उनले जनाए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य एवम् संगीतकार चेतन सापकोटाले दीपक शर्मालाई धेरै गीतमा करोड भ्युजको लागि शुभकामना दिँदै भने,‘दर्शकको यति धेरै मायाँ पाएका दीपकजीले अब आफ्ना यी हिट गीतले कहाँ कती रोयल्टी कमायो भनेर पनि खोजी गर्नु पर्छ । उहाँका दर्जनौ हिट गीतबाट अरु धेरै धनी भएका छन र अब उहाँले आफ्नो अधिकार खोज्नु पर्छ ।’ संगीत यात्राको डेढ दशकमा यति धेरै हिट गीत दिनुले दिपक शर्मा फरक प्रकारको संगीत गर्न सक्ने श्रष्टा हुन भन्ने कुरा प्रष्टिएका दीपककै गुरु तथा संगीतकार नरहरि प्रेमीले कार्यक्रममा बताए । देखन चम्पाका गीतकार शान्तिप्रियले यो गीतले चलचित्र छक्का पञ्जाको स्कृप्ट देखि लवज नै परिवर्तन गरिदिएको अनुभव सुनाए । दीपकसँगको सहकार्यमा आफ्नो गीत पनि करोड भ्युजमा पुगेका खुसी व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता करोड भ्युज गीतका लागि दीपकलाई शुभकामना दिए ।  
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP