Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैशाखमा ५० हजारभन्दा बढीले लिए श्रम स्वीकृति
वैशाखमा ५० हजारभन्दा बढीले लिए श्रम स्वीकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ५, २०८०
bairo
Hardik health
काठमाडौं - वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षको १०औं महिना अर्थात् वैशाखमा ५० हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख महिनामा ५४ हजार ४५७ जना नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् । वैशाखमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चैतको तुलनामा घटेको छ । चैतमा ६१ हजार ४७८ जनाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका थिए । वैशाखमा यस्तो संख्या सात हजार २१ जना न्यून भएको छ । यसअघि फागुन महिनामा ६१ हजार ८४५ जनाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका थिए । माघ महिनामा ६४ हजार २८४ र पुसमा ६५ हजार ४६४ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । तथ्यांक हेर्दा गत आर्थिक वर्षबाट पुरानै लयमा फर्किएको वैदेशिक रोजगारीको यात्रा विस्तारै खस्किंदै गएको देखिन्छ । चालु आर्थिक वर्षको सुरुआतदेखि नै पहिलो गन्तव्य बनेको मलेसिया जाने नेपाली कामदारहरुको संख्यामा पनि केही महिनादेखि घट्दै गएको देखिएको छ । वैशाख महिनामा १४ हजार ६३४ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका छन् । गत चैतको तुलनामा वैशाखमा श्रम स्वीकृति लिनेको संख्या एक हजार ६२२ ले कम हो । वैशाखको संख्या अघिल्लो महिना फागुनको भन्दा पाँच हजार १८१ ले कम हो । यद्यपि, विभागले सार्वजनिक गरेको तथ्यांकको आधारमा अझैपनि मलेसिया नेपालीहरुको पहिलो रोजाइको गन्तव्यको रुपमा कायम छ । यसैगरी वैशाख महिनामा रोजगारीका लागि कतार जान १० हजार २३० जनाले श्रम स्वीकृति लिएका छन् । कतार जाने नेपालीको संख्या पनि क्रमिकरुपमा घट्दै गएको छ । विभागको तथ्यांकअनुसार कतार जान चैत महिनामा ११ हजार २४९, फागुन महिनामा ११ हजार ३०३, माघ महिनामा १२ हजार ७०४ र पुस महिनामा १३ हजार ६६ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै संयुक्त अरब इमिरेट्स (युएई)मा नौ हजार ४८३, साउदी अरेबियामा आठ हजार ६८१ र कुवेतमा दुई हजार ११० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । चैत महिनाको तुलनामा युएई, साउदी र कुवेत जाने नेपालीको संख्यामा पनि गिरावट आएको छ । रोजगारीमा जाने नेपाली कामदारको संख्यामा कमी आए पनि उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा ओगटेको देखिन्छ । यसैगरी रोमानियामा एक हजार ६०६, जापानमा ८१७, पोल्याण्ड ६३५, बहराइनमा ५०५, साइप्रसमा ४६०, माल्दिभ्समा ४३०, ओमानमा ३५०, माल्टामा २५७ र क्रोएसियामा २१६ जनाले रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या दुई हजार ५७४ रहेको छ । विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने २१ हजार १७ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३३ हजार ४४० जना रहेका छन् । वैशाख महिनामा श्रम स्वीकृति लिनेमध्ये चार हजार ९४८ जना महिला रहेको विभागले उल्लेख गरेको छ ।विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लागतरुपमा धनुषाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ भने सिरहा दोस्रो स्थानमा रहेको छ । यस्तै झापा र मोरङ क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने महोत्तरी पाँचौंमा रहेको छ । त्यसैगरी सुनसरी, रुपन्देही, सर्लाही, सप्तरी, कपिलवस्तु र चितवनबाट पनि विदेश जानेको संख्या ठूलो रहेको छ । चालु आर्थिक वर्षको सुरुआतीदेखि नै रोजगारीका लागि विदेशिने नेपालीको संख्यामा वृद्धि हुँदा यो १० महिनाको अवधिमा छ लाख ८८ हजार ५०० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
धेरै नेपाली जाने १० मुलुक मलेसिया– १४६३४ कतार– १०२३० युएई– ९४८३ साउदी– ८६८१ कोरिया– २५७४ कुवेत– २११० रोमानिया– १६०६ जापानमा– ८१७ पोल्याण्ड– ६३५ बहराइन– ५०५

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP