Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पुनःएकीकरण कार्यक्रमलाई १५ करोड अनुदान
पुनःएकीकरण कार्यक्रमलाई १५ करोड अनुदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ३, २०८०
bairo sachibalaya _23
Hardik health
- कार्यक्रम सञ्चालनका लागि ८१ स्थानीय तह छनोट - एउटा स्थानीय तहले आठदेखि २६ लाखसम्म अनुदान पाउने
काठमाडौं- सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई लक्षित गरी सञ्चालन गर्न लागेको पुनःएकीकरण कार्यक्रमका लागि १५ करोड रुपैयाँ अनुदान दिने भएको छ । कार्यक्रम सञ्चालनको अनुमति पाएका ८१ स्थानीय तहलाई वैदेशिक रोजगार बोर्ड सचिवालयले उक्त रकम अनुदानको रुपमा दिने भएको हो । बोर्ड सचिवालयले केही समयअघि पुनःएकीकरण कार्यक्रम सञ्चालनका लागि स्थानीय तहसँग प्रस्ताव माग गरेको थियो । सोही आधारमा कार्यक्रम सञ्चालन गर्न प्रस्ताव पठाएका १५६ मध्ये ८१ स्थानीय तह छनोटमा परेका थिए । सरकारले गत वर्ष असारमा वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि पुनःएकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ स्वीकृत गरेसँगै बोर्डले आवश्यक पूर्वतयारी थालेको थियो । छनोटमा परेका सबै स्थानीय तहले कार्यक्रम सञ्चालन गरिरहेको बोर्डले जनाएको छ । ‘अहिले पाइलट प्रोजेक्टको रुपमा विदेशबाट फर्किएका तीन हजार २२० कामदारलाई समेटेर कार्यक्रम सञ्चालन भइरहेको छ,’ बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले भने, ‘यो कार्यक्रमको प्रभावकारितालाई हेरेर आगामी आर्थिक वर्ष ठूलै संख्या समेटिनेगरी अहिलेको भन्दा बढी स्थानीय तहसँग कार्यक्रम सञ्चालन गर्न समन्वय गर्नेछौं ।’ विदेशबाट फर्किएका कामदारको संख्याका आधारमा एउटा स्थानीय तहलाई आठदेखि २६ लाख रुपैयाँसम्म अनुदान दिइने बोर्डले जनाएको छ । अनुदान रकम स्थानीय तहमार्फत विदेशबाट फर्किएका कामदारको वित्तीय साक्षरता, मनोपरामर्श, उद्यमशीलता, आर्थिक सशक्तीकरण र सीप तथा तालिमका लागि खर्च हुने बताइन्छ । वैदेशिक रोजगारीमा जाने सबै कामदार सकुशल फर्किने सम्भावना नभएको भन्दै श्रम गन्तव्यमा समस्या पर्ने, बिरामी हुने, अंगभंग हुनेहरूलाई समेत समाजमा पुनःस्थापित गर्ने उद्देश्यकासाथ पुनःएकीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यकारी निर्देशक उप्रेतीले बताए । ‘कार्यक्रमले स्वदेश फर्किएकालाई समाज र परिवारमा स्थापित गराउन र उद्यमशीलताको मार्गमा लैजान महŒवपूर्ण भूमिका खेल्नेछ,’ उनले भने । कार्यक्रम सञ्चालनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्नसक्ने व्यवस्था भए पनि संघ, प्रदेश तथा स्थानीय तह र अन्तर्राष्ट्रिय दातृ निकायले पनि सहकार्य गर्न सक्ने बोर्डले जनाएको छ । विभिन्न गन्तव्य मुलुकले पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने बताए पनि अहिलेसम्म दक्षिण कोरियालेमात्रै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।  
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP