Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममन्त्री–एसोसियसन पदाधिकारी भेट ‘वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रीको आग्रह’
श्रममन्त्री–एसोसियसन पदाधिकारी भेट ‘वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रीको आग्रह’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०७६
mantri-forum
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आग्रह गरेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी एसोसिएसनका नवनिर्वाचित पदाधिकारीहरूसँग बुधबार मन्त्रालयमै भेट गरी मन्त्री यादवले वैदेशिक रोजगारका नाममा गलत कामहरू पनि भएकाले यसलाई रोक्नका लागि यस व्यवसायलाई व्यवस्थित बनाउन व्यावसायीहरूले पनि सहयोग गर्न आग्रह गरे । मुलुकमा रोजगारको सम्भावना नभएकाले वैदेशिक रोजगार निर्विकल्प भएको मौका छोपी सर्वसाधारणलाई मर्का पारिएको भन्दै यसलाई निरुत्साहित बनाउन उनले बताएका छन् । सुकिलामुकिलालाई छाडेर जो दिनभर काम गरेर पनि चुल्हो बाल्न धौ धौ छन् उनीहरूको उद्धारका लागि व्यवसायीहरूले पनि ध्यान दिनुपर्ने बताए । सुखमा कोही पनि विदेश नजाने भन्दै मन्त्री यादवले भने, ‘मजबुरीमा विदेशमा जाने भएकाले उनीहरूका बारेमा राज्यले सोच्नु पर्ने बेला भएको तर यसमा सत्तापक्षको मात्र नभएर प्रतिपक्षी र मुख्यगरी व्यवसायीले पनि ध्यान दिनुपर्छ ।’ बाध्यतामा कोही पनि वैदेशिक रोजगार जानु नपरोस् भन्ने चाहना सरकारको भएको भन्दै उनले सरकारले वैदेशिक रोजगारलाई इच्छाधीन बनाउनेतिर ध्यान दिएको बताएका छन् । वैदेशिक रोजगारमा ज्यान जोखिममा राखेर जाने युवा भोलि बक्समा प्याक भएर आउन सक्ने भए पनि यतातिर नसोची विदेशिनु तर उसको बारेमा सरकार र व्यावसायीले ध्यान नदिने हो भने यसले गलत संस्कार बसाउने भन्दै कामदारले रेमिट्यान्स होइन, ऊ सुरक्षित हुनुपर्ने बताए । युवालाई वैदेशिक रोजगारमा पठाइसकेपछि उस्ले कमाउने मात्र नभएर सुरक्षित पनि हुनुपर्नेतिर सरकारले बढी ध्यान दिएको भन्दै यसका लागि म्यानपावर व्यवसायी पनि उत्तिकै जवाफदेही हुनुपर्ने मन्त्री यादवले बताएका छन् । वैदेशिक रोजगार अव्यवस्थित भएको भन्दै यसको सबै प्रक्रिया पनि अव्यवस्थित भएको भन्दै व्यवस्थित बनाउन आफ्नो अधिकतम प्रयास रहने बताए । आफ्नो नागरिकको बारेमा सरकारले सोधखोज नगरेको भन्दै अब यसको लिखित प्रमाण राखिने उनले बताएका छन् । नेपालको जंगलमा जंगली जनावरको यकिन तथ्यांक राखिने तर नागरिकको तथ्यांक नराखिएको भन्दै यसलाई अब व्यवस्थित रूपले अभिलेख राखिने बताए । वैदेशिक रोजगारमा जाने युवाहरूको आधिकारिक तथ्यांक नराखिएकोप्रति मन्त्री यादव आक्रोशित भएका छन् । युवाहरू विदेश गएको अभिलेख भए पनि फर्केको अभिलेख नभएको भन्दै योभन्दा अर्को अव्यवस्थित हुनै नसक्ने उनले बताए । अब यसलाई व्यवस्थित गराउन सरकारलाई सहयोग गर्न व्यवसायीहरूलाई आग्रह गरे । वैदेशिक रोजगारमा सबैभन्दा विवादमा आएको सेवा शुल्कका बारेमा पनि उनले व्यवहारिक रूपमा नै बोलेका छन् । यसअघिका मन्त्रीहरूले यसका बारेमा जिब्रो चपाउँदै आए पनि मन्त्री यादवले भने १० हजार सेवा शुल्क अपर्याप्त भएको स्पष्ट रूपमा बताए । सेवा शुल्क १० हजार भएकाले १० हजारको रसिद कटाए पनि व्यवहारमा यो लागू नभएको भन्दै यसका लागि सरकार र व्यावसायी बसेर छलफल गर्नुपर्ने उनले बताएका छन् । वैदेशिक रोजगार व्यावसायीहरू दलगत रूपमा एक भएको भए पनि युवाहरूले भने दलको नभएर नेपाली कामदारको ट्याग लगाएर जाने भएकाले सबै व्यावसायीहरूले कामदारको हितका बारेमा एकै ठाउँ बसेर काम गर्न आग्रह गरे । त्यस्तै, उनले एसोसियसनका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै व्यवसायीले राखेको मागका बारेमा उनले लिखित रूपमा नै पेस गर्न भनेका छन् । भेटमा एसोसियसनका महासचिव भवानी निरौलाले सेवा शुल्कका बारेमा उत्पन्न विवादलाई समाधान गर्न आग्रह गरेका छन् । विभागले सञ्चालन गरेको फेम्सले १५ दिनमा पुनः विज्ञापन गर्नुपर्ने प्रावधानका कारण व्यवसायीले दुःख पाएको भन्दै उनले यसबारेमा मन्त्रालय तहबाट नै समाधान गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा एसोसियसनका समेत पूर्वअध्यक्ष विमलप्रसाद ढकालले भारतमा समेत असफल फ्रि भिसा, फ्रि टिकट व्यवस्थालाई नेपालमा घोषणा गरेर यस व्यवसायलाई अस्थिर बनाउन खोजिएको बताएका छन् । एसोसियसनका नवनिर्वाचित अध्यक्ष नरेन्द्र ढकालले कानुनको अस्पष्टताले वैदेशिक रोजगार छिन्नभिन्न हुने अवस्थामा पुगेको बताएका छन् । त्यसमाथि सरकारले हरेक वर्ष सय जना कामदारलाई वैदेशिक रोजगारमा पठाउनै पर्ने प्रावधान ल्याएर कानुनको उल्लंघन गरेको बताए । ऐनमा कुनै दुई आर्थिक वर्षमध्ये एक आर्थिक वर्षमा सय जना पठाउनु पर्ने भनिएको भए पनि नियमाली बनाएर हरेक वर्ष सय जना पठाउनै पर्ने बाध्यकारी नियम लादेको भन्दै यसप्रति मन्त्रालयले पुनर्विचार गर्नुपर्ने बताए । कम्पनी ऐनअनुसार दर्ता भएको कम्पनीले लाग्ने कर तिर्दै नवीकरण गर्न पाउने व्यक्तिको नैसर्गिक अधिकारमाथि प्रहार भएको भन्दै कम्पनी खारेज गर्ने अधिकार कोहीकसैलाई नभएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०४:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP