Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भिएफएस लागू नगराउन श्रममन्त्री र सचिवको ध्यानाकर्षण
भिएफएस लागू नगराउन श्रममन्त्री र सचिवको ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १, २०८०
Mantri Bhandari
Hardik health
काठमाडौं – नेपालका लागि साउदी अरेबियाको राजदूतावासले भिएफएस ग्लोबल सर्भिसेस नेपालमार्फत भिसा प्रक्रिया अगाडि बढाउने निर्णय गरेसँगै वैदेशिक रोजगारी व्यवसायीहरु आक्रोशित भएका छन् । वैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्तव्यमध्येको एक साउदीले सम्पूर्ण भिसा प्रक्रियामा एकाधिकार (सिण्डिकेट) हुनेगरी भिएफएसलाई भिसा सेन्टरको रुपमा तोकिएको भन्दै व्यवसायीहरु आक्रोशित बनेका हुन् । साउदी दूतावासले ८ मे २०२३ मा परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरी पठाएको कूटनीतिक नोटप्रति असहमति जनाउँदै वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार विज्ञप्ति निकाल्यो । यतिमात्र नभई संघले दूतावासको निर्णय सच्याउन निर्देशन दिनुपर्ने भन्दै आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदै श्रममन्त्री शरतसिंह भण्डारी र श्रमसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाएको छ । संघले बुझाएको ज्ञापनपत्रमा भिएफएसको नामबाट वैदेशिक रोजगार व्यवसायीलाई गुमराहमा राखी झुक्याउने खेल भइरहेको भन्दै श्रमिकलाई थप आर्थिक भार पार्ने उद्देश्य राखेर खोलिएको संस्था भएको उल्लेख गरिएको छ । सोही पत्रमार्फत कामदारसँग जोडिने हरेक विषयमा श्रम मन्त्रालयसँग छलफल र स्वीकृतिविना खडा हुने भिसा सेन्टर, मेडिकल सेन्टरलगायतका संस्थाहरु संघलाई मान्य नहुने चेतावनी दिइएको छ । ‘साउदी अरब मुलुकमा जान भिसा प्रक्रियाका लागि भिएफएस ग्लोबल सर्भिस नेपाल खडा गरी उक्त भिसा सेन्टरमार्फत कामदारका भिसा प्रक्रिया गर्ने भनिएको छ । यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानकर्षण गराउदै सो कार्य नगर्न÷नगराउन सम्बन्धित पक्षलाई निर्देशन गरिदिनुहुन माननीय मन्त्रीज्यू र सचिवज्यूसमक्ष हार्दिक अनुरोध गर्दछौं,’ संघले भनेको छ । संघले व्यवसायी र श्रमिकको अहितमा हुने कुनै पनि सिण्डिकेटको विपक्षमा रहेको जनाएको छ । केही महिनायतादेखि मलेसिया, साउदी अरेबिया, युएईलगायतका मुलुकमा व्यावसायिक आवरणमा केही व्यक्तिले सिण्डिकेट लागू गर्न खोजेको भन्दै संघले त्यसविरुद्ध वक्तव्य जारी गर्दै आएको छ । भिसासम्बन्धी प्रक्रियाका लागि भिएफएसलाई ‘भिसा सेन्टर’को रुपमा तोकिनु सिण्डिकेट भएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए । दूतावासको निर्णय सच्याउनुपर्छ भन्नेमा श्रममन्त्री भण्डारी सकारात्मक रहेको भन्दै समस्या समाधानमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए । साथै, दूतावासले गरेको उक्त निर्णय फिर्ता लिन पनि भुर्तेलले आग्रह गरे ।  
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP