Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘भिजिट मधेस–२०२० एन्ड बियोन्ड’ २२ वटै जिल्लामा
‘भिजिट मधेस–२०२० एन्ड बियोन्ड’ २२ वटै जिल्लामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २९, २०७६
visit madhesh 2020 (1)
Hardik health
काठमाडौं–गत पुष २२ गते घोषणा गरिएको ‘भिजिट मधेश–२०२० एण्ड बियोण्ड’ को उद्घघोष तथा अन्तरक्रिया कार्यक्रम तराईरमधेशका २२ वटै जिल्लामा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सराफले दिएको जानकारी अनुसार आफूहरूले घोषणा गरेको उद्घघोष तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । उनकाअनुसार उक्त कार्यक्रम पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म आयोजना गरिएको थियो । नेपाल आएका विदेशी पर्यटकहरूको कम्तिमा एक तिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । विगत अढाई वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्षपनि निरन्तरता दिएको छ । ‘भिजट मधेशबिना भिजिट नेपाल अपुरो’ हुने आयोजको विश्वास छ । तराई र मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने ‘भिजिट मधेस नेपाल’ अभियान नागरिकस्तरबाट बिगत २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यसले नेपालभित्र रहेका तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं बिशेषताहरूलाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन एवं चिनाउदै अगाडि बढिरहेको छ । यो अभियानको लागि तराई मधेसको २२ वटै जिल्लामा जिल्ला, प्रदेश एवं राष्ट्रियस्तरको टिम स्वयंसेवकको रूपमा पर्यटनमैत्री वातावरण निर्माणमा लागेका छन् । साथै टिमहरूले आफ्नो जिल्ला, गाउँ–ठाउँका पर्यटकीय गन्तव्यहरूको बारेमा अध्ययन तथा अनुसन्धान र प्रचारप्रसार गर्ने कामहरू गरिरहेका छन् ।’ आयोजकका अनुसार अहिलेसम्म १२ वटा अन्य देशहरूमा पनि ग्लोबल रूपमा टिमहरू प्रवर्द्धनमा लागेका छन् । आन्तरिक एवं बाह्य पर्यटकहरूको सुबिधाको लागि भिजिट मधेसको डिजिटल प्लेटफर्म (वेबसाईटको मोबाइल एप्स) पनि तयार गरिएको र सो डिजिटल प्लेटफर्मबाट सेवाहरू बुकिङ, खरिद र बिक्री गर्नसक्ने अत्याधुनिक सुबिधा रहेको आयोजकको भनाई छ । यो अभियानको ग्लोबल कोर्डिनेटर प्रमोद राज सर्राफ छन् भने नेसनल कोअर्डिनेटरको रूपमा ओमप्रकाश सर्राफले नेतृत्व गरेका छन् । कार्यक्रममा भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले तराईरमधेशको पर्यटन प्रर्वद्धनबिना समग्र नेपालको पर्यटन क्षेत्रको विकास र समृद्धि असम्भव रहेको बताएका छन् । क्लबमा आयोजित उक्त कार्यक्रममा भिजिट मधेश नेपालका ग्लोबल कोअर्डिनेटर प्रमोद राज सर्राफले प्रविधिलाई भरपुर उपयोग गरेर भिजिट मधेश नेपाल अभियानलाई अघि बढाएको स्पष्ट पारेका थिए । उनले त्यतिवेला भनेका थिए, ‘आजको युग २१औं शताब्दीको युग भएकोले यो शताब्दी भनेको प्रविधिको युग हो । प्रविधिको उपयोग गरेर हामीले कुनैपनि क्षेत्रको विकास, उत्थान, गर्न सक्छौं । थोरै समय खर्चिएर चाँडै काम सम्पन्न गर्न सक्छौँ ।’ राष्ट्रिय संयोजक सर्राफले आफूहरूको अभियानमा साथ, सहयोग र सहकार्य सबैलाई धन्यवाद दिएका छन् । उनकाअनुसार २२ वटै जिल्लामा आफूहरूलाई न्यानो आतिथ्यता प्रदान गरिएको थियो । उनले भने, ‘हामीले यो कार्यक्रम लिएर जहाँ जहाँ पुग्यौं, त्यहाँका जनतामा पनि निकै उत्साह देखिएको थियो । उहाँहरूले यो अभियानप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । हामी सबैप्रति आभारी छौँ ।’
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०८:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP