Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘दहेज लिनु र दिनु पाप हो’
‘दहेज लिनु र दिनु पाप हो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २९, २०७६
Hardik health
विराटनगर–दहेजलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा यसले विकराल रूप लिँदै आएको छ । कुनै सयममा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दहेज प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय चिन्तामा डुबेका छन् । दहेज दिन बाध्य हुने समूह चिन्तामा डुबेका छन् भने लिने समूह खुशीले गद्गद हुने गरेका छन् । स्वःस्फूर्त खुशीले बेहुली पक्षले दिने दाइजोमा कुनै समस्या नभए पनि करकापमा पारेर लिने दहेज कानूनी रूपमा अपराध मानेको अधिवक्ता केदार भण्डारीले जानकारी दिए । उनले दहेजलाई नेपालमा अवैध मानेको छ भने लिने र दिने दुबैलाई कानूनले कैद सजाय हुने व्यवस्था गरेको छ । अधिवक्ता भण्डारीले २० वर्ष उमेर नपुगी विवाह गर्नु गराउनु पनि कानूनी हिसाबले दण्डनीय भएकाले यसबाट छुटकारा पाउन आम नागरिक जागृत र सचेत हुनुपर्ने कुरामा जोड दिए । विवाहमा कानूनले तोकेको भन्दा बढी जन्ती गएमा बेहुली पक्षलाई व्यवस्थापनमा निकै कठिनाई हुने र खर्च पनि बढ्न जाने भएकाले यसमा बेहुला पक्ष गम्भीर हुनुपर्ने अधिवक्ता भण्डारीको भनाइ छ । दहेज लिनु र दिनु दुबै हराम मानेका मुसलमान समुदायमा पछिल्लो समय बढ्दै गएको दहेज व्यवहारप्रति आश्चर्य मान्दै मुसलमान धर्म गुरु मौलाना गुलाम रसुल फलाही भन्छन्, ‘धार्मिक ग्रन्थ ‘कुरान’ को उपहास गर्ने मुसलमानलाई अल्लाहले माफ गर्ने छैन ।’ दहेज प्रथा आफैँमा अस्वीकार्य कुरा हो तर पनि भएर दहेज दिन मुसलमान समुदायका केटी पक्षका मानिस बाध्य छन् । दहेजमा अहिले नगद तथा मोटरसाइकल, फर्निचारका र जिन्सी सामान माग्ने क्रम बढ्दै गएको छ । जवान छोरीलाई घरमा राख्नुभन्दा दहेज दिएर विवाह गर्नु नै उत्तम मान्यता राख्ने क्रमले विस्तारै यसले सामाजिक मान्यता पाउन थालेको छ । दहेजले उग्र रूप लिएपछि प्रदेश नं २ को वीरगञ्जबाट शुरु भएको दहेजविरुद्धको अभियानले पनि खासै गति लिन सकेको छैन । दहेज बन्द गर्ने भन्दा लिने मानिसको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सुनसरीगढी गाउँपालिकाका अगुवा मुस्लिम समुदायका गफारले छोरीलाई राम्रो शिक्षादीक्षा दिन सक्यो भने मात्र दहेजलाई नियन्त्रण गर्न सकिने बताउँछन् । मानिसले लुकिलुकी लिने दहेजका समर्थकलाई सामाजिक बहिष्कार गर्न सक्यो भने यो समस्यालाई नियन्त्रणमा लिन सकिने उनको भनाइ छ । इस्लामी संघ मोरङ र सुनसरीले पनि यस विषयमा गम्भीर चिन्ता र चासो देखाएको छ । दहेज शिक्षित परिवारभन्दा अशिक्षित परिवारमा बढी चल्ने गरेको छ । दिनरात अल्लाहको एवादत (प्रार्थना) गर्ने मानिसहरूले अल्लाहको सन्देश नमान्नु निश्चित रूपमा त्यो मानिस मुसलमान हुन नसक्ने गफारले भने । छोरी हुनेहरू यस प्रथाको विपक्षमा र छोरा हुनेहरू पक्षमा भई समाज विभाजित बनेकाले यो समस्यालाई हटाउन निकै समस्या हुने सुनसरी सोनापुरका अगुवा मेहदी हुसेनले बताए । छोरीलाई दाइजो होइन पैतृक सम्पतिमा अंश दिउँ भन्ने नाराका साथ मोरङका मुस्लिम समुदाय दहेजविरुद्ध अभियानमा जुटेका छन् । केही दिन पहिले मोरङको कर्सियामा सामूहिक रूपमा स्थानीय मुसलमान समुदायले अबदेखि छोराछोरीको विवाहमा दहेज नलिने र दहेज पनि नदिने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए । धनपालथान गाउँपालिका–६ का वडाध्यक्ष मोहमद हुसेनले दहेज प्रथाको अन्त्यका लागि अभियान घर–घरसम्म पुर्याउनेमा जोड दिए । दहेज विरुद्धको अभियानलाई सफल बनाउन यसको शुरुआत परिवार र समुदायबाट हुनुपर्ने उनको भनाइ छ । केहीवर्ष पहिले मुस्लिम बाहुल्यता रहेको सुनसरीको सोनापुरबाट शुरु भएको दहेजविरुद्धको अभियानकै बीचमा मानिसहरूले आफ्ना छोराको विवाहमा हाकाहाकी दहेज लिन थालेपछि यो अभियान तुहिएको थियो । दहेज दिने प्रथा सुनसरी, मोरङ र झापाभन्दा पश्चिमका जिल्लामा तीव्र रूपमा देखिएकाले यहाँका मुस्लिम अभिभावकहरू दहेजकै लागि आफ्ना छोराहरूको विवाह कोशी पश्चिमतर्फ गर्न चाहन्छन् । सुनसरीको चाँदबेला, सोनापुर, दुहबी, भमरी, गैसार, खनार, मजरा जस्ता अन्य गाउँमा दहेज विकराल रूपमा बढ्दै गएको छ भने मानिसहरूले छोरीको विवाहमा लाखौँलाख खर्च गर्न बाध्य छन् । रासस
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP