Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘दहेज लिनु र दिनु पाप हो’
‘दहेज लिनु र दिनु पाप हो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २९, २०७६
Hardik health
विराटनगर–दहेजलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा यसले विकराल रूप लिँदै आएको छ । कुनै सयममा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दहेज प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय चिन्तामा डुबेका छन् । दहेज दिन बाध्य हुने समूह चिन्तामा डुबेका छन् भने लिने समूह खुशीले गद्गद हुने गरेका छन् । स्वःस्फूर्त खुशीले बेहुली पक्षले दिने दाइजोमा कुनै समस्या नभए पनि करकापमा पारेर लिने दहेज कानूनी रूपमा अपराध मानेको अधिवक्ता केदार भण्डारीले जानकारी दिए । उनले दहेजलाई नेपालमा अवैध मानेको छ भने लिने र दिने दुबैलाई कानूनले कैद सजाय हुने व्यवस्था गरेको छ । अधिवक्ता भण्डारीले २० वर्ष उमेर नपुगी विवाह गर्नु गराउनु पनि कानूनी हिसाबले दण्डनीय भएकाले यसबाट छुटकारा पाउन आम नागरिक जागृत र सचेत हुनुपर्ने कुरामा जोड दिए । विवाहमा कानूनले तोकेको भन्दा बढी जन्ती गएमा बेहुली पक्षलाई व्यवस्थापनमा निकै कठिनाई हुने र खर्च पनि बढ्न जाने भएकाले यसमा बेहुला पक्ष गम्भीर हुनुपर्ने अधिवक्ता भण्डारीको भनाइ छ । दहेज लिनु र दिनु दुबै हराम मानेका मुसलमान समुदायमा पछिल्लो समय बढ्दै गएको दहेज व्यवहारप्रति आश्चर्य मान्दै मुसलमान धर्म गुरु मौलाना गुलाम रसुल फलाही भन्छन्, ‘धार्मिक ग्रन्थ ‘कुरान’ को उपहास गर्ने मुसलमानलाई अल्लाहले माफ गर्ने छैन ।’ दहेज प्रथा आफैँमा अस्वीकार्य कुरा हो तर पनि भएर दहेज दिन मुसलमान समुदायका केटी पक्षका मानिस बाध्य छन् । दहेजमा अहिले नगद तथा मोटरसाइकल, फर्निचारका र जिन्सी सामान माग्ने क्रम बढ्दै गएको छ । जवान छोरीलाई घरमा राख्नुभन्दा दहेज दिएर विवाह गर्नु नै उत्तम मान्यता राख्ने क्रमले विस्तारै यसले सामाजिक मान्यता पाउन थालेको छ । दहेजले उग्र रूप लिएपछि प्रदेश नं २ को वीरगञ्जबाट शुरु भएको दहेजविरुद्धको अभियानले पनि खासै गति लिन सकेको छैन । दहेज बन्द गर्ने भन्दा लिने मानिसको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सुनसरीगढी गाउँपालिकाका अगुवा मुस्लिम समुदायका गफारले छोरीलाई राम्रो शिक्षादीक्षा दिन सक्यो भने मात्र दहेजलाई नियन्त्रण गर्न सकिने बताउँछन् । मानिसले लुकिलुकी लिने दहेजका समर्थकलाई सामाजिक बहिष्कार गर्न सक्यो भने यो समस्यालाई नियन्त्रणमा लिन सकिने उनको भनाइ छ । इस्लामी संघ मोरङ र सुनसरीले पनि यस विषयमा गम्भीर चिन्ता र चासो देखाएको छ । दहेज शिक्षित परिवारभन्दा अशिक्षित परिवारमा बढी चल्ने गरेको छ । दिनरात अल्लाहको एवादत (प्रार्थना) गर्ने मानिसहरूले अल्लाहको सन्देश नमान्नु निश्चित रूपमा त्यो मानिस मुसलमान हुन नसक्ने गफारले भने । छोरी हुनेहरू यस प्रथाको विपक्षमा र छोरा हुनेहरू पक्षमा भई समाज विभाजित बनेकाले यो समस्यालाई हटाउन निकै समस्या हुने सुनसरी सोनापुरका अगुवा मेहदी हुसेनले बताए । छोरीलाई दाइजो होइन पैतृक सम्पतिमा अंश दिउँ भन्ने नाराका साथ मोरङका मुस्लिम समुदाय दहेजविरुद्ध अभियानमा जुटेका छन् । केही दिन पहिले मोरङको कर्सियामा सामूहिक रूपमा स्थानीय मुसलमान समुदायले अबदेखि छोराछोरीको विवाहमा दहेज नलिने र दहेज पनि नदिने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए । धनपालथान गाउँपालिका–६ का वडाध्यक्ष मोहमद हुसेनले दहेज प्रथाको अन्त्यका लागि अभियान घर–घरसम्म पुर्याउनेमा जोड दिए । दहेज विरुद्धको अभियानलाई सफल बनाउन यसको शुरुआत परिवार र समुदायबाट हुनुपर्ने उनको भनाइ छ । केहीवर्ष पहिले मुस्लिम बाहुल्यता रहेको सुनसरीको सोनापुरबाट शुरु भएको दहेजविरुद्धको अभियानकै बीचमा मानिसहरूले आफ्ना छोराको विवाहमा हाकाहाकी दहेज लिन थालेपछि यो अभियान तुहिएको थियो । दहेज दिने प्रथा सुनसरी, मोरङ र झापाभन्दा पश्चिमका जिल्लामा तीव्र रूपमा देखिएकाले यहाँका मुस्लिम अभिभावकहरू दहेजकै लागि आफ्ना छोराहरूको विवाह कोशी पश्चिमतर्फ गर्न चाहन्छन् । सुनसरीको चाँदबेला, सोनापुर, दुहबी, भमरी, गैसार, खनार, मजरा जस्ता अन्य गाउँमा दहेज विकराल रूपमा बढ्दै गएको छ भने मानिसहरूले छोरीको विवाहमा लाखौँलाख खर्च गर्न बाध्य छन् । रासस
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP