Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायी सशंकित, संघले जनायो विरोध
व्यवसायी सशंकित, संघले जनायो विरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३१, २०८०
VFS Saudi
Hardik health
साउदी दूतावासले कामदारको भिसासम्बन्धी प्रक्रियाका लागि भिएफएसलाई ‘भिसा सेन्टर’को रुपमा तोकिनु सिण्डिकेट भएको संघको आरोप
काठमाडौं– नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मुलुकमध्येको एक साउदी अरेबियाले भिसाको आवेदन भिएफएस ग्लोबल सर्भिसेस नेपालमार्फत लिने प्रक्रिया अगाडि बढाएसँगै वैदेशिक रोजगारी व्यवसायीहरु सशंकित बनेका छन् । उनीहरु साउदीको भिसा प्रक्रियामा एकाधिकार (सिण्डिकेट) लागू गर्न लागिएको भन्दै सशंकित बनेका हुन् । तर, साउदी सरकारले भिएफएसलाई केन्द्र तोकेपछिको अवस्था के हुन्छ भन्नेबारे कारणबारे व्यवसायीहरु नै अन्योलमा देखिन्छन् । साउदी दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरी पठाएको कूटनीतिक नोटमा साउदी प्रवेशका लागि सबै प्रकारका भिसा तथा यात्रासम्बन्धी अनुमति प्रदान गर्ने कार्य भिएफएस ग्लोबल सर्भिस नेपालले सञ्चालन गर्ने जानकारी दिएपछि अन्योलको अवस्था सिर्जना भएको हो । वैदेशिक रोजगार व्यवसायी संघले साउदी दूतावासबाट नेपाल सरकारलाई आएको जानकारीपश्चात् लागू गर्न खोजिएको भिएफएस प्रणालीको कडा प्रतिवाद गर्ने जनाएको छ । यद्यपि, तत्कालै दूतावास घेराउलगायतका आन्दोलन गर्न व्यवसायीहरुले दाबाब दिए पनि संघले कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गर्न सकेको छैन । संघले शनिबार विज्ञप्ति जारी गर्दै व्यवसायी र श्रमिकको अहितमा हुने कुनै पनि एकाधिकारको विपक्षमा रहेको जनाएको छ । केही महिनायतादेखि मलेसिया, साउदी अरेबिया, युएईलगायतका मुलुकमा व्यावसायिक आवरणमा केही व्यक्तिले सिण्डिकेट लागू गर्न खोजेको भन्दै संघले त्यसविरुद्ध वक्तव्य जारी गर्दै आएको छ ।साउदी दूतावासले कामदारको भिसासम्बन्धी प्रक्रियाका लागि भिएफएसलाई ‘भिसा सेन्टर’को रुपमा तोकिनु सिण्डिकेट भएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए । ‘दूतावासले हिजोको आजै यो प्रक्रियामा जाने निर्णय गरेको होइन,’ उनले भने, ‘सिण्डिकेटधारीहरुले लामो समयको पूर्वतयारीपश्चात् निजी कम्पनीमार्फत भिसासम्बन्धी कार्य गराउन दूतावासलाई प्रभावित पार्न सफल भए ।’ उनले व्यवसायी र कामदारविरुद्ध सिण्डिकेट लाद्नेहरुलाई कुनै हालतमा नछाड्ने बताए । त्यस्ता व्यक्तिहरुको निकट भविष्यमा नै पहिचान र भण्डाफोर गर्ने महासचिव भुर्तेलको भनाइ छ । ‘संघ व्यवसायी र कामदारको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छ,’ उनले भने, ‘कामदारमाथि थपिने आर्थिक भार र व्यवसायीले भोग्नुपर्ने झण्झटिलो प्रक्रियालाई कुनै पनि हालतमा स्वीकार्न सकिन्न ।’ कामदरसँग जोडिने हरेक विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल र स्वीकृतिविना खडा हुने भिसा सेन्टर, मेडिकल सेन्टरलगायतका कुनै पनि संस्थाहरु संघलाई मान्य नहुने महासचिव भुर्तेलले बताए । उनले नेपालका लागि साउदी राजदूत साद अबुहमिदसँग बुधबार भएको भेटमा सामान्यरुपमा अनौपचारिक कुराकानी भए पनि तत्कालै भिएफएस लागू गर्ने निर्णय आउनुले आश्चर्य लागेको बताए । दूतावासले गरेको उक्त निर्णयमाथि पुनर्विचार गर्न पनि भुर्तेलले आग्रह गरे ।वैदेशिक रोजगार तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङले भिसा प्रक्रियाका लागि प्रत्येक देशको आ–आफ्नै नीति हुने बताए । त्यही कारण साउदी दूतावासले भिएफएसमार्फत भिसासम्बन्धी प्रक्रियाको काम गर्ने निर्णय गरेको हुनसक्ने उनको बुझाइ छ । ‘विस्तृत विवरण नआएसम्म भिएफएसमार्फत हुने कार्यले पार्ने प्रभावका बारेमा यसै भन्न सकिन्न,’ उनले भने, ‘एक हप्ताभित्रमा आवश्यक प्रक्रियागत विषयमा जानकारी दिने भनिएको छ, त्यतिबेलासम्म पर्खिनु उत्तम होला ।’ भिसासम्बन्धी कार्य जहाँबाट गरे पनि रोजगारीका लागि साउदी जाने कामदारले सहज र सुलभ सेवा पाउनुपर्ने डा. गुरुङले बताए । संघले भिएफएस प्रणाली लागू भए वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि आर्थिक भार थपिने बताएको छ । व्यवसायीलाई गुमराहमा राखेर लागू गरिने प्रणाली स्वीकार्य नहुनेसमेत संघको भनाइ छ । ‘...साउदी अरब मुलुकमा जान भिसा प्रक्रियाका लागि भिएफएस ग्लोबल सर्भिसेस नेपाल खडा गरी उक्त भिसा सेन्टरमार्फत कामदारका लागि भिसा प्रक्रिया गर्ने भनिएको छ,’ संघले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कामदारसँग जोडिने हरेक विषयमा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल र स्वीकृतिविना खडा हुने भिसा सेन्टर, मेडिकल सेन्टरलगायतका संस्थाहरु संघलाई मान्य हुने छैन ।’
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP