Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कर्नरमा गृहका कमाण्डरहरु
कर्नरमा गृहका कमाण्डरहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २९, २०८०
Grihamntries2 copy
RBB RBB
  -महत्वपूर्ण सूचना संकलनदेखि कारबाहीको प्रक्रिया चलाउने नेपाल प्रहरी र देशभरका जिल्ला प्रशासन चलाउने प्रमुख जिल्ला अधिकारीको गृहबाटै चल्छ कमाण्ड । - पछिल्लो चरणमा गृहमन्त्री भएकाहरु विभिन्न काण्डमा मुछिँदै कमजोर बन्न थालेका छन् । -गृहको कमाण्ड सम्हालेका कतिपयले भने राजनीतिबाटै हात धुनुपरेको छ।
काठमाडौं– गृह मन्त्रालय, जुनसुकै पार्टीको सरकार आए पनि पहिलो रोजाइमा पर्ने मन्त्रालय हो । पछिल्लो सरकार निर्माणका क्रममा पनि गृह मन्त्रालय लिन दलहरुबीच घम्साघम्सी परेको थियो । शीर्ष दलका नेताहरु यो मन्त्रालयको नेतृत्वका लागि नतम्सिने को होला र ? दुई ठूला दलको कमान सम्हालिरहेका नेताहरु पनि गृहकै नेतृत्व गरेर चर्चा कमाएका नेताहरु हुन् । महŒवपूर्ण सूचना संकलनदेखि कारबाहीको प्रक्रिया चलाउने नेपाल प्रहरीदेखि देशभरको जिल्ला प्रशासन चलाउने प्रमुख जिल्ला अधिकारीको कमाण्ड गृहबाटै चल्छ । त्यसैले यो मन्त्रालयमा आएर शक्ति आर्जन गर्ने चाहना धेरै नेताहरुले राख्छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै बेलाका शक्तिशाली गृहमन्त्री बनेका थिए । अहिले राष्ट्रपति बनेका रामचन्द्र पौडेल कुनैबेला गृहमन्त्री बनेका थिए । तीन नेता शक्तिशाली पदमा पुगे पनि पछिल्लो चरणमा बनेका गृहमन्त्रीहरु भने विभिन्न काण्डमा मुछिँदै कमजोर बन्न थालेका छन् । गृहको कमाण्ड सम्हालेका कतिपयले भने राजनीतिबाटै हात धुनुपरेको छ । बालकृष्ण हिरासतमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता अहिले प्रहरी हिरासतमा पुगेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा करोडौं ठगीको आरोपमा खाण बुधबार पक्राउ परेका हुन् ।कांग्रेस सभापति देउवाका विश्वासपत्रका रुपमा हेरिने खाण कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री बन्ने चाहना राख्थे । यद्यपि, कृष्णप्रसाद सिटौला गुटलाई व्यवस्थापन गर्नुपर्दा खाणले महामन्त्रीको उम्मेदवार बन्न पाएनन् । खाण महाविधेशनमा केन्द्रीय सदस्यमै चित्त बुझाएर बसे । गत ४ मंसिरको निर्वाचनमा गृहमन्त्री रहेकै बेला खाण पराजित भए । सत्ताको शक्ति र गठबन्धनको बल हुँदा पनि उनले चुनाव जित्न सकेनन् । त्यसयता कमजोर बनेका खाण अहिले प्रहरीको हिरासत पुगेका हुन् । महिनादिनमै गुम्यो लामिछानेको पद राजनीतिमा लागेको छोटो समयमै उदायका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धनको सरकारमा सहभागी हुँदा गृहजस्तो शक्तिशाली मन्त्रालय सम्हाल्न पाए । चुनाव जितेर आएपछि पहिलोपटकमै गृहको बागडोर सम्हाल्न पाएपछि लामिछानेको वाहवाही झन् चुलियो । तर ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ले लामिछानेलाई लखेटिरह्यो । नागरिकता र राहदानी दुरुपयोगको आरोपमा उनीमाथि विभिन्न मुद्दा लागेको थियो । सोही मुद्दाबाट उम्कन गृह रोजेको आरोप खेप्दै गृह पुगेका उनले एक महिनामात्र गृहको कमाण्ड सम्हाल्न पाए । त्यसपछि नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदियो । योसँगै उनको मन्त्री पद पनि गयो । नागरिकता प्राप्तिपछि लामिछाने शक्तिशाली मन्त्रालयमा जान पुन तम्सिएका थिए । तर, सत्ता गठबन्धनले उनको मनसायलाई वास्ता गरिदिएन । त्यसो त लामिछाने उपनिर्वाचनबाट पुनः संसद् छिरिसकेका छन् । तर, गठबन्धनले उनी आउनुअघि नै नारायणकाजी श्रेष्ठलाई गृहको तालाचाबी दिइसकेको थियो । जसकारण रास्वपा अहिले सरकारबाट बाहिरिएको छ । खुमबहादुर र वामदेवको ‘पावर’ कांग्रेस नेता खुमबहादुर खड्का कुनैबेला शक्तिशाली गृहमन्त्री थिए । दुईपटकसम्म गृहमन्त्री बन्दा खड्काले प्रहरीमा आफ्नो नातेदार र कार्यकर्ताको भर्ती केन्द्र नै बनाएको आरोप छ । यसरी चर्चामा छाएका खड्का एकाएक कांग्रेसमा शक्तिशाली बने । कहिले गिरिजाप्रसाद कोइराला गुटमा त कहिले शेरबहादुर देउवा गुटमा खेलेर शक्तिशाली बनेका खुमबहादुर पार्टीमा शक्तिशाली बन्दै गएका थिए । २०५९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बक्राहा नदी नियन्त्रण आयोजना लगायतमा भ्रष्टाचारको मुद्दामा जेल चलान गरेपछि खड्का राजनीतिमा कमजोर बने । अख्तियारले मागेको तीन करोड रुपैयाँ धरौटी २०५९ पुस १९ मा बुझाएर छुटेका उनले राजनीतिमा आक्रामकरुपमा आउने प्रयास गरेका थिए । तर, उनको राजनीति त्यति जम्न सकेन । देश गणतन्त्रमा जाँदा कांग्रेसले धर्मनिरपेक्ष राष्ट्रको पक्षमा मत दिँदा उनी हिन्दू राष्ट्रको पक्षमा अभियान चलाइरहेका थिए । पछि उनको भारतमा उपचारका क्रममा २०७४ चैतमा निधन भयो । खुमबहादुरजस्तै चर्चित पात्र हुन्, वामदेव गौतम । एमालेबाट गृहमन्त्री बनेका गौतम पार्टीमा उस्तै शक्तिशाली मानिन्थे । पार्टीमा उपाध्यक्षसम्म बनेका उनी जसरी पनि प्रधानमन्त्री बन्न चाहन्थे । यसका लागि गौतमले अनेक प्रयास गरे । एमाले र माओवादी एकताका सुत्राधारसमेत मानिने गौतमलाई यही एकीकरण अफापसिद्ध बनिदियो । दुई दल तालमेल गरेर चुनाव लड्दा पनि उनले चुनाव जित्न सकेनन् । त्यसपछि कहिले डोल्पा गएर त कहिले काठमाडौंमा निर्वाचन लड्ने कोसिस गरे । एमालेका रवीन्द्र अधिकारीको निधनपछि उपचुनावमा कास्कीबाट उम्मेदवार बन्ने कोसिससमेत गरेका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरी सान्त्वाना दिइन् । यद्यपि, उनी अहिले एमालेको राजनीतिबाट टढिइसकेका छन् । कर्नरमा सिटौला र गच्छदार नेपाली कांग्रेसमा शक्तिशाली नेतामा पर्थे कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार । गृहको कमाण्ड सम्हालेका कारण पार्टी पंक्तिमा बेग्लै फूर्तिफार्ती हुने नै भयो । पार्टीमा बार्गेनिङ पावर बढाउने पद पनि यही थियो । यही कारण सिटौला ‘थर्ड पोल’का रुपमा उदाए । योबीचमा उनले गगन थापा र प्रदीप पौडेललाई हुर्काए । सरकारमा आफ्नो गुटबाट मन्त्री पद दिलाउनदेखि निर्वाचनमा आफ्नो गुटका नेताहरुलाई टिकट दिलाउँथे । तर, अहिले गगन र प्रदीपले गुट छाडेसँगै सिटौला कमजोर बनेका छन् । कांग्रेसमा यस्तै कर्नरमा परेका पात्र हुन्, गच्छदार । पार्टीमा देउवाको चर्को विरोध भइरहँदा फोरम लोकतान्त्रिक नै बिलाएर पार्टी उपसभापति बनेका गच्छदार पछिल्लो निर्वाचनपछि खासै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । ललितानिवास जग्गा प्रकरणमा मुछिएपछि उनको राजनीतिक यात्रा ओरालो लागेको हो । उक्त प्रकरणमा मुछिएपछि गच्छदार १० लाख धरौटी बुझाएर रिहा भएका थिए । कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति भिडेका उनी महाधिवेशन प्रतिनिधिबाट अनुमोदन हुन सकेनन् । छ पटक सांसद यात्रा तय गरेका गच्छदार यसपटक गठबन्धनको शक्ति लाग्दा पनि निर्वाचित हुन सकेनन् । त्यसयता उनी थप कमजोर बन्दै गएका छन् । भीम रावलको अवस्था उस्तै नेकपा एमालेमा प्रस्ट अडान राख्नसक्ने नेताका रुपमा चिनिएका नेता हुन्, भीम रावल । चितवन महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष भिडेका थिए रावल । ओलीका आलोचकका रुपमा चिनिएका रावल पछिल्लोपटक राजनीतिको केन्द्रमा देखिँदैनन् । ओलीको आलोचना गरेकै कारण रावलले यसपटक चुनावमा टिकट पाएनन् । जसले गर्दा रावल अहिले गृहजिल्ला केन्द्रित भएर बस्न थालेका छन् । अरु को–को कमजोर ? कांग्रेसबाट गृहमन्त्री बनेका पूर्णबहादुर खड्का अहिले कांग्रेस उपसभापति छन् । सरकारमा कांग्रेसको नेतृत्व गर्दै सहभागी भएका उनी उपप्रधानसहित रक्षामन्त्री छन् । उनले अर्थमन्त्री लिने उत्कट इच्छा राखे पनि उनको चाहना पूरा हुन सकेन । नेकपा हुँदा गृहमन्त्री बनेका रामबहादुर थापा माओवादीका शक्तिशाली नेता थिए । नेकपा विभाजनपछि एमालेमा लागेका उनी पार्टीमा उपाध्यक्षसम्म भए । तर, उनको उपस्थिति कहीँकतै देखिँदैन । पछिल्लो नक्कली शरणार्थी प्रकरणमा उनको नामसमेत मुछिएको छ । थापाका छोरा प्रतीकको नामसमेत यो प्रकरणमा जोडिएको छ । यता माओवादीबाट गृहको कमाण्ड सम्हालिसकेका जनार्दन शर्मा र कृष्णबहादुर महराको शक्ति पनि कमजोर हुँदै गएको छ । गृहमन्त्री हुँदा शक्ति आर्जेका शर्मा अर्थमन्त्री हुँदा सिसिटिभी फुटेज प्रकरणमा मुछिए । त्यहीबेला माओवादीको महाधिवेशनबाट महासचिव बन्न चाहेका उनलाई पार्टीले स्पेस दिएन । उनले चाहेको पद देव गुरुङले पाए । गृहको कमाण्ड सम्हालिसकेका महरा संसद् सचिवालयकी एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा जेल पुगे । अदालतबाट सफाइ पाएपछि जेलबाट बाहिरिएका उनले पार्टीमा प्रभाव जमाउन सकेका छैनन् । उनलाई अहिले प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
गृहमा कहिले कसको नेतृत्व ?
पुष्पकमल दाहाल ः २०७९ माघ १४ – २०७९ चैत १७ (लामिछाने पदबाट बर्खास्त भएदेखि श्रेष्ठलाई जिम्मेवारी नदिएसम्म)
रवि लामिछाने ः २०७९ पुस ११ – २०७९ माघ १३
बालकृष्ण खाण ः २०७८ असार २९ – २०७९ पुस ११
रामबहादुर थापा ः २०७४ फागुन १४ – २०७८ असार २८
जनार्दन शर्मा ः २०७४ असार १२ – २०७४ असोज ३१
विमलेन्द्र निधि ः २०७३ साउन २० – २०७४ जेठ २४
शक्तिबहादुर बस्नेत ः २०७२ असोज १ – २०७३ साउन २०
माधवप्रसाद घिमिरे ः २०६९ चैत ४ – २०७० माघ २७
विजयकुमार गच्छदार ः २०६८ भदौ १२ – २०६९ फागुन ३०
नारायणकाजी श्रेष्ठ ः २०६८ साउन १६ – २०६८ भदौ ३
कृष्णबहादुर महरा ः २०६८ बैशाख २० – २०६८ साउन १५
भीमबहादुर रावल ः २०६६ असार ३ – २०६७ माघ २२
कृष्णप्रसाद सिटौला ः २०६३ बैशाख १२ – २०६५ भदौ ५
दानबहादुर शाही ः २०६१ बैशाख २० – २०६२ मंसिर ३
धर्मबहादुर थापा ः २०५९ असोज २५ – २०६० जेठ १
रामचन्द्र पौडेल ः २०५६ चैत ८ – २०५८ साउन १०
पूर्णबहादुर खड्का ः २०५६ असार १६ – २०५६ चैत ७
गोविन्दराज जोशी ः २०५५ बैशाख ८ – २०५६ असार १५
खुमबहादुर खड्का ः २०५४ मंसिर १८ – २०५५ बैशाख ७
बुद्धिमान तामाङ ः २०५४ असोज २७ – २०५४ मंसिर १७
वामदेव गौतम् ः २०५३ फागुन २९ – २०५४ असोज २६
खुमबबहादुर खड्का ः २०५२ असोज ५ – २०५३ फागुन २८
केपी शर्मा ओली ः २०५१ मंसिर १४ – २०५२ असोज ५
शेरबहादुर देउवा ः २०४८ जेठ १५ – २०५१ मंसिर १३
योगप्रसाद उपाध्याय ः २०४६ चैत २४ – २०४८ जेठ १४

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’ बुधबार, वैशाख ३१, २०८२
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट बुधबार, वैशाख ३१, २०८२
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP