Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रञ्जिताको अध्यक्ष पदसँगै साधारण सदस्यतासमेत खोसियो
रञ्जिताको अध्यक्ष पदसँगै साधारण सदस्यतासमेत खोसियो
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, साउन १५, २०८२

कार्यवाहक अध्यक्ष बनाउन हाम्रो विधानले कहीँ कतैबाट मिल्दैन तर अध्यक्षले कार्यवाहक अध्यक्ष बनाउनुभयो । विधानविपरीतको काम गरेपछि उहाँमाथि हामीले ‘एक्सन’ लियौं ।
ठाकुरसिंह थारु
महासचिव, नाउपा

 

 

काठमाडौं- पारिवारिकसँगै पार्टीमा निम्तिएको कलहबीच रञ्जिता श्रेष्ठ चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षबाट बर्खास्त भएकी छन् । उनको साधारण सदस्यतासमेत खोसिएको छ । उनी १९ पुस २०७८ मा अध्यक्ष बनेर नाउपा दर्ता गरेकी थिइन् । 

Hardik health

साढे तीन वर्षपछि भने उनलाई श्रीमान् रेशमलाल चौधरी पक्षीय नाउपाको राष्ट्रिय भेलाले बुधबार बर्खास्त ग¥यो । रञ्जिता पछिल्लो समय विवादैविवादमा मुछिएकी छन् । तर, अध्यक्षबाट बर्खास्तीमा पर्नुको कारण भने कार्यवाहक अध्यक्ष तोकिनु हो । स्वास्थ्यको समस्या देखाउँदै उनले आफूनिकट वरिष्ठ नेता शिव बाँस्तोलालाई सोमबार कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी थिइन् । रञ्जिताको यो कदमलाई रेशमपक्षले विधानविपरीत भन्यो । रेशमका अनुसार कार्यवाहक तोक्ने रञ्जिताको कदमले आफू र पार्टी सदस्यहरूको चित्त अत्यन्तै दुख्यो । त्यही भएर रञ्जिताविरुद्ध पार्टीले गम्भीर कदम चाल्न सक्ने बताउँथे । नभन्दै बुधबार रेशमपक्षको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट बर्खास्त गरेको हो ।

पार्टी महासचिव ठाकुरसिंह थारुले प्रभावसँग भने, ‘कार्यवाहक अध्यक्ष बनाउन हाम्रो विधानले कहीँ कतैबाट मिल्दैन तर अध्यक्षले कार्यवाहक अध्यक्ष बनाउनुभयो । विधानविपरीतको काम गरेपछि उहाँमाथि हामीले एक्सन लियौं ।’ रञ्जिताले ‘राष्ट्रिय भेला’लाई सानो सर्कलको स्वार्थी जमघट भनेकी थिइन् । त्यस्तो सर्कलले आफूलाई अध्यक्षबाट हटाउने विषय हास्यास्पद हुने उनले टिप्पणी गरिन् । ‘मलाई केन्द्रीय अध्यक्षबाट हटाउने ? यो आफैंमा हास्यास्पद कुरा हो । केन्द्रीय अध्यक्षको जिम्मेवारी विधानअनुसार हुन्छ, कुनै व्यक्तिको चित्त नबुझेर हुँदैन,’ रेशमलक्षित रञ्जिताको भनाइ थियो ।

 

मलाई केन्द्रीय अध्यक्षबाट हटाउने ? यो आफैंमा हास्यास्पद कुरा हो । 
रञ्जिता श्रेष्ठ चौधरी
नाउपा अध्यक्षबाट पदमुक्त
 

बर्खास्त भएकी रञ्जिता नाउपाकी संस्थापक अध्यक्ष हुन् । श्रीमान् रेशम संरक्षकको भूमिकामा छन् । २०८० को पुसमा भएको पार्टीको पहिलो महाधिवेशनबाट रञ्जितालाई अध्यक्षबाट हटाइएको थियो । पछि उनलाई सहअध्यक्ष मनोनीत गरिएको थियो । रञ्जिताले स्वीकारिनन् । त्यसबेला रेशम अध्यक्ष बनेका थिए ।  तर, निर्वाचन आयोगले रेशमलाई अध्यक्ष हुन अयोग्य ठहर गर्याे । रञ्जिता स्वयंले पनि आफूविरुद्ध सर्वोच्च अदालतमा परेको एक मुद्दामा लिखित जवाफमा भनेकी थिइन्, ‘...जन्मकैदको सजाय भोगी कारागारमा बसेको अवस्थामा राजनीतिक दलको सदस्यता प्रदान हुने अवस्था थिएन, र छैन । महाधिवेशनबाट केन्द्रीय अध्यक्ष चुनिने कुरा त परै जाओस् निजले संगठित सदस्यता प्राप्त गरी महाधिवेशनमा भाग लिन पाउने अवस्थासमेत छैन ।’

तर, नाउपाको रेशमपक्षीय केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद लगायतको बुधबारको भेलाले रञ्जितालाई पदमुक्त गरिएको हो । नाउपाका नेताहरूका अनुसार पदमुक्त गर्न हुँदैन भन्ने आवाज भेलामा सुनिएन । अध्यक्ष रञ्जिता र उनीपक्षीय कोमल ज्ञवाली भेलामा थिइनन् ।  बर्खास्तीअघि रञ्जितालाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण दिने अवधि २४ घण्टा थियो । त्यस अवधिमा रञ्जिताले स्पष्टीकरण नदिएको महासचिव थारुले बताए । उनका अनुसार स्पष्टीकरण नआएपछि उनलाई पदमुक्त गरिएको हो । 

रञ्जितामाथि कारबाही गर्नुको पछाडि विविध घटनाक्रम जोडिएका छन् । त्यसमध्येको एउटा हो– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएको बेला उनले कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवा प्रकरणमा घुस लिएको अडियो बाहिरिनु । दुई निकायका प्रमुखको सरुवा बहुचर्चित लिचीबारी प्रकरण हो । यसमा रञ्जिता मुछिएकी छन् । हुन पनि पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, रञ्जिता र मन्त्रीलाई पैसा बुझाउने व्यक्तिसँग निरन्तर संवाद भएको अडियो नै सार्वजनिक भइसकेको छ । कतिसम्म भने रञ्जिताले पोखराका विचौलियासँग निरन्तर फोन र म्यासेज गरेर काम अघि बढाइदिने आश्वासन दिएको खुलेको छ । यसबारे अख्तियारले रञ्जितासँग बयान लिइसकेको छ । 

यो प्रकरणपछि रेशमले रञ्जितालाई पार्टी बैठकमा स्पष्टीकरण दिन दबाब दिएका थिए । रञ्जिता यो प्रकरणमा जिम्मेवार बन्नुपर्ने उनको मत थियो । यस्तोमा स्वास्थ्य समस्याको कारण देखाउँदै आफूनिकट शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर चलाखीपूर्वक सम्भावित कारबाहीबाट जोगिन उनले रणनीति अख्तियार गरिन् । भलै उनी कारबाहीबाट जोगिनन् । अर्को, रेशम–रञ्जिता सम्बन्ध ठीकठाक छैन । टीकापुर घटनामा दोषी ठहरिएर जेल परेका रेशम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर छुटेदेखि नै श्रीमान्–श्रीमतीको राजनीतिक र पारिवारिक दुवै सम्बन्धमा दरार पैदा भयो । उनीहरूबीचको टकराव सार्वजनिकरूपमै प्रकट हुँदै आयो । त्यसको असर प्रदेश र संघीय सरकारमै पटक–पटक देखियो । 

जनमत पार्टी र नाउपाबीचको एकता प्रक्रियामा पनि रेशम–रञ्जिताको फरक–फरक धारणा थियो । तर, पार्टी एकता भएन । पार्टी सञ्चालन प्रणालीमै पनि दुईबीच मतान्तर थियो । मतान्तर बढ्दै जाँदा दुई पक्षबीच केही महिनाअघि पार्टी कार्यालयमै हात हालाहाल भएको थियो । त्यसपछि पार्टीमा समानन्तर गतिविधि बढ्दै थियो । त्यहीबीच रेशमले एकपटक रञ्जिताकै कारण आफू आत्महत्या गर्ने तहसम्म पुगेको बताएका थिए । उनै रञ्जितालाई अध्यक्षबाट बुधबार बर्खास्त गरिएको हो ।


अबको अध्यक्ष को ? 
रञ्जिता श्रेष्ठको बर्खास्तीपछि नाउपा अध्यक्षमा तीन जना नेताको नाम चर्चामा छ– रामलाल डगौरा, लालवीर चौधरी र गंगा चौधरी । टीकापुरका मेयरसमेत रहेका रामलाल पार्टीको निर्वाचन आयोग एवं अनुशासन आयोगका अध्यक्ष छन् । उनकै अध्यक्षतामा पार्टीको राष्ट्रिय भेला बसेको हो । रेशमलाल चौधरीका बुबा लालवीर र गंगा प्रतिनिधिसभा सदस्य हुन् । 
यसअघि महाधिवेशनबाट रेशम अध्यक्ष हुँदा गंगा महासचिव निर्वाचित भएका थिए । उनी पनि यसपटक अध्यक्षको दाबेदार देखिएका छन् । आज भने यिनै तीन नेता रामलाल, लालवीर र गंगामध्ये एक जनालाई अध्यक्ष छनोट गर्ने स्रोतको दाबी छ । 
भेलाबाट एक वरिष्ठ उपाध्यक्ष, सात प्रदेशका संयोजक रहनेगरी सात उपाध्यक्ष, एक महासचिव र सात सहमहासचिव तोकिने भएको छ । महाधिवेशनबाट निर्वाचित सिंगो टिमलाई ब्युउँताउने रेशमपक्षको रणनीति छ । त्यसका लागि निर्वाचन आयोगसँग छलफल गरिरहेको नाउपा महासचिव थारुले बताए ।
 


प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १०:५०
#नाउपा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP