Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको एक वर्ष आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ११, २०८२
  •  सीपको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि चारवटा संस्थासँग सम्झौतापत्रमा हस्ताक्षर
  •   महोत्तरीको बलवामा आधुनिक ल्यावसहितको आवासीय सीप तालिम केन्द्र स्थापना
  •   परम्परागत सीप तथा पेसा अपनाएका ५०० जनालाई उद्यमशीलता तालिम प्रदान गरी स्वरोजगार बन्न सहयोग गरिने

काठमाडौं– राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले गत आर्थिक वर्ष २०८१/८२ मा दक्षिण कोरिया, इजरायल र बेलायतमा जाने आठ हजारभन्दा बढी श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिएको छ । जिटुजी प्रणालीमार्फत यी मुलुक गएका आठ हजार ३२२ जना श्रमिकलाई तालिम प्रदान गरिएको प्रतिष्ठानले जानकारी दिइएको हो ।

प्रतिष्ठानले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सीप विकास गराएर उनीहरुलाई मर्यादित रोजगारीको पहुँचमा पुर्याउने काम गर्दै आएको छ । गत आवमा सीपको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि चारवटा संस्थासँग सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ । प्रतिष्ठानले पाठ्यक्रम निर्माण कार्यविधिको मस्यौदा तयार गरी समितिसमक्ष पेस गर्ने तयारी भएकोसमेत जनाएको छ । 

श्रमबजारको मागअनुरुप निर्माण गरिएका १९ वटा सीपमूलक तालिमको पाठ्यक्रम गत वर्ष स्वीकृत भएको उक्त कार्यक्रममा जानकारी दिइएको थियो । स्वदेश तथा वैदैशिक रोजगारीका लागि आउने श्रमिकको मागलाई सम्बोधन गर्नेगरी पाठ्यक्रम तयार गरिएको प्रतिष्ठानको भनाइ छ । उक्त पाठ्यक्रममा होटल टेक्निसियन, गार्मेन्ट मेसिन अपरेटर, मेसन, स्काभेटर अपरेटर, सहायक ब्युटिसियन, वेटर र वेट्रेस, विद्युतीय सवारी मर्मत प्राविधिक, बेल्डर, बारिस्टा, सुन गाल्ने खार्ने कालिगढ, प्लम्बिङ, केयर गिभर, फुटवयर लास्टिङ एण्ड पेस्टिङ, ल्यापटप मर्मत इलेक्ट्रिसियनलगायत सीपहरु समावेश छन् ।

Hardik health

प्रतिष्ठानले महोत्तरीको बलवामा आधुनिक ल्यावसहितको आवासीय सीप तालिम केन्द्र स्थापना गर्न एक विघा १५ कठ्ठा जग्गा प्राप्त भइसकेको जानकारी दिएको छ । यसका लागि चालु आव २०८२÷८३ मा १३ करोड २७ लाख रुपैयाँ अनुदानबाट भवन निर्माणको काम सुरु गर्ने तयारी रहेको जनाइएको छ । युवाहरु सीप र ज्ञानविनै वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा दक्ष, सीपयुक्त जनशक्ति उत्पादनमा उक्त तालिम केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा तालिम केन्द्र बन्ने जनाइएको छ ।  

वैदेशिक रोजगारीमा जानेलाई सीपयुक्त तालिम दिनुका साथै आन्तरिक रोजगारी सिर्जना गरी बेरोजगारी समस्या न्यूनीकरणमासमेत प्रतिष्ठानले योगदान दिँदै आएको छ । गत आवमा कार्यस्थलमा आधारित तालिम सञ्चालन कार्यविधि समितिबाट स्वीकृत भई मन्त्रालयमा पेस गरिएको, आन्तरिक रोजगारी व्यवस्थापनका लागि सीप विकास गर्न नौ वटा रोजगारदाता संघ र महासंघहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको, प्रतिष्ठानको नियमावली समितिबाट स्वीकृति भई मन्त्रालयमा पेस गरिएको, सीप परीक्षण र प्रमाणीकरण विनियमावलीको मस्यौदा तयार गरी समितिसमक्ष पेस गर्ने तयारी भएकोजस्ता नीतिगत कामहरु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार सो अवधिमा सीप र रोजगारी क्षेत्रमा कार्यरत कर्मचारी, प्रशिक्षक तथा जनशक्ति ७७ जनालाई सामान्य, उद्यमशीलता, अनुगमन तथा मूल्यांकन विषयमा प्रशिक्षक प्रशिक्षण प्रदान गरिएको छ । प्रतिष्ठान र केन्द्रबाट पाँच हजार ३०० जनालाई विभिन्न विषयमा सीपमूलक तथा सीप अभिवृद्धि तालिम प्रदान गरिनुका साथै तालिम सम्पन्न गरेका ३४९ जनाको सीप परीक्षण गरिएको छ । 

प्रतिष्ठानले चालु आवका योजनाको विषयमा पनि जानकारी गराएको छ । जसअनुसार आन्तरिक रोजगारी सिर्जना गर्न १० वटा रोजगारदातासँग गरिएको समझदारीअनुरूप ८६० जनालाई कार्यस्थलमा आधारित तालिम दिइने योजना छ । तालिम लिएकाहरुको रोजगारीको सुनिश्चितता गर्नेसमेत जनाइएको छ । साथै, परम्परागत सीप तथा पेसा अपनाएका ५०० जनालाई उद्यमशीलता तालिम प्रदान गरी स्वरोजगार बन्न सहयोग गर्ने, आगामी वर्ष प्रतिष्ठान र केन्द्रबाट पाँच हजार ७६० जनालाई सीपमूलक र सीप अभिवृद्धि तालिम प्रदान गर्नेलगायत लक्ष्य लिइएको प्रतिष्ठानको दाबी छ ।
 


प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP