Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • समाजवादी मोर्चा विघटनको प्रस्ताव
समाजवादी मोर्चा विघटनको प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १४, २०८२

काठमाडौं- चार दलीय समाजवादी मोर्चा स्थापना भएको दुई वर्ष नपुग्दै यसको औचित्यमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । विशेषतः मोर्चाका वर्तमान संयोजक तथा नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नै मोर्चा विघटनको प्रस्ताव अघि सारेपछि यो बहस अझ चुलिएको हो।

२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा (विप्लव) र जसपा नेपाल मिलेर समाजवादी मोर्चा गठन गरिएको थियो ।  उद्देश्य थियो– समाजवादी कार्यदिशा तय गर्ने र राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाउँदै जनतामाझ बलियो विकल्प पेश गर्ने । तर समय बित्दै जाँदा मोर्चाको गति मन्द हुँदै गयो । मोर्चाभित्र रहेका शक्तिहरूले स्वार्थअनुसार व्यवहार गर्न थालेपछि यसको प्रभावकारिता कमजोर बन्दै गएको विप्लवको बुझाइ छ ।

विप्लवले खासगरी दुई कुरा उठाएका छन्, पहिलो, मोर्चाका मुख्य नेताहरू (प्रचण्ड र माधवकुमार नेपाल) सत्ता केन्द्रित राजनीतिमा मात्रै केन्द्रित छन्, मोर्चाका एजेन्डा प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेका छैनन् । दोस्रो, जनतामा निराशा गहिरिंदै गएको छ, तर मोर्चाले त्यो निराशा हटाउने कुनै ठोस कार्यक्रम ल्याउन सकेको छैन । यसले गर्दा मोर्चा आफ्नै उद्देश्य र मार्गबाट विमुख भएको जस्तो देखिएको छ ।

Hardik health

उनले मोर्चा विघटनको प्रस्ताव गर्नुको पछाडि चेतावनी स्वरूप सन्देश रहेको देखिन्छ, यदि यसरी नै निष्क्रियता र आत्मकेन्द्रित नेतृत्व शैली रहिरह्यो भने, मोर्चाले देश र जनताको पक्षमा ठोस काम गर्न सक्दैन । यस्तो अवस्थामा त्यसलाई कृत्रिम रूपमा जीवित राख्नुको कुनै तुक छैन ।

तर विप्लवको भनाइलाई केही नेताहरूले सकारात्मक सुझावका रूपमा बुझेका छन् । मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार, विप्लवले विघटनभन्दा पनि आत्मसमीक्षा र सुधारको आवश्यकता औंल्याएका हुन् । उनका अनुसार दलहरूले नयाँ परिस्थितिमा नयाँ साझा एजेन्डा बनाएर जनताका पक्षमा काम गर्नुपर्नेमा सहमति जनाएका छन् ।

विप्लवले नेतृत्व सम्हालेपछि राजधानीमा सभा र अन्तरक्रिया कार्यक्रमसमेत गरेका थिए । मोर्चाको केही संरचना स्थानीय तहसम्म विस्तार भएको पनि देखिन्छ । तर राजनीतिक इच्छा शक्ति, साझा उद्देश्यप्रति प्रतिबद्धता र गम्भीर कार्यान्वयन योजना नहुँदा यस्तो मोर्चा केवल औपचारिकता मात्र बन्ने खतरा बढेको विप्लवको चेतावनी हो ।

वास्तवमा, उनले उठाएका प्रश्नहरू मोर्चाको अस्तित्व, व्यवहार र वैचारिक प्रतिबद्धता सबैसँग गाँसिएका छन् । उनी केवल आलोचना मात्र होइन, समाधानका लागि दबाब दिँदै छन् । उनको प्रस्तावले समाजवादी मोर्चालाई जागरुक गराउने र पुनः दिशा दिने अवसरको रूपमा पनि लिन सकिन्छ । तर यदि मोर्चाले फेरि निष्क्रियता प्रदर्शन गर्‍यो भने, विप्लवले भनेझैँ, त्यसको औचित्य स्वतः समाप्त हुन्छ ।
 


प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १४:३२
#विप्लव
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP