Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उत्कर्षमा दाहाल–शर्मा विवाद
आन्तरिक द्वन्द्वमा माओवादी केन्द्र उत्कर्षमा दाहाल–शर्मा विवाद
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, साउन १४, २०८२

विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधिविहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने छ ।
जनार्दन शर्मा
उपमहासचिव, माओवादी केन्द्र
 

  • विशेष महाधिवेशन बोलाउन जनार्दनको माग 
  • पार्टी पुनर्गठनमा जोड 
  • दाहालमाथि शर्माको प्रश्नैप्रश्न
  • विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजनको चर्चा

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक, सैद्धान्तिक, वैचारिक र नेतृत्व क्षमतामाथि उपमहासचिव जनार्दन शर्माले कडा शब्दमा आलोचना गरिरहेका छन् । शर्माको आलोचनालाई दाहालले पचाएका छैनन् र ‘पार्टी छाडेर गए पनि केही फरक नपर्ने’ आशयको अभिव्यक्ति दिइरहेका छन् । दुई नेताबीचको विवादले दिनहुँ उग्ररुप लिँदै गएको छ ।

विगतमा पनि अध्यक्ष दाहालविरुद्ध केही नेताले प्रश्न उठाउँथे । उनको राजनीतिक, वैचारिक र सैद्धान्तिक नेतृत्वकुशलता आलोचनाको केन्द्र बन्थ्यो । तर, त्यसरी आलोचना गर्ने नेतालाई दाहाल राजनीतिकरूपमा भित्तामा पु¥याउँथे । राजनीतिक विश्लेषक झलक सुवेदीका अनुसार पार्टी छाडेर हिँड्न बाध्य पार्थे ।

मैले जति पनि सिँगौरी खेल्न दिएको छु, कतिपयलाई अहिले बिचौलिया र दलालले उचालिरहेका छन् ।
पुष्पकमल दाहाल
अध्यक्ष, माओवादी केन्द्र 

Hardik health

हाल माओवादीका १० उपसमूह छन्, अर्थात् १० भँगाला छन् । कतै शर्मा ११औं भँगालाको तयारीमा त होइनन् ? शंका भइरहेको छ । शंकालाई बल पुग्नेगरी पछिल्ला दिनमा दाहाल–शर्मा मतभेद चुलिएको छ ।मंगलबारमात्रै शर्माले दाहालको नेतृत्व शैलीमाथि प्रश्न उठाए । उनले पार्टीको विशेष महाधिवेशन नै माग गरे । पार्टीमा गुट चलाएको र पार्टी नै विभाजोन्मुख बनाएको आरोपको खण्डन गरेका छन् ।

‘दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ शर्माले चारबुँदे धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डाकेन्द्रित बहस गरौं, जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने छ ।’

उपमहासचिव शर्माले पार्टीमा गुटबन्दी गरेको र पार्टी विभाजन गर्न लागेको आरोपको पनि सामना गरिरहेका छन् । उसो त यसअघि पार्टीमा अन्तरसंघर्ष चल्दा पार्टी विभाजन गरेर नेताहरू लाखापाखा लागेको दृष्टान्त छ । २०६९ असारमा मोहन वैद्यले माओवादी सेनाका लडाकु समायोजनमा असहमति जनाउँदै अर्को माओवादी गठन गरे । वैद्यले गरेको त्यो विभाजन माओवादीको सबैभन्दा ठूलो थियो । त्यसबेला वैद्यसँग नेताहरू रामबहादुर थापा, देव गुरुङ, नेत्रविक्रम चन्द, पम्फा भुसाललगायत करिब ३० प्रतिशत केन्द्रीय सदस्यले एकैपटक विद्रोह गरे । त्यसपछि क्रान्तिकारी माओवादी गठन गरे । 

विभाजनको दुखाइ बिर्सिन नपाउँदै नेतृत्वमाथि प्रश्नैप्रश्न उठाएर २०७२ मा संविधान जारी भएको केही महिनामै उपाध्यक्ष डा. बाबुराम भट्टराईले अर्कै दल गठन गरे । केही वर्षमै वैद्यको दलबाट नेत्रविक्रम चन्दले वैद्यले दक्षिणपन्थी संसदीय धार लिएको भन्दै माओवादीबाट विद्रोह गरे । यस्तै, एमाले र माओवादीबीच २०७५ जेठमा एकता भएर नेकपा गठन भयो । त्यसको तीन वर्षपछि सर्वोच्च अदालतले मुद्दा फैसला गर्दै एमाले र माओवादी अलग हुने आदेश दियो । माओवादीको एउटा पंक्ति एमालेमै रह्यो ।

माओवादीबाट अलग भएर नेकपा (बहुमत), नेपाल समाजवादी पार्टी (नेसपा), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, आम जनता पार्टी बने । राजनीतिक विश्लेषक सुवेदी उनीहरू विभक्त हुनुमा मूलभूत रूपमा नेतृत्वमाथिको प्रश्न र पार्टीभित्र उठ्ने राजनीतिक, सैद्धान्तिक र वैचारिक सवालमा मतभेद चुलिँदा पार्टीबाट अलग भए । यसपटक पनि यिनै सवालमा केन्द्रित गरेर शर्माले प्रश्न उठाइरहेका छन् । 

यसबाहेक शर्माले गएको जेठमा भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग गरिएको दुई बुँदे सम्झौताले पार्टीको साख गिरेको टिप्पणीसमेत गर्दै आएका छन् । शर्माले पार्टीमा वैचारिक अस्पष्टता र राजनीतिक अन्योलता भएकाले पार्टी पुनर्गठन गर्नुपर्ने मागसमेत गर्दै आएका छन् । मंगलबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधिविहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने छ ।’

तर, शर्माको यी प्रस्तावबारे दाहाल मौन छन् । बरु, पार्टीमा कुनै समस्या नरहेको बताएका छन् । ‘मैले जति पनि सिँगौरी खेल्न दिएको छु, कतिपयलाई अहिले बिचौलिया र दलालले उचालिरहेका छन्,’ दाहालको गुनासो छ ।माओवादीमा दाहाल र शर्माबीच आन्तरिक शक्ति संघर्ष चलेको २०८० को फागुनदेखि थियो । त्यसबेला माओवादीको महाधिवेशन भएको थियो । महाधिवेशनबाट पार्टी महासचिवमा शर्माको आकांक्षा थियो । त्यसबेला चीनमा उपचार गराइरहेका अर्का उपमहासचिव वर्षमान पुनको पनि महासचिवमा हल्ला चलिरहेको थियो । 

तर, दुवैलाई महासचिव नबनाएर दाहालले देव गुरुङलाई बनाए । यसपछि दाहाल–शर्मा सम्बन्ध चिसियो । त्यहीबीच शर्माले पार्टी हाँक्ने दाबी गर्थे । गत वर्षको साउनमा बसेको स्थायी कमिटी बैठकमा त शर्माले दाहाललाई नेतृत्व छाड्न भन्दै लिखित प्रस्ताव नै अघि सारेका थिए । शर्माको त्यो प्रस्तावले माओवादीवृत्तमा ठूलै भुँइचालो ल्याइदियो, जसको परिणाम अहिले देखिँदै गएको छ ।
 


प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP