Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सेवा शुल्क परिमार्जन गर्ने पक्षमा श्रममन्त्री भण्डारी
सेवा शुल्क परिमार्जन गर्ने पक्षमा श्रममन्त्री भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २७, २०८०
Sharad singh bhandari_minister
Hardik health
काठमाडौं-  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी वैदेशिक रोजगारीमा जाने नेपालीहरुसँग व्यवसायीले लिने १० हजार रुपैयाँ सेवा शुल्क परिमार्जन गर्ने पक्षमा देखिएका छन् । नेपाली श्रमिकलाई रोजगारीका लागि विदेश पठाएबापत वैदेशिक रोजगार व्यवसायीले लिने शुल्क अव्यावहारिक रहेको भन्दै लागू हुन नसकेको व्यवस्था परिमार्जन हुनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमिकको अधिकार’ विषयक दुई दिने कार्यशाला गोष्ठीमा सेवा शुल्कको प्रावधान बोकेर हिँडिरहनुको अर्थ नहुने बताए । ‘हामीले एउटा व्यवस्था लागू गरेका छौं, व्यवहारमा अर्कै काम भइराखेको छ,’ मन्त्री भण्डारीले भने, ‘हामीलाई थाहा छ विदेश जानेहरुले दुई, तीन, चार लाख तिरिरहेका छन् तर रसिद १० हजारको मात्रै पाउँछन्, यसबाट हाम्रै दाजुभाइ ठगिएका छन्, यसलाई परिमार्जन गर्नुपर्छ ।’ उनले सरकार ले व्यवसाय गर्ने नभई व्यवस्थापन र सहजीकरणको काम गर्ने र गर्नुपर्ने बताए । मन्त्री भण्डारीले यो भनाइ आफू मन्त्री नियुक्त भएदेखि नै भन्दै आएका छन् । त्यस्तै वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रुपमा महिलालाई विदेश जान लगाइएको बन्देज पनि अनावश्यक भएको बताए । ‘नेपालबाट जान दिइएको छैन, तरपनि विभिन्न बाटो प्रयोग गरेर जानेहरु गइरहेका छन्,’ मन्त्री भण्डारीले भने, ‘यसरी अवैधरुपमा जानेहरु अझ बढी जोखिममा परेका छन् ।’ लागू हुन नसक्ने नियम बनाएर मात्रै नहुने भन्दै उनले त्यस्ताखाले नीतिनियम परिमार्जन र व्यवस्थापन गर्न जरुरी रहेको बताए । उनले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरु विभिन्न मुलुकमा पुगेको बताउँदै एक पटकका लागि सरकारले वैधता दिनेगरी तयारीका साथ काम गरिरहेको बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारी नचाहेर पनि अझै एक डेढ दशक चल्ने भन्दै अन्तर्राष्ट्रिय बजारमा नेपालीको सीप र दक्षतालाई विशेष रुपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने बताए । उनले हरेक युवालाई एकपटक विदेश नगई नहुने हुटहुटी रहेको भन्दै उनीहरुलाई सीपयुक्त बनाएर पठाउन सके ठूलो मात्रामा विप्रेषण भित्रिनुका साथै स्वयं व्यक्ति र मुलुकलाई नै लाभ पुग्ने बताए । महासंघ प्रतिनिधिमण्डलसँग भेटवार्ता मंगलबार नै श्रममन्त्री भण्डारी र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले मन्त्रालयमा गरेको भेटवार्तामा आर्थिक मन्दीको संकेत गर्दै उद्योग व्यवसाय सञ्चालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनीकरण गर्न र सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रको बलियो सहकार्यमा जोड दिएको छ । भेटवार्ताका क्रममा अध्यक्ष ढकालले श्रमबजारको मागअनुसारको सीप विकासमा जोड दिँदै वैदेशिक रोजगारीमा जाँदा भइरहेका केही अव्यावहारिक नीति नियमको पुनरावलोकन हुनुुपर्ने बताए । उक्त अवसरमा मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुुझावका सम्बन्धमा नेतृत्वदायी र सहयोगी भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको बताए । उनले वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियमलाई व्यावहारिक बनाउन र सीप विकासलगायतका श्रम क्षेत्रका सबै विषयमा निजी क्षेत्रको सहकार्यमा काम गर्ने विश्वास दिलाएको महासंघले जनाएको छ ।  
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP