Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सदनमा दोहोरी, ‘फिल्म’को माग
सदनमा दोहोरी, ‘फिल्म’को माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २५, २०८०
Samsad
Hardik health
काठमाडौं– आइतबार अपराह्नदेखि सुरु भएको संघीय संसद्को वर्षेे अधिवेशनको पहिलो दिन सांसदहरुबीच गरमागरम दोहोरी चल्यो । निर्धारित समय ४ बजेभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुमै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्ने अनुमति मागेका थिए । लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उभिएर केही भन्न खोज्दै थिए । त्यही बीचमा नेकपा एमालेका सांसद रघुजी पन्तले पनि बोल्नका लागि इसारा गरे सभामुखतिर ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार शरणार्थी कार्यदल गठन गरियो । एक अर्ब ठगी गर्नेहरू को–को हुन् ? छानबिन हुनुपर्छ । प्रेम सुवाल - सांसद, नेमकिपा
  ‘माननीय सदस्यहरू दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भइरहेको छ, यसका केही नियम र पद्धतिहरू छन् यसलाई पूरा गरेपछि बोल्नुहोला, पहिलो बैठक औपचारिक सुरु हुन दिनूस् बाँकी के कसरी चलाउने हो सल्लाह गरेर गरुँला,’ बोल्न चाहने सांसद धमाधम उभिन थालेपछि सभामुखले पटक–पटक बैठक सञ्चालनका लागि सहजीकरण गरिदिन सांसदहरूलाई आग्रह गरे ।
सुनिएको छ कि मुख्यसचिवकोसमेत परिचयपत्रमा हस्ताक्षर छ । यसको छानबिन गर्न आयोग गठन गर्न म माग गर्दछु ।-डा. अमरेश सिंह,स्वतन्त्र सांसद
सभामुखले उठेका सांसदलाई बसाउन प्रयास गरे । तर, सभामुखको आग्रहलाई बेवास्ता गर्दै केही सांसद उभिरहे । ‘संसद्को कारबाही सुरु गरेपछि आफ्नो कुरा राख्नुहोला म बोल्नका लागि समय निर्धारण गर्नेछु,’ सभामुखले आग्रह गरे । सांसदहरुको सांकेतिक जुहारी करिब १० मिनेट चलेपछि सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाए । त्यसपछि बैठकमा लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात शहीदहरूप्रति बैठकले १ मिनेट मौनधारण गरियो ।
हामी फिल्म हेर्न आतुर छौं । टिकट काटेर बसेका छौं । वाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकु शिविर काण्डको पनि छानबिन गरौं ।-पदम गिरी,प्रमुख सचेतक, नेकपा एमाले
त्यसपछि सांसदहरुलाई आकस्मिक समय उपलब्ध गराए । आकस्मिक समयको सुरुमै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर ठगी गरेको प्रकरण उप्काए । ‘तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार शरणार्थी कार्यदल गठन गरियो । एक अर्ब ठगी गर्नेहरू को–को हुन्,’ सुवालले प्रश्न गरे, ‘भ्रष्टाचारको सबै छानबिन हुनुपर्छ । ८७५ जनासँग ५० लाखसम्म उठाउने को–को हुन् ? यी सबै विषयमा छानबिन हुनुपर्छ ।’
प्रतिपक्षका साथीहरूले छापामार शैलीमा कुरा राख्नुभयो । प्रधानमन्त्रीले बोलेका कुराको खिसी टिउरी नगर्नुहोस् । इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुहोस्, त्यसैमा कल्याण छ ।-माधव सापकोटा,सांसद, नेकपा माओवादी केन्द्र
सुवालको यो आक्रोशपूर्ण प्रश्नले बैठकलाई तरंगित बनायो । जुन संसद्को कार्यसूचीमै थिएन । संसद् बैठकको कार्यसूचीमा भने राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र सभामुखले पढेर सुनाउने, मन्त्री नियुक्तिको पत्र पढेर सुनाउने, मुलुकी संहितासम्बन्धी अध्यादेश पेस गर्ने र अर्थमन्त्रीले २०८०÷८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेस गर्ने थियो । तर, जबर्जस्त ठगी प्रकरणले स्थान पायो । सुवाललगत्तै बोलेका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले उक्त प्रकरणमा तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीलाई मुछे । नेपालीलाई भुटानी शरणार्थी बनाउने कागजातमा मुख्यसचिवको हस्ताक्षर भएको उनको दाबी छ । ‘बहालवाला सचिव पक्राउ परेका छन् पहिलोपटक । मिलिजुली गरेर राजनीतिक व्यक्तिलाई उम्काउने कुरा जनता स्वीकार गर्दैन,’ उनले भने, ‘सुनिएको छ कि मुख्यसचिवकोसमेत परिचयपत्रमा हस्ताक्षर छ । यसको छानबिन गर्न आयोग गठन गर्न म माग गर्दछु ।’ उनले २०६३ सालपछि भएका सबै भ्रष्टाचारका काण्ड छानबिन गर्न आयोग गठनको औचित्य हुने पनि बताए । बैठक सुरु नहुँदै प्रश्न गर्न तम्सेका एमालेका सांसदहरु सुवाल र सिंहको अभिव्यक्तिपछि झन् आक्रोशित भए । उसो त प्रधानमन्त्री पुष्पकमल दाहालको शनिबारको अभिव्यक्तिले पनि एमालेलाई उत्तेजित बनाएको देखिएको छ ।प्रधानमन्त्रीले ठगी प्रकरणमा कसैलाई पनि उन्मुक्ति नदिने उल्लेख गर्दै अहिले त ‘ट्रेलर’ मात्रै प्रदर्शन गरिएको र अब फिल्म देखाइने बताएका थिए । जवाफमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहाललाई खुलमखुला चुनौती दिए । उनले ठगी प्रकरणको फिल्म हेर्न आफूहरु आतुर भएकोसमेत बताए । ‘हामी फिल्म हेर्न आतुर छौं । टिकट काटेर बसेका छौं । वाइडबडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकु शिविर काण्डको पनि छानबिन गरौं,’ गिरीले भने ।एमाले सचेतक महेशकुमार बर्तौलाले यतिबेला सिंगो देशको ध्यान नेपालीलाई भूटानी शरणार्थी बनाएर अर्बौैैैं घोटला गर्ने र दोषीलाई उम्काउने खेल भइरहेको भन्दै यस्ता घटनाको सत्यपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । एमालेकै अर्का सांसद सूर्य थापाले भ्रष्टाचारको फिल्म हेर्न आफू पनि तयार रहेको बताए । त्यसपछि पुनः सभामुखले सांसदलाई बस्न र नियम पालना गर्न अनुरोध गरे । नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर ठगी गरेको भनिएको प्रकरणमा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझीको संलग्नता देखिएको दाबी प्रहरीको छ । अदालतले उनलाई पक्राउ गर्न पुर्जीसमेत जारी गरिसकेको छ ।उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । पार्टी उपाध्यक्ष रामबहादुर थापा पनि ठगी प्रकरणमा तानिने सम्भावना बढेको छ । प्रहरीले पर्याप्त प्रमाण जुटाउन थालेको छ । थापाका छोरा प्रतीकलाई त पक्राउ पुर्जी नै अदालतले जारी गरिसकेको छ । थापा पत्नी तथा पूर्वमन्त्री नैनकला थापा पनि ठगी प्रकरणमा मुछिएकी छन् । पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परिसकेका छन् । सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसहित गरी हालसम्म आठ जना पक्राउ परिसकेका छन् । अनुसन्धानमा प्रहरी अधिकारीहरूका अनुसार अझै धेरै राजनीतिक नेतृत्व, उच्च तहका कर्मचारी र केही गिरोह पक्राउ पर्ने सम्भावना छ । यहीबेला बसेको बजेट अधिवेशनको सुरुकै दिनमा यो प्रकरणले संसद् तातेको हो । एमालेकै सांसद सूर्य थापाले कमानसिंह लामा प्रकरणको छानबिन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ तयार हुनुपर्ने बताए । होइन भने एमालेप्रति राजनीतिक दुराशयले प्रेरित भएर ठगी प्रकरणलाई षड्यन्त्रपूर्ण ढंगले रचिएको खेलको रुपमा बुझ्न सकिने उनले बताए । पूर्वमाओवादी नेता स्वर्गीय लामाले मृत्यु हुनुअघि श्रेष्ठले आफूविरुद्ध आर्थिक अपराध गरेर अन्ततः फसाएको गम्भीर आरोप लगाएका थिए । एमाले सांसद यही प्रकरणलाई फेरि उठाएका हुन् ।तर, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने कार्यसूचीमा प्रवेशै नगरी उभिएर विरोध गर्ने एमाले सांसदहरूको गतिविधि छापामार शैलीमा भएको आरोप लगाए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई खिसीटिउरीको रुपमा लिन नहुने र फरार सांसद टोपबहादुरलाई बुझाउन आग्रह गरे । ‘प्रतिपक्षका साथीहरूले छापामार शैलीमा कुरा राख्नुभयो । प्रधानमन्त्रीले बोलेका कुराको खिसीटिउरी नगर्नुहोस् । इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुहोस्, त्यसैमा कल्याण छ,’ सापकोटाले भने । ठगी प्रकरणमा कांग्रेस सांसद डा. आरजु राणा र सोही दलकी सांसद मञ्जु खाण पनि मुछिएका छन् । खाणले छ करोड र आरजुले अढाइ करोड लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । तर, संसद्को बजेट अधिवेशनमा बोल्दै डा. राणाले आफू ठगी प्रकरणमा संलग्न नभएको दाबी गरेकी छन् । उनले ठगी प्रकरणमा नाम मुछिएकोप्रति आपत्ति जनाइन् । दोषी कोही पनि छुट्दैन : प्रधानमन्त्री संसद् बैठकपछि बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि नछुट्ने र त्यसमा ढुक्क हुन आग्रह गरेका छन् । दाहालले उक्त प्रकरणमा कसैले दबाब दिएर केही पनि नहुने बताए ।एकातिर एमाले अध्यक्ष केपी शर्मा ओलीले बारम्बार भेट गर्नु र अर्कातिर प्रतिनिधिसभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले जोडतोडका साथ बहस गरेपछि प्रधानमन्त्री दाहालको यस्तो अभिव्यक्ति आएको हो । उनले भने, ‘मैले भनेको छु दोषी कोही बच्न सक्दैन, निर्दोष कोही पनि पर्दैन । सरकारको त्यही जोड छ । आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु । कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन ।’ प्रधानमन्त्री दाहालले केही दिनअघि भ्रष्टाचार र ठगीसम्बन्धी फाइलहरू खोल्दै जाने बताएका थिए । लगत्तै अर्बौं ठगी प्रकरण बाहिरिएको हो ।एमाले अध्यक्ष ओलीले भने पक्राउ परेकाहरूलाई बयान नफेराउन र हस्तक्षेप नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै आएका छन् । उनलाई भने आफ्ना सांसद टोपबहादुरलाई लुकाएको आरोप पनि लाग्दै आएको छ । तर, ओलीले शनिबार नै यसको खण्डन गरिसकेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP