Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • उदयपुरमा पाठ्यपुस्तक अभाव
उदयपुरमा पाठ्यपुस्तक अभाव
शनिबार, वैशाख २३, २०८०
books
Hardik health
उदयपुर– नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका पाठ्युस्तक वितरण गर्न सकेका छैनन् । विद्याथीर्ले पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउने गरेका छन् । पुस्तक पसल सञ्चालकले विद्यार्थीलाई रित्तै फर्काउने गरेको विद्यार्थीको गुनासो छ । त्रियुगा नगरपालिका–१६ सुकौराकी कक्षा १० मा अध्ययनरत पुर्णाकुमारी मगर समयमा पुस्तक नपाएको बताउछन् । उनले भने, “वैशाखको पहिलो हप्तादेखि पठनपाठन सुरु भइसकेको छ, गाईघाटका पुस्तक पसलमा पटक–पटक पुस्तक किन्न गए, सामाजिक अध्ययन, अङ्ग्रेजी र नेपाली विषयका पुस्तक अझै पाउन सकिएको छैन ।” त्रियुगा नगरपालिका–५ जलजलेस्थित उदयसी स्कुलका कक्षा ९ का विद्यार्थी पङ्कज साहको पनि गुनासो मगरको जस्तै छ । साह भन्छन्, “विद्यालयमा पठनपाठन सुरु भएको दुई हप्ता बितिसक्यो, सबै पुस्तक नहुँदा पढ्न समस्या छ, पटक–पटक पुस्तक पसलमा पुस्तक किन्न जाँँदा भोलि वा पर्सि पुस्तक आइपुग्छ भनेर पुस्तक बिक्रेताले भने गरेको छ , फेरि पुस्तक लिन आउँदा अहिलेसम्म आएको छैन भनेर भन्छन्, दुःख पाउने काम मात्र भयो ।” सरकारले यस पटक बेलैमा पाठ्यपुस्तक प्रकाशन भएको र यस पटक पाठ्यपुस्तकको कुनै समस्या नहुने बताए पनि समयमा पाठ्यपुस्तक वितरण नहुँदा विद्यार्थीले समस्या भोग्नु परेको त्रियुगा नमूना मावि गाईघाटका शिक्षक सञ्जय दत्त बताउछन् । समयमा पुस्तक वितरण हुन नसक्दा विद्यार्थीले समस्या भोग्नु परेको चौदण्डी नगरपालिका–९ जनता मावि हँडियाका अभिभावक दीपेन्द्र चौधरी बताउछन् । पुस्तक पसल सञ्चालकले समयमा पुस्तक उपलब्ध गराउन नसकेको भन्दै अहिले अभिभावक तथा विद्यार्थीहरुले गुनासो गर्न थालेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्न लाग्दा पनि पुस्तक पसलल सञ्चालकले सबै विषयका पुस्तक विद्यार्थीलाई वितरण गर्न सकेका छैनन् । न्यौपाने पुस्तक पसल गाईघाटका सञ्चालक विष्णु न्यौपाने भन्छन्, “विराटनगरबाट वितरण केन्द्रले सबै पुस्तक समयमा नै पठाउन ढिलाइ गर्दा आफूहरुले सबै विषयका पुस्तक विद्यार्थीलाई वितरण गर्न समस्या भएको हो ।” श्याम पुस्तक पसल गाईघाटका सञ्चालक श्याम साहका अनुसार वितरण केन्द्रको कारण नै सबै पुस्तक प्राप्त गर्न नसक्दा वितरणमा समस्या आएको हो । उदयपुरको कटारी, बेल्टार, गाईघाट क्षेत्रका विद्यार्थीले समयमा पुस्तक प्राप्त नभएको गुनासो गरेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP