Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • भेटघाटमा व्यस्त सभामुख फ्युरी – ‘नेपाल–क्यानडाको राजनीतिक विशेषता उस्तै’
भेटघाटमा व्यस्त सभामुख फ्युरी – ‘नेपाल–क्यानडाको राजनीतिक विशेषता उस्तै’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २८, २०७६
Fyuri
Hardik health
काठमाडौं– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानाडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टचार भेटवार्ता गरेको छ । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारमा उनीसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । सो अवसरमा उनीहरूबीच नेपाल र क्यानाडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्यलगायतका विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले यस किसिमको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने बताए । उनले भने, ‘दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो । म आशा गर्दछु भविष्यमा दुवैतर्फबाट यस किसिमको भ्रमणको निरन्तरता हुनेछ ।’ उनले दुवै देशका संसद्मा संसदीय मैत्री समूह गठन भएकामा खुशी व्यक्त गर्दै संसद् मैत्री समूहले दुई देशका संसद्बीचको सम्बन्धलाई प्रवद्र्धधन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेपालको आर्थिक समृद्धि र प्राथमिकताका विषययमा क्यानाडालगायत अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गरे । भेटका क्रममा सभामुख फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए । उनले नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय राज्य भएको भन्दै यसका चुनौतीबारे क्यानाडा जानकार रहेको बताए । उनले क्यानाडा पनि संघीय मुलुक भएको बताउँदै नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामुख फ्युरी नेतृत्वको टोलीले सोमबार नै राष्ट्रियसभा बैठकको अवलोकन गरेकोे छ । सोक्रममा राष्ट्रियसभाका सदस्यहरूले नेपाल र क्यानडाको कतिपय राजनीतिक विशेषता उस्तै प्रकारका रहेका उल्लेख गर्दै एक अर्काबाट धेरै कुरा सिक्न सकिने बताए । सभामुख फ्यूरीको उपस्थित राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसदले नेपाल र क्यानडाको सम्बन्ध प्रगाढ रहेको स्मरण गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले नेपाल र क्यानडाको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको स्मरण गरेका थिए । उनले क्यानडामा संवैधानिक राजतन्त्र र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि अन्य धेरै व्यवस्था एकै खालको रहेको बताए । दुवै देशमा दुई सदनात्मक व्यवस्था र बहुदलीय राजनीतिक प्रणालीको व्यवस्था छ । सांसद शर्माले लोकतान्त्रिक मूल्य मान्यताका अन्तरराष्ट्रिय मापदण्डलाई समेटेर नेपालको संविधान जारी भएको जानकारी गराएका थिए । उनले भने, ‘बहुदलीय प्रतिस्पर्धा, संवैधानिक राजतन्त्र, समानता, सामाजिक न्याय, शान्ति, सुशासन र कानूनी राज्य क्यानडाको विशेषता हो, नेपाल गणतन्त्रात्मक मुलुक भए पनि राजनीतिक विशेषता र मौलिकता दुबै देशमा समान छ ।’ उनले राष्ट्रियसभामा ३७ प्रतिशत महिलाको सहभागिता रहेको उल्लेख गर्दै नेपालले संघीयतालाई आफ्नो मौलिक विशेषता अनुसार लागू गरेको जानकारी गराएका थिए । नेपालमा महिला, दलित र अन्य समूहको स्थान सुनिश्चित गरिएको बताउँदै शर्माले क्यानडाबाट राजनीतिक प्रणालीको अध्ययन गर्न आएको सभामुख फ्यूरीको भ्रमणले आपसी सम्बन्धलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले संविधानसभाबाट जारी गरिएको नेपालको संविधान २०७२ राजनीतिक दलहरूको सहमतिको दस्तावेज भएको बताए । उनले नेपाल र क्यानडाको राजनीतिक प्रणालीमा समानता रहेको उल्लेख गर्दै क्यानेडेली प्रतिनिधिमण्डलको नेपाल बसाइँ उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । उनले नेपालको संविधानमा समावेशी, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण समेटिएको बताए । नेपालको संविधानले शिक्षा, स्वास्थ्य, रोजगारी र आवासलगायतका हक सुनिश्चित गरेको उनको भनाइ थियो । साथै, उनले अमेरिकी सहयोगी संस्था मिलेनियम च्यालेन्ज कर्पोरशेन (एमसिसी)बाट नेपालले प्राप्त गर्न लागेको अनुदान स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘अमेरिकाको सहयोगमा राजनीतिकरण नहोस्, अनुदानलाई जहाँ खर्च गर्ने भनेका छौँ, त्यसैमा खर्च गर्नुपर्छ ।’ सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको जिकिर गर्दै पाण्डेले स्वतन्त्र निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिए । उनले भने, ‘कारबाही गर्ने निकाय स्वतन्त्र हुनुपर्छ, तर भ्रष्टाचारको मुद्दामा छानीछानी फसाउन खोजेको देखिन्छ, यस्ता विषयमा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गर्दछु ।’ साथै, सभामुख फ्युरीले नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’मा क्यानडाले सक्रिय सहभागिता जनाउने बताएका छन् । संघीय संसद्का सदस्यसँग भएको अन्तक्र्रियामा उनले नेपाल र क्यानडाले जलवायु परिवर्तनको उस्तै असर झेल्दै आएको उल्लेख गर्दै उक्त संवाद फलदायी हुने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP